काठमाडौं । वामपन्थी एकता खोजेतापनि कार्यकर्ताले नेताको स्वार्थ बुझेर पनि काम नहुने अवस्था छ । नेकपाको विभाजन आजको स्थितिको कारक हो । सरकारले राम्रो काम गरेन । एकता खोजेका नेताहरू केपी ओलीको रुचीमा परेनन् । एकता राष्ट्रिय अभियानको कुनै तुक छैन । माधव नेपाल, बाबुराम भट्टराई एमाले र माओवादी बन्ने अवस्था भएमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्षहरूलाई आफ्नो पद छ । एमाले भित्रको जालझेलमा बामदेव र भीम रावल फस्ने अवस्था छैन ।
बामपन्थी पार्टीहरू मिलाउन जोड दिएका बामदेवहरू अहिले अलपत्र छन् । गौतमलाई पार्टी प्रवेश गराउन एमालेका महासचिव शंकर पोखरेल उपमहासचिव पृथ्वी सुब्बा गुरुङ लागेका छन् । वामपन्थी शक्ति एक हुँदा देशको जनशक्ति बलियो हुन्छ । अहिले वामपन्थी शक्ति एक गराउन वामदेव एक्लै लागेका छैनन् ।
भएका वामपन्थी शक्तिहरूलाई मिलाउन बाँडिएका नेताहरूले समयलाई नचिन्दा कांग्रेसले मौका पाएको हो । एमाले अध्यक्ष केपी ओलीकै कारण नेकपा फुटेको हो । फुटेको पार्टीमा बस्नुभन्दा एकता अभियान बनाएर आफ्नै पार्टी कार्यालय आफ्नै घरमा राखेका नेता बामदेवलाई जमात चाहिन्छ । बामदेवसँग त्यस्तो केही छैन, उनले एमाले अध्यक्ष केपी ओलीलाई गुहारे तर ओलीले सुनेनन् ।