एमालेमा मोहनविक्रमको हावा

राजनीति समाचार

काठमाडौं । उमेरले डाँडो काटे पनि पार्टीको नेतृत्व नछाड्ने नेकपा मसालका महासचिव मोहनविक्रम सिंहको भुतले एमालेका अध्यक्ष केपी ओलीलाई पिरेको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली आफ्नो आलोचकमाथि जसरी उत्रदै छन्, त्यो शैली २०५०-०५१ को समयमा मोहनविक्रममा चर्को थियो । गणतन्त्रवादी भन्न रुचाएका मोहनविक्रमले जनयुद्ध विरुद्ध काठमाडौँदेखि बुटवलसम्म पर्चा छरे । त्यसको विरोध दिनानाथले गरे । उनले माओवादी भएको साँवाब्याज २२ महिना शिक्षामन्त्री बन्दा उठाए ।

एमालेका ओलीले आलोचक सहेनन् मोहनविक्रम त्यस्तै थिए । उता डा.बाबुराम भट्टराईले माओवादी फुटाएर नयाँ शक्ति घोषणा गर्दा विदेशीले दिलाएको खर्च पारदर्शी भएन भन्दै देवेन्द्र पौडेल, कुमार पौडेलहरू पुरानै घर फर्किँदा डाक्टर भट्टराईसँग श्रीमती हिसिला बाहेक अरु भएन । मोहनविक्रमसँग पुराना अट्दैनन् । पार्टी खिइँदै माओवादीको काँधमा चढेर एकजना सांसदमा अडिएको छ । यो सिंहको रिसाहा व्यवहारको नतिजा हो ।

नेकपा एमाले त्यही गतिमा छ, केपी ओलीले लिएको बाटो त्यही हो, जुन बाटोमा दलालहरू मात्र टिक्छन्, माफिया एजेन्टले नेकपा एमाले सिध्याउने छन् । ईश्वर पोखरेल जस्ता भ्रष्टले अध्यक्ष बन्ने रहर गरेर मात्र हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *