एमालेका डाक्टरहरु आउट

राजनीति समाचार

काठमाडौं । एमालेमा अध्यक्ष केपी ओलीको विश्वास जित्ने डा. युवराज खतिवडा छन् । डा.भीम रावल, डा.वृन्दा पाण्डे, डा.गंगा तुलाधर, डा.विजय पौडेल र डा.बेदुराम भुसाल अटाएनन् । मौका परे चिकित्सकको काम आफै गर्न खोज्ने केपी ओली जस्तो नेताबाट देश चल्दैन । ओलीले नेकपा एमाले सिध्याएपछि देशकै अर्थतन्त्र ध्वस्त बनाएका छन् ।

ओली सरकार बनेको पाँच महिनामा मुलुकले ५८ अर्ब ऋण थपेको छ । वैदेशिक ऋण लिएर कर्मचारीलाई तलब खुवाउन पर्ने अवस्था देशमा सिर्जना भएको छ । सरकारले राजस्व गुमाएको छ । ठूला करदाता कार्यालयले उठाउने ८ अर्ब एनसेलको रोयल्टी ६ अर्ब मिनाहा गर्न, विद्युत माफिया एवं कथित उद्योगीको ८ अर्ब ६४ करोड ५४ लाख तिर्न नपर्ने गराउने बहादुर देशभक्त प्रधानमन्त्री ओली हुन् । एमालेमा जीवनभर लगानी नगरे पनि केपी ओलीले पत्याएका युवराज खतिवडा जस्तो असफल अर्थशास्त्रीको योजना अहिले देश हितमा छैन ।

आर्थिक, द्वन्द्व व्यवस्थापन, समाजशास्त्र, कम्युनिष्ट आन्दोलन जस्ता विषयमा पीएचडीधारीहरू नेकपा एमालेमा थिए । केपी ओलीका गल्तीमा प्रश्न उठाउने क्षमताका यी नेताहरु थिए । तीमध्ये केहीलाई ओलीले चार वर्ष अगाडि पार्टीबाट खेदाए भने डा.भीम रावल र डा.वृन्दा पाण्डेलाई अहिले खेदेका छन् । नेकपा एमालेको अन्तरद्वन्द्वले पार्टी ओरालो लाग्दो छ भने केपी ओली नेतृत्वको सरकारले जनतालाई ऋण बोकाउनु नै बहादुरी ठानेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *