दलीय कर्मचारीलाई चुनौति दिँदै पोखरेल

राजनीति समाचार

काठमाडौं । दलिय ट्रेड युनियनले गर्दा निजामति कर्मचरीहरु कहिले कुन पार्टी कहिले कुन पार्टी रोज्दै पार्टी संगठन परिवर्तन गर्ने गर्दछन् । निर्वाचन आयोगमा जतिवटा दलदर्ता छन् त्यतिनै वटा कर्मचारी संघसंगठन खडा गरिएको छ । तर, कांग्रेस, एमाले र माओवादीभन्दा अन्य पार्टीको कर्मचारी संगठन सानो झुण्डामा देखा परेका छन् । त्यसले गर्दा प्रायःजसो कांग्रेस र एमालेका कर्मचारी धेरै रहेका छन् ।

त्यसपछि १२ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी समाजवादीमा कर्मचारीहरुको एकता भएको छैन । कांग्रेस र एमाले निकट युनियनका नेताहरु आफ्नो कार्यालयमा नबस्ने संगठनको कामभन्दै स्वदेशदेखि विदेशसम्म घुमघाम गर्ने, महिनामा एकचोटी हाटा गर्ने गर्दै आएका छन् । त्यसैको विरुद्धमा एक स्वतन्त्र कर्मचारीले बेखाबखत विभिन्न माग राख्दै धर्नामा बस्ने गरेका छन् । उनी कहिलेकाँही एक्लो वृहस्पतिको रुपमा आन्दोलनमा होमिने गर्दछन् ।

उनी हुन् पशुपति पोखरेल । पोखरेललाई कहिले प्रहरीले गिरफटार गर्छ त कहिले दलनिकट कर्मचारीहरुले गाली गरेर टिक्नै दिदैनन् । पोखरेल पनि के कम ? उनी राजनीतिक दलनिकट संघसंगठनका नेताहरुको विरोध गर्दै आन्दोलनमा उत्रने गर्दछन् । पोखरेल वर्षको तीन चार पटक कर्मचारीको पक्षमा आन्दोलन गर्दै आएका छन् । फेरि पनि पोखरेलले दलिय ट्रेड युनियनको खारेजीको माग गर्दै मंसिर १ गतेबाट सत्याग्रह सुरु गरेका छन् ।

पोखरेलले माइतिघर मण्डलामा विहान १० बजेदेखि बेलुका ६ बजेसम्म भोकै बसेर देशभरका सरकारी कार्यालयमा काम नगर्नु भन्दै आन्दोलनमा सहभागि हुन अपिल गर्दै आएका छन् । पोखरेलले सम्बन्धित निकायका प्रमुखहरुलाई विज्ञप्ति बुझाउने र छलफललाई निरन्तरता दिने माग राख्दै आएका छन् ।

दलीय कर्मचारी टे«ड युनियनहरु, संघसंस्था जेनजी प्रतिनिधि समूहसँग साझा धारणा बनाइ आन्दोलन गर्दै आएका छन् । अर्काेतर्फ सरुवा प्रणालीमा चक्रे प्रणाली लागु गर्नुपर्ने, सरुवामा हुने घुस लेनदेन बन्द गर्नुपर्ने, घुस दिएर सरुवा गर्ने व्यक्तिहरुलाई कारबाही गनुपर्ने, जेनजी आन्दोलनमा कर्मचारीको लापरवाहीबाट क्षति भएका सवारी साधन र भवनको विवरण सार्वजनिक गरी कारबाही गर्नुपर्ने, दलीय ट्रेड युनियनका पदाधिकारीले पाएको सेवासुविधा खारेज गर्नुपर्ने ।

सवारी साधन लिई आगजानी गराएकोमा कारबाही हुनुपर्ने, राष्ट्रसेवक कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, उच्च मनोबल उकास्न सरकारले स्पष्ट नीति बनाएर लागु गर्नुपर्ने, तत्कालीन मन्त्रीसँग चोेचोमोचो मिलाएर काम गरेका सचिव, सहसचिव, महानिर्देशक र उपमहानिर्देशकहरुलाई सरुवा गरी अन्यलाई स्पष्ट योजना पेश गर्न लगाई काममा लगाउनुपर्ने । सामान्य प्रशासन मन्त्रालयका उपसचिव र शाखा अधिकृतको प्रशासनको समुहको पुल दरबन्दी कायम गर्नुपर्ने । निजामति अस्पताललाई थप सुधार गरी कर्मचारीमैत्री स्वास्थ उपचार दिनुपर्ने ।

सामान्य प्रशासनको समुहको सरुवा संघिय मामिला सामान्य प्रशासन मन्त्रालयबाट मात्र गर्नुपर्ने । हरेक मन्त्रालय र विभागमा नातागोता भर्ति गराएर थप जटिल राजनीतिक दबाब हटाउनुपर्ने, सरुवा बढुवाको लागि पैसा बुझाउँदा कर्मचारीको मानसिक स्थिति नै गुम्न सक्ने भएको छ । पदपूर्ति र दरबन्दी सम्बन्धमा राष्ट्रिय किताब खानाको सिफारिस र लोकसेवा आयोगको रुजु तथा नियन्त्रणबाट हुनुपर्ने । कर्मचारी नियुक्ति लोकसेवा आयोगबाट गर्नुपर्ने । सार्वजनिक प्रशासन र निजामति प्रशासनलाई कानून बनाएर सुधार गर्दै सुशासनको लागि भूमिका खेल्नुपर्ने । बहु प्रतिष्ठित संघिय निजामति ऐन जारी गर्नुपर्ने ।

त्यो ऐन जारी हुन नसकेकोमा पोखरेलले दुःख व्यक्त गरेका छन् । आम कर्मचारीको भलाइको लागि जनताको लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई केहि प्राविधिक कारणले आउन नसकेको, संघिय निजामति ऐनलाई तपशिल बमोजिमका मुद्दाहरु थपघट गरी संसोधन गरेर समावेशी गरी अध्यादेश मर्फत जारी गराउन अन्तिम सरकार र राष्ट्रपति समक्ष अपिल गरेको छ । ऐन जारी गराउन आम कर्मचारीलाई निर्वाचनमा सहभागि नभई आन्दोलनमा आउन माग समेत गरेको छ ।

अर्काेतर्फ उनको माग यस प्रकार रहेका छन् कुलिङ पिरियड नराख्ने, चौध वर्ष काम गरीसकेका तल्लो तहका कर्मचारीलाई एक श्रेणी तहको बढुवा गर्नुपर्ने, तल्लो तहबाट लोकसेवा खुलाउनुपर्ने, बढुवा गर्नुपर्ने, १५ वर्ष काम गरेकालाई स्थायी गर्नको लागि मापदण्ड बनाएर लागु गर्नुपर्ने जस्ता माग तेर्साएर मंसिर १ गतेदेखि आन्दोलन सुरु गरेका छन् ।

तर, आन्दोलनमा उत्रिएका पोखरेललाई प्रहरीले माइतीघर मण्डलामा बस्न नदिएर पक्राउ गर्न खोजेपछि उनी सीडीओ कार्यालय पुगेका थिए । सीडीओले पनि पोखरेललाई माइती घर मण्डलामा अबदेखि आन्दोलन गर्न निषेध भएको बताएपछि गिरफ्तारी दिने मोडमा पुगेका छन् । जेनजी आन्दोलनबाट बनेको सरकारले जेनजीकै माग पुरा गर्न नदिएपछि पोखरेल सरकारविरुद्ध खनिएका छन् । पोखरेल भन्छन्, ‘देश बन्छ भने म कुटाइ खान तयार छु, पटक–पटक कर्मचारीमाथि आक्रमण किन ? सुरक्षाको ग्यारेन्टी छैन, सुशासनको लागि हाम्रो ढाढ तपाईहरुको लात ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *