काठमाडौं । अपराध कर्मबाट देश ग्रस्त हुँदा १४ हजार ४ सय भगौडा कैदीमध्ये ४ हजार भन्दा बढी कैदी जेल बाहिर हुँदा दलहरुलाई कमिलालाई ….पहिरो भएको छ । गल्ती नेतृत्वतहबाट भएको कारण मुलुकले बेलाबखत संकट बेहोरेको छ । कांग्रेसमित्र सत्तास्वार्थको लडाइँ छ । कांग्रेसका नेताहरुले देश जोगाउने लक्ष लिएनन् । जेलका ४ हजारभन्दा वढी कैदीमध्ये एक हजार ३ सय विदेशी कैदी छन् ।
राजनीतिक तहबाट त्याग र निष्ठामा ध्यान दिइएको थियो भने अपराध कम हुने थियो । एमाले र कांग्रेस दुई ठूला दलले नीतिगत भ्रष्टाचार चम्काएका थिए । फागुन २१ को चुनाव यिनीहरुलाई बढी डर छ । किन कि भाद्र २३ र २४ को लडाईँ यी दुई दलको कमजोरीबाट पैदा भएको हो, गल्ती गर्ने डराउँछ । गल्ती अपराधअनुसार दोहोरिन्छन् । आज दलीय संरचना कमजोर छन् । पार्टीको नेतृत्व परिवर्तनका लागि दलहरूबीचको सम्बन्ध शंकाको घेरामा परेको छ ।
कार्यक्षमता कमजोर हुँदा आफ्नो गस्ती वढ्छ । ठूला दुई दलको संयुक्त सरकारको लापरबाहीलाई जेनजी पुस्ताको आक्रोशसँग जोडियो । कॉंग्रेस, एमाले र माओवादीले संरक्षण गरेका कैदीहरुबाट आज तीनै आतंकित छन् भने जनताले विश्वास कसको गर्ने ?
संघीय मामिला भद्रगोलमै
काठमाडौं । दलीय सरकारले दलगत कर्मचारीको सिफारिश र स्वार्थमा गरिने कर्मचारी सरुवा बढुवाको रोग जेनजी सरकारमा समेत सरेको छ । दलहरूबाट स्थापित अराजकता लाई धान्दै जेन्जीका नाउमा शासक बनेकाहरूको गति उही छ । अर्थमन्त्री रामेश्वर खनालले विकास बजेट घटाएर चुनाव खर्च जुटाउँदा दलका कार्यकर्ता पाल्ने योजना कटौती गरेका छन् । यो सरकारले पानी वर्षेझैं राजस्व संकलन गर्न सकेको छैन । राजस्वका कर्मचारी पनि लुच्चा भएका छन् ।
राजजनीतिले ढुंङ्गा, गिट्टी, बालुवा तस्करी चलायो । जंगलको काठ जंगलमै सडाएर विदेशी बाकक ल्याउँदा प्रधान मन्त्री र वनमन्त्रीसम्मले घुस खाएका थिए । स्थानीय तहमा ठेकदार र व्यापारीलाई टिकट दिएर चुनाव जिताउँदा नेताकै आम्दानी बढेको थियो । आज पनि काठ, गिट्टी, वालुवा र ढुङ्गा तस्करी जारी छ । सिफारिस बनाउँदा प्रशासनिक अस्थिरता बढेको छ । जुन ठाउँ निष्पक्ष हुनुपथ्र्यो त्यो ठाउँ निष्पक्ष नहुँदा परिवर्तनको आभाष छैन ।

