काठमाडौं । एकनारायण अर्याल त मुख्यसचिवबाट विदा भए । उनकै योजना अनुसार, काठमाडौं, जोरपाटीका अर्का सुमन अर्याललाई मुख्यसचिव बनाइएको र उनलाई आठ महिना कार्याकालको बीचमै राजीनामा गर्न लगाएर कृष्णहरि पुष्करलाई मुख्यसचिव बनाइने योजना रहेको चर्चा छ । उसो त निजामतीमा एकनारायणको दाहिना हात बनेर काम गर्ने सचिवहरुमा महालेखा नियन्त्रक शोभाकान्त पौडेलको नाम अग्रपक्तिंमा आउँछ ।
जो सचिव बढुवा भएर दुई साता गण्डकी प्रदेश पुगेर संघमै फर्किएका थिए । अहिले पनि एकनारायणकै इशारामा प्रशासन संयन्त्र चलिरहेको छ । त्यसको उदाहरण संघीय मामिला तथा सामान्य प्रशासनमा भित्र्याइएका सचिवलाई हेर्दा हुन्छ । दुई साता अघिमात्र रविलाल पन्थलाई योजना आयोगमा पठाएर त्यहाँ कोशी प्रदेशको प्रमुख सचिव समेत रहेकी चन्द्रकला पौडेललाई ल्याइएको छ । पौडेल,एमाले निकटकी कर्मचारी हुन ।
उनी पूर्व अर्थमन्त्री विष्णु पौडेलको मात्र होइन एकनारायण अर्यालको समेत नातेदार हुन । एकनारायणको श्रीमती अहिले पुरातत्व विभागमा कार्यरत छिन् । उनकै साख्खै दिदी हुन, चन्द्रकला । त्यसकारण कर्मचारी चलाउने मुख्य मन्त्रालय संघीय मामिलामा पूर्व मुख्य सचिव एकनारायण अर्यालको जेठी सासु आइपुगेकी छिन् । यस्का अलवा एकनारायणका दाहिना हात मानिएका अर्काे सचिव हुन, कृष्णहरि पुष्कर । आफू श्रम सचिवबाट हटेपछि एकनारायणले आफ्ना रोकिएका व्यापारीका इन्ट्रेष्टका काम पूरा गर्न त्यहाँ कृष्णहरि पुष्करलाई पठाएका थिए ।
नेपाल टेलिकमको बिलिङ सिस्टममा मुछिएकी तत्कालीन समयमा केपी ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमाल र एकनारायण अर्यालको योजना अनुसार सञ्चार सचिव बनेकी राधिका अर्याल मात्र होइन सामान्यको कर्मचारी प्रशासन हेर्दै आएकी पार्वती शर्मा, जस्को बाग्मती प्रदेशमा भएको सरुवा उल्टाएर सामान्यमा छिरेकी हुन् ।
पूर्व सचिव पत्नी नीता अर्याल, विचौलियाको हितमा काम गर्दै आएका र हाल उद्योग विभागका हर्ताकर्ता राजेश्वर ज्ञवाली, उद्योगमा इन्ट्री भएका नारायण अर्याल, सामान्यमा बसेर चलखेल गर्दै आएकी मीरा आचार्य, हाल पञ्जिकरण विभागमा रहेका नमराज घिमिरे, ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, सञ्चारमा सरुवा भएका सुभाष ढकाल, महिला आयोगमा बसेर अध्यक्षको इशारामा चल्ने गरेको आरोप लागेकी र एकनारायणकै योजना अनुसार चीनको बेइजिङस्थित नेपाली राजदूतावासमा ‘इकोनोमिक मिनिस्टर’ बनेर गएकी पार्वती अर्याल, एक पछि अर्काे जिल्लाको प्रमुख जिल्ला अधिकारीमा ह्याट्रिक मारिरहेका वसन्त अधिकारी, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी, बहुपत्नीवाला सहसचिव सुमन दाहालसम्म एकनारायणको विश्वासपात्र सहसचिवहरु हुन् । एकनारायणको राज हटे पनि प्रशासन संयन्त्रमा उनीहरु नै अहिले हर्ताकर्ता रहेका छन् ।

