राष्ट्र बैंकको निकम्मापनले बैंकहरु ध्वस्त हुँदै

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण यदि प्रभावकारी हुन्थ्यो भने सिआइबी बैंकमा छिर्नै पर्दैन थियो । बैंकबाट सुपरीवेक्षणमा बसेका कर्मचारीहरुले प्रशस्त लाभ लिँदाको परिणाम हो प्रभु बैंकमा सिआइबी पस्नुपर्ने घटना ! तामाकोशी सन्देशले चार बर्ष अगाडि नै प्रभु बैंकको डलर काण्डको समाचार प्रकाशन गरेको थियो । सो समयमा अर्थ बिटमा कार्यरत केही पत्रकारहरुले सोही समाचार देखाएर बैंकबाट सक्दो लाभ लिएको सूचना तामाकोशीलाई प्राप्त थियो ।

यसरी अरुले लेखेका समाचार बोकेर बैंकमा पुग्ने र मोलमोलाई गरेर पेट पाल्ने केही पत्रकार, सिआइबी मिलाउँछु भन्ने केही विज्ञापन व्यवसायीमात्र होइनन् नेपाल राष्ट्र बैंककै कर्मचारीहरुको नियतको कारण प्रभु बैंक यो स्थितिमा पुगेको हो । उसो त यो प्रकरण बुझ्न कर्णाली डेभलपमेन्ट बैंकको घोटला प्रकरण खोतले पुग्छ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्थामा समस्या नआओस् वा ती संस्थाले जनताको पैसामा अनियमितता नगरून् भनेर नियमित रूपमा कडा नियमन तथा सुपरिवेक्षण गर्ने दाबी गरिरहेको छ ।

तर, यिनै संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ), सञ्चालक र तल्लो तहदेखि उच्चपदस्थ कर्मचारीले अर्बौं रुपैयाँसम्म घोटाला गरेका समाचार धमाधम बाहिरिरहेका छन् । एक बैंकरका अनुसार नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षण आउँदै छ भनेर १५ दिनअगावै सूचना आउँछ, त्यो टोलीमा को–को छन् भनेर सबै बैंकका सीईओ र सञ्चालकलाई थाहा दिइएको हुन्छ । जबकी यस्ता अनुगमन र सुपरिवेक्षण गोप्य रुपमा हुनुपर्ने हो तर त्यस्तो हुँदैन ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार सुपरीवेक्षण विभागले बैंकहरुको अफ साइड र स्थलगत गरी दुई किसिमले सुपरीवेक्षण गर्दछ । राष्ट्र बैंकको सो शाखाले अफ साइड सुपरभिजन गर्दा केही कमजोरी देखिएको खण्डमा त्यस्तो बैंकलाई आवश्यक कारबाही गर्न विभागले राष्ट्र बैंकको सञ्चालक समितिमा पठाउने गर्छ । तर केन्द्रीय बैंकबाट खटिने अनुगमन तथा सुपरीवेक्षण टोली फिल्डमा खटिनुभन्दा दुई साता अगाडि नै बैंक र उच्च व्यवस्थापकलाई जानकारी पुग्ने हुँदा समेत केन्द्रीय बैंकको सुपरीवेक्षण र बैंकको मिलेमतोमा भ्रष्टाचार र अनियमितताका कारण विग्रदै गएको बैंकलाई कारवाही गरेर सुशासनको दायरामा ल्याउनुको सट्टा सोही बैंकबाट आइफोन, मंहगा गाडीदेखि नगदी उपहार लिने प्रवृत्तिले बैंकको सुशासन धरासयी हुँदैछ ।

केही अघिमात्र कर्णाली विकास बैंक घोटालामा बैंकका अध्यक्षदेखि राष्ट्र बैंकका अनुगमन अधिकृतको समेत मिलेमतो देखिएको थियो । सिआइबीले बैंक घोटालामा संग्लग्न रहेका १११ जनाविरुद्ध ३ अर्ब २० करोड ११ लाख रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेकोमा सो घोटलामा बैंकका अध्यक्षदेखि राष्ट्र बैंकका अनुगमन अधिकृतको समेत मिलेमतो देखिएको निष्कर्ष निकालेको थियो । नेपाल राष्ट्र बैंकबाट खटिएका अधिकृतले आइफोन समेत उपहार लिएको, उनको खातामा कर्णाली बैंकबाट १० लाख ८५ हजार रुपैयाँ आएको देखिएको छ । कर्णाली डेभलपमेन्ट बैंकबाट ६ पटकमा गरेर उनले १० लाख ८४ हजार २५० रुपैयाँ बुझेको भेटिएको थियो ।

जस अनुसार, ३ फ्रेबुअरी २०१९ मा विकास बैंकमार्फत १ लाख रुपैयाँ बस्नेतको खातामा डिपोजिट भएको, चार दिनपछि नै ७ फ्रेबुअरी २०१९ मा समजलाल चौधरीको नामबाट ७ लाख ४९ हजार २५० रुपैयाँ, सो को भोलिपल्ट फेरि समजलालकै नामबाट ५० हजार रुपैयाँ,पाँच दिनपछि १३ फ्रेबुअरीमा फेरि समजलालकै नामबाट १ लाख रुपैयाँ बस्नेतको खातामा भेटिएको छ । यस्तै ९ फ्रेबुअरी २०२० मा एकै दिन दुईपटक ४२ हजार ५०० का दर कर्णाली विकास बैंकबाट सोझै बस्नेतको खातामा रकम गएको देखिएको छ ।

अनुगमनका क्रममा बैंक समस्यामा गएको र रकम अनियमितता भएको भेटिएपछि राष्ट्र बैंकका कर्मचारीलाई रकम दिएर अनुगमन तथा सुरपरिवेक्षण ठीक रहेको उल्लेख गर्न लगाइएको थियो । पछिल्लो समयको प्रभु बैंकको कर्जा अनियमितता घटना होस् वा कर्णाली डेभलपमेन्ट बैंक, तत्कालीन सेन्चुरी बैंकलगायतका संस्थामा भएका अर्बौं रुपैयाँको घोटाला तथा कर्जा अपचलनका घटनामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रत्यक्ष हस्तक्षेप र ती बैंकका सञ्चालक तथा कर्मचारी पक्राउले नियामक निकायको सुपरिवेक्षण प्रणाली पूर्ण रूपमा असफल भएको प्रमाणीत गरेको छ ।

प्रभु बैंकका अशोक शेरचन र देवी भट्टचनहरुको कृपाबाट ‘लेडी बोस’ रश्मी पन्तको १० बर्षको सेवा अवधिमा ९ पटकको बढुवा अस्वभाविक मान्छन्, नेपाल राष्ट्र बैंकका बर्मचारी । बैंक स्रोतका अनुसार रश्मि ०७२ सालमा जूनियर अफिसरबाट बैंक प्रवेश गरेकी थिइन् । उनी आज बैंकको उच्च पदमा पुगेकी छिन् ।

यसका अलवा एक प्रहरीका हाकिमलाई लिलामीमा गएको जग्गा सस्तोमा किनाइएको मात्र होइन, अर्का चर्चित पत्रकारलाई समेत कौडीको भाउमा करोडौं पर्ने जग्गा लिलामीमा सकार्न लगाइएन मात्र बैंकबाटै ऋृण समेत दिएको बिषय सतहमा आएको थियो । प्रभु बैंककी हर्ताकर्ता तिनै रश्मि पन्त एक न्यायधीशको छोरी रहेको समेत खुलेको छ ।

उनले नयाँ कर्मचारी भर्तीदेखि बढुवा प्रक्रियामा समेत आफ्नो प्रभाव जमाएको, दुई सय जना सुदूरपश्चिमका मान्छे बैंकमा भर्ति गरेको, आफ्नै सहोदर भाइलाई कानुनी सल्लाहकार नियुक्त गरेको, एचआर, क्रेडिट, कर्पोरेट र सेवा विभागका नेतृत्व तहमा “आफ्नै मान्छे” राखिएको मात्र होइन । जनताको थोपा थोपा पसिनाद्धारा वचत गरिएको रकमबाट दैनिक बुटिक होटलबाट भोजन मगाएर बैंककै बिलमा भुक्तानी गराउने, बर्षमा तीन÷चार पटक बैंककै खर्चमा विदेश भ्रमण गर्ने गरेका लगायतका बिषय केन्द्रीय बैंकमा नपुगेका होइनन् ।

तर, राष्ट्र बैंकबाट जाने स्थलगत निरीक्षण टोली बैंकका बेथिति लुकाउन मोलमोलाइ गर्ने गर्दा बैंकभित्रको बदमासी छोपियो । नेपाल राष्ट्र बैंकले अहिले पनि ठूला वाणिज्य बैंहरुको बदमासीमा कारवाही गर्न सकेको छैन ।

डलरे खेतीवाल अर्वपति विनोद चौधरीको नबिल बैंक, बहुविवाह गरेर जेठी पत्नीको विल्लीबाठ बनाएका अर्का नव मारवाडी चन्द्र ढकाल हुन् वा हिमालयन बैंकका सिइओ अशोक शमशेर राणा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथीबहादुर पाँडे र सिइओ ज्योती प्रकाश पाण्डेहरुलाई कुनै कारवाही गर्न सकेको छैन । यी बैंकमा बाफिया ऐन विपरित एकै व्यक्ति १३ बर्षदेखि सिइओको कुर्सीमा विराजमान छन् । सिआइबी स्रोतका अनुसार प्रभु बैंकजस्तै अर्काे एक वाणिज्य बैंकमा पनि उसैगरी पराकम्प जाँदैछ, अबको एक÷दुई सातामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *