काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटको विरोध गरेका छन् ।
वार्षिक कार्यक्रम तथा बजेटका सन्दर्भमा पुनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै सरकारले संघीय शासन प्रणालीको मर्म, लोकतन्त्रबाट विकासको भावना, लुम्बिनी प्रदेशको समग्र विकासको न्यायोचित आवश्यकता विपरित मन्त्री तथा प्रतिनिधिहरूले आफ्नो र निश्चित स्वार्थ समूहको दबाबमा बजेट निर्माण गरेको आरोप लगाएका छन् ।
पुनको तर्फबाट सचिवालय प्रमुख अनुपम जिसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा लुम्बिनी प्रदेशका सबै क्षेत्र तथा भूगोलमा आवश्यकता बमोजिम न्यायोचित, सन्तुलित, समानुपातिक र समावेशी रुपमा बजेट विनियोजन नभएको उल्लेख गरेका छन्।

