ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास आज प्रधानमन्त्री ओलीले उदघाटन गर्दै, परियोजना सम्पन्न हुन लाग्यो चार वर्षभन्दा बढी समय

विविध समाचार

काठमाडौं । ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास आज प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्दैछन् ।

अनुसार शुक्रबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको हो । १२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन चार वर्षभन्दा बढी समय लागेको छ । तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले उल्लेख गरेको छ ।

ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहित चार लेनको पुल निर्माण भएको छ । यसबाहेक पाँच सय मिटर लामो अप्रोच सडक बनेको छ । जसमा बालकुमारी र सातदोबाटोबाट र्‍याम बनाइएको छ ।

चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाल लगाएर माथि उठाइ ओभरपास बनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *