प्रतिनिधि सभाको बैठकमा पहिलो नम्बरमै प्रधानमन्त्रीसँग नौ जना सांसदले प्रत्यक्ष प्रश्न गर्न पाउने व्यवस्था

राजनीति समाचार

काठमाडौं । प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखको सचिवालयका अनुसार नौ जना सांसदले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको जनाएको छ । बैठकको सम्भाविक कार्यसूचीको पहिलो नम्बरमै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई राखिएको छ ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यत्रम सकिएपछि बजेटको मन्त्रालयगत छलफलले निरन्तरता पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *