काठमाडौं । हङकङमा आजदेखि सुरु भएको टी–२०आई क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले विजयी शुरुवात गरेको छ ।
नेपालले कतारलाई ८ विकेटले हराएको हो । कतारले दिएको १५२ रनको लक्ष्य पछाएको नेपालले १७ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि कुशल भुर्तेलले ३८, कप्तान रोहित पौडेलले ३७, आसिफ सेखले ३३ र बसिर अहमदले ३० रन बनाएका थिए । त्यस्तै कतारका बलर मुजीर उर् रेहमानले २ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरको कतारले २० ओभरमा ५ विकेट गुमाउदै १५१ रन बनाएको थियो । कतारका अलागी कप्तान इक्रामुल्लाह खानले सर्बाधिक ५४ रन बनाएका थिए भने शाहजैब जमिलले ३१, मुजीब उर रेहमानले २० रन र मोहमद इर्शादले १८ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित राजबंशीले एक एक विकेट लिएका थिए । नेपालले अब दोस्रो खेल भोली कुवेतसँग खेल्ने छ ।