वैदेशिक रोजगार विभागको महानिर्देशक को ?

राजनीति समाचार

काठमाडौं । शुशिला कार्की नेतृत्वको सरकारले १०० दिन पार गरेको छ । सय दिन पार गरिसक्दा पनि विदेश भ्रमण, खर्च, फजुल खर्च, कर्मचारी कटौतीजस्ता कामहरु सरकारले गर्न सकेको छैन । फजुल खर्च नियन्त्रण, वित्तीय सुशासन, सुविधा कटौती, सुरक्षाकर्मी फिर्ता र कर्मचारी दरबन्दी कटौती गरेको भन्दै सर्वसाधारण नेपालीहरुमाथि भ्रम सिर्जना गर्नें काम सरकारले गरिरहेको छ । सरकारले सय दिन पार गरिरहँदा संघीय मामिला तथा सामान्य प्रशासन मातहतका सयौं कर्मचारीहरु फुटबल बनेका छन् । संघीय मन्त्री रामेश्वर खनालले अर्थ र संघीय मन्त्रालयका कर्मचारीहरुलाई फुटबल बनाउँदै लगेका छन् ।

तत्कालीन सरकारको पालामा नियुक्ति गरिएका वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराई, कारागार व्यवस्था विभागका लिलाप्रसाद शर्मा, सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गानालगायत ६० जना सह–सचिवहरुको सरुवा गरिएको छ ।, वैरोका महानिर्देशक भट्टराई मन्त्रालयमा तानिएपछि वैदेशिक रोजगार विभागको महानिर्देशकमा मिरा आचार्यलाई नियुक्त गरिएको छ । आचार्य तत्कालीन मुख्यसचिव एक नारायण अर्यालले लागु गर्न खोजेको कुलिङ पिरियडकी सहयोगी हुन् । उनै आचार्यलाई जेनजी सरकारले वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएको छ ।

उता श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरे पनि महानिर्देशक बन्न न्वारनदेखि बल निकालेर लागिपरेका थिए । त्योसँगै अर्का सह–सचिव मोहनकृष्ण सापकोटाले पनि महानिर्देशक बन्ने प्रयास गरेका थिए । तर, श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीले संघीय मन्त्रालयकी सह–सचिव आचार्यलाई महानिर्देशक बनाएका छन् । आचार्यलाई बैरोको महानिर्देशक बनाउनको लागि श्रमसचिव कृष्णहरि पुष्करले पहल गरेको बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *