क्षेत्रीयतावादी दलहरु सबै उस्तै

राजनीति समाचार

काठमाडौं । सत्ता, शक्ति र पदमा मधेसको विद्रोह गरेर मौकामा चौका हान्दै आएका जसपा र लोसपाका नेताले मधेश एजेन्डा बिर्सिएका छन् । तीनको स्वार्थी भावनालाई मौका अनुसार प्रयोग गर्ने जनमत पार्टीका सिके राउतको क्रान्तिकारीता पनि राष्ट्रिय सभाको निर्वाचनले उदाङ्गो बनाएको छ ।

मधेसमा जनताले नेपाली नागरिकता नपाउने स्वास्थ्य, शिक्षाजस्ता नैसर्गिक अधिकार प्रयोग गर्न नसक्ने समस्या भँजाएर क्षेत्रीय दल बनेका हुन् । राजेन्द्र महत्तो, उपेन्द्र यादव, महन्त ठाकुरजस्ता धेरैजसो आफै र अधिकांश समय कांग्रेस, एमालेसँग सत्ता तालमेल गरे । तर, मुसहर र डोमले नेपाली भएर नेपालको परिचय दर्शाउने नागरिकता पाएनन् ।

पदमा पुग्न उठाइने यस्ता मुद्दा पद पाएपछि बिर्सिने उपेन्द्र, महन्त र राजेन्द्रको कमजोरीमा पार्टी जन्माएका पदकै वरपर भएका छन् । संघीय सरकारमा नेता सहभागी हुने प्रदेशमा मधेसवादीका नेता मुख्यमन्त्री, सभामुख र प्रदेश प्रमुख बन्दा पनि ती गरीबको हितमा निर्णय नहुने रोग हटेन । दाइजो प्रथा नै मधेसमा छोरीको काल बनेको छ भने अन्धविश्वासको जड बोक्सी प्रथालाई उचालेर दलीय र गरिव परिवारमाथि पञ्चायत बसेर गाउँ बाहेक गर्ने दलीत र मधेसी लोकतन्त्रलाई सुधार्न उपेन्द्र, महन्त, राजेन्द्र त लागेनन् नै नयाँ जोशमा आएका सिके राउत पनि लागेनन् । यीनलाई मधेसको अधिकार प्राप्तिका लागि जनताले भोट दिनुपर्ने परम्परागत वाध्यता छ । जेन्जी आन्दोलनका युवाले मधेसी मात्र होइन राष्ट्रिय पार्टीका नेताहरुमाथि आक्रमणसमेत गर्न भ्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *