गगन नेतृत्वमा आफन्तहरुको हाबी

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेस भित्र परिवारवादमा लागेको आरोप लगाउँदै विशेष महाधिवेशनबाट शेरबहादुर देउवालाई हटाउँदै विशेष महाधिवेशनमार्फत गगनकुमार थापा सभापतिको नेतृत्व हत्याएका छन् । जसलाई भावी प्रधानमन्त्रीको रुपमा चर्चा गरिँदैछ । विशेष महाधिवेशनले श्रीमान–श्रीमती माननीय हुन नपाउने, नातेदारहरुलाई माननीय नबनाइने नीति ल्यायो तर, उक्त नीतिलाई लत्याउने काम थापाले गरेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएपछि कांग्रेसको टिकट वितरणको शैली नै फे¥र्यो ।

शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङसहितका नेताहरु टिकटबाट बञ्चित भए । कांग्रेसबाट निर्वाचित एक्ली महिला सांसद सीता गुरुङसम्म चुनावी मैदानमा नदेखिने भइन । देउवाले युवानेता नैनसिंह महरका लागि ठाउँ छाडिदिए । अघिल्लोपटक सुर्खेत १ बाट १२ हजार मतान्तरले चुनाव जितेका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का आफू लडे्नन् तर आफ्ना भाइ विष्णु खड्का कांग्रेसको तर्फबाट उमेदवार भए । विष्णु कांग्रेस पार्टीमा सुर्खेतका उपसभापति हुन् । यसपटक टिकट नपाउनेमा निवर्तमान कांग्रेस उपसभापति धनराज गुरुङ पनि छन् ।

उनी सहकारी ठगी प्रकरणमा मुछिए पनि सत्ता दाहिने हुँदा उन्मुक्ति पाएका पात्र हुन । २०७९ को चुनावमा भगवती चौधरीसँग पराजित भएका विजयकुमार गच्छदारले सुनसरीबाट टिकट पाएका छन् । त्यहाँ रोचक त यसअघि ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारमा मुद्धा लागेर विशेषका न्यायधीशलाई मिलाएर उन्मुक्ति पाएका विजयकुमारकोे हातमा टिकट परेको छ । त्यही वेदनारायण गच्छदारलाई पनि टिकट दिएको खुलेको छ । दुवैसँग भएको टिकटमा सभापति गगनकुमार थापाले हस्ताक्षर गरेको देखिएको छ भने पार्टीको छाप लगाइएको छ ।

टिकट पक्का भएमा सुनसरी–३ मा गच्छदारको आठौँ पटक उमेदवार बनेका छन् । अघिल्ला सरकारका मन्त्रीहरु मध्ये सबैभन्दा भ्रष्ट ठहरिएका प्रकाशमान सिंह अन्तिमसम्मा टिकटका लागि प्रयासमा थिए । भिजिट भिसा प्रकरण र जेनजी विद्रोह दमनका कारण आलोचित भएका रमेश लेखकले पनि यसपटक टिकट पाएनन् । नक्कली भुटाटी शरणार्थी प्रकरणमा मुद्दा खेपेका बालकृष्ण खाँण पनि यसपटक टिकट पाएनन् । यस्तै टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचारको मुद्दा खेपेका मोहनबहादुर बस्नेतले पनि सिन्धुपाल्चोकबाट टिकट पाएनन् । अर्को तर्फ आरजु राणा, सुजाता कोइराला, सीता गुरुङ्ग लगायतका चर्चित अनुहार पनि टिकटबाट बञ्चित भएका छन् ।

यस्तै विपी पुत्र शशांक कोइरालालाई पनि सभापति थापाले टिकट दिएनन् । काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले टिकट नपाउँदा अर्वपति विनोद चौधरीले भने टिकट फुत्काइसकेका छन् । यस्तै दोलखाका बलिया उम्मेदवार जीपछिरिङ लामा, निजामती विद्येकको कुलिङ्ग पिरियड छेडखानीका प्रमुख पात्र ओखलढुंगाका रामहरि खतिवडा, संखुवासभामा दीपक खड्का, सिन्धुली–२ मा श्याम घिमिरे, भक्तपुर–२ मा दुर्लभ थापा, राजेन्द्र बजगाई टिकट नपाउँदा रसुवाका ठेकेदार मोहन आचार्य, नुवाकोटका ठेकेदार बहादुर सिंह लामाहरु पहिल्यै गगन समूहमा खुलेर लाभ उठाएका छन् । उसो त गगनले यस अघि नै आफ्ना ससुरा अर्जुन नरसिंङ्ग केसीको नाम समानुपातिकको बन्द सूचीमा राखेका छन् ।

सो सूचीमा पूर्व पञ्च तथा उनकै काका ससुरा बद्रीनरसिंङ्ग केसीको समेत नाम राखिएको छ यता,नुवाकोटबाट अर्काे काका ससुरा जगदीशनरसिंङ्गलाई टिकट दिइएको भेटिएको छ । श्रीमान श्रीमतीलाई टिकट नदिने भनिए पनि कमला पन्तको हकमा गगन लचिलो बनेका छन् । कमला देवी पन्त अहिले राष्ट्रियसभा सदस्य छिन् । देउवा सभापति हुँदा पन्त राष्ट्रियसभामा पुगेकी हुन्। अहिले उनैका श्रीमान् मधु आचार्यलाई गगन नेतृत्वको कांग्रेसले काभ्रेपलाञ्चोक–२ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाको टिकट फुत्काएका छन् । यस्ता विकृतीहरु उत्खनन् गर्ने हो भने अझैं धेरै भेटिन्छन्, चार तारे भित्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *