मालपानेको डिजाइनमा झापा ५ र रुपन्देही २ मा उम्मेदवार
काठमाडौं । आगामी फागुन २१ माहुने प्रतिनिधि सभा निर्वाचनको लागि तस्कर, माफिया र व्यापारीहरु पनि विभिन्न दल र स्वतन्त्रबाट उम्मेदवार बनेका छन् । ‘श्रीराम गुड्खा’ कम्पनीका सञ्चालक कमल किशोर मालपानेले विगत लामो समयदेखि करोडौं राजश्व छली गर्दै आएका थिए । पशुपतिनाथ इन्टरनेशनल विजनेश प्रा.लि नाम रहेको कम्पनीले बुटवलमा उत्पादित गुट्खाको आधिकारिक डिलरको काम गर्दै आएको थियो
। सो डिलरले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा डिलर स्थापना गरी मानव स्वास्थ्यको लागि हानिकारक वस्तु मिसावट गरेको गुट्खा उत्पादन र विक्रीवतरण गर्दै आएको बताइन्छ । उक्त कम्पनीले मितिसमेत नराखी खाद्यान्नदेखि अखाद्य वस्तु मिसावट गरेर गुट्खा विक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै आएको थियो । श्रीराम टोबाटोबाट उत्पादीत करेन्ट, भोला गुड्खा, पावार खैनी र जित खैनी जस्ता मानव स्वास्थ्यको लागि अति हानिकारक सूर्तिजन्य पद्धार्थ उत्पादन तथा विक्रीवितरण गर्दै आएको बताइन्छ । त्यसबाट उत्पादन गर्ने हानिकारक सामानको खोलमा ५ सय ग्राम तौल राख्ने तर त्यसभित्र ४ गा्रम तौलको सामान राखेर विक्रीवितरण गरी उपभोक्ता ठग्ने काम गर्दै आएको उपभोक्ताको गुनासो छ ।
गुणस्तरहीन र कम तौलका सामान विक्रीवितरण गरेर उपभोक्ता ठग्ने व्यापारीहरुमा कमल किशोर मालपाने, दीपक भट्ट, विशाल ग्रुप र शेर्पा इन्टरनेशलन कम्पनीहरु अग्रपंक्तिमा रहेको बताइन्छ । दीपक भट्ट र विशाल ग्ुपको लगानीमा हाइड्रोपावर कम्पनीदेखि विभिन्न उद्योग धन्दा सञ्चालनमा रहेका छन् । ती उद्योग सञ्चालकहरुले राज्यलाई वार्षिक अर्बौंको राजश्व छली गर्दै आएका छन् । गुहणस्तरहीन सामान विक्रीवितरण र राजश्व छली गरेर आर्जन गरेको अवैध कालोधनलाई वैध बनाउनको लागि करेन्ट चाउचाउका सञ्चालक कमल किशोर मालपानेले काठमाडौंका तत्कालीन मेयर एवं हाल रास्वपाका उप–सभापति बालेन साह आगामी फागुन २१ गते हुँदै गरेको प्रतिनिधि सभा निर्वाचनमा झापा ५ बाट नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्दै छन् । उनै बालेनले चड्ने गरेको ‘ल्यान्डरोबर्ड मिफेन्डर’ कार जसको मूल्य नेपालमा ८ करोडभन्दा बढी भएको बताइन्छ ।
बालेनले चड्ने गरेको उक्त कार करेन्ट चाउचाउका मालिक कमल किशोर मालपानेले दिएको खुलासा भएको छ । मालपाने त्यस्ता व्यापारी हुन् जसको नेपाली नागरिकता नै शंकास्पद देखिएको छ । मालपाने भारतीय नागरिक भएर पनि उनले वंशजको आधारमा नेपाली नागरिकता लिएको र एउटै नागरिकताको प्रतिलिपी नियमविपरीत अर्को जिल्लाबाट निकालिएको आरोप छ । उनै व्यापारी मालपाने जसले राजश्व छली, सूर्तिजन्य पद्धार्थ र खाद्य पदार्थको नाममा कानून उल्लंघन र सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पर्ने गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ
। १० करोडभन्दा बढी बिगो रहेको मुद्दामा सेटिङ गरेर छुटेका र सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधिन रहेको बताइन्छ । उनै व्यापारी मालपानेका सहयोगी जसले श्रम शोषण, सरकारी निर्देशनको अवज्ञा र गैरकानुनी धन्दामा सेटिङ मास्टर दीपक भट्टको संलग्नता रहेको समाचार स्रोतको दावी छ । त्यसमा राज्य संयन्त्र मुकदर्शक भएर सबेको सर्वसाधारणको आरोप छ । ठूला आमसभा र विभिन्न राजनीतिक क्रियाकलापका लागि पब्लिक फिगर बनेका बालेनलाई तीनै मालपानेजस्ता व्यापारीहरुले फन्डिङ गर्दै आएको खुलासा भएको छ । त्यसको आडमा मेयर पदबाट बाहिरिइरहँदा उनलाई करोडौंको गाडी उपलब्ध गराएको व्यक्ति बालेन यदि प्रधानमन्त्रीनै बनेको खण्डमा आफ्नो आलिशान शौकको लागि यो देशको ढुकुटी रित्याउने खेलमा लागेको व्यापारीहरुको भनाइ छ ।
अर्कोतिर उनै मालपानेले आफ्ना सहयोगी चुनु शर्मालाई रुपन्देही २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाएर एमालेका उम्मेदवार विष्णु प्रसाद पौडलसँग प्रतिस्पर्धा गर्न लगाएका छन् । कमल मालपानेले आफ्ना सहयोगी चुनु शर्मालाई कांग्रेसबाट उम्मेदवार बनाएका छन् । सेटिङमा माहिर मालपानेले कांग्रेस र रास्वपामा लेखेका छन् भने अन्य व्यापारीहरुले विभिन्न पार्टीका उम्मेदवारलाई चुनावी खर्च र गाडी उपलब्ध गराएर आफ्ना कालाकर्तुत लुकाउने प्रयास गरिरहेका छन् । पुराना दलहरुले व्यापारी, कालाबजारिया र कर छली गर्नेहरुलाई राजनीतिक संरक्षण दिँदा देशमा भ्रष्टाचार, बेथिति र विगंगति फैलिएको भन्दै २०७९ सालको निर्वाचनदेखि स्वतन्त्रहरुले डेरा जमाउन थालेका थिए ।
आज स्वतन्त्रको नाममा उदाएका दल र व्यक्तिहरु कांग्रेस, एमाले र माओवादी जस्ता पुराना दलहरुभन्दा बढी भ्रष्टाचारी भएको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गर्न थालेका छन् । नयाँ पार्टी र स्वतन्त्रबाट नेता भएका व्यक्तिले तीनै व्यापारीहरुलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवार बनाएर आर्थिक लाभ लिन थालेपछि सर्वसाधारणले पुरानै दलहरु भन्दा नयाँ झन् भ्रष्टहुँदै गएको सर्वसाधारणको आरोप छ ।
उता, उद्योगी, व्यापारी र कालाबजारियाहरुले हिजोका दिन कांग्रेस, एमाले र माओवादीको पछि लागेर अकुत सम्पत्ति आर्जन गरेका थिए । आज तीनै व्यापारीहरुले दलका नेताहरुलाई प्रयोग गरेर आर्जन गरेको कालोधन जोगाउन नयाँ दल र स्वतन्त्रहरुलाई गाडी र पैसा सहयोग गर्दै कालोधनलाई सेतो बनाउने काम गर्न थालेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला एमाले नेताहरुलाई प्रयोग गरेर कमाउ धन्दा सञ्चालन गर्दै आएका व्यापारीहरु आज बालेन र रविको शरणमा पुगेका छन् । जब कि रवि र बालेन सर्वसाधारणलाई भ्रम छरेर निर्वाचन जित्ने र जनप्रतिनिधि भइसकेपछि उनीहरुलाई उठीवास लगाउने व्यक्तिको रुपमा आरोपित छन् । काठमाडौंका तत्कालीन मेयर बालेन साहले सुकुम्वासीदेखि विभिन्न पेशा, व्यवसाय गर्नेहरुलाई उठिवास लगाएको आरोप छ भने रास्वपाका सभापति रवि लामिछानेले सर्वसाधारणले सहकारीमा जम्मा गरेको पैसा हिनामिना गरेको आरोप खेपिरहेका छन् । त्यसले गर्दा नयाँ दल र स्वतन्त्रहरुको हालत पनि पुराना दलको भन्दा कम नभएको सर्वसाधारणको अड्कल छ ।

