अनन्त गुरुङ
नेपाल राष्ट्र अहिले पुरै चुनावमय भईसकेको छ । नेपाली जनताको घरदैलोमा नयाँ परानो दलहरुबाट टिकट लिएर उम्मेद्वार बनेकाहरु भोट माग्नको लागि पुगीसकेकाछन । यो चुनाव पुरानै पाराले पुरानै संबिधान अनुसार नै हुन गईरहेको छ । नेपाली जनताको भावना र चहानाहरुलाई पहिले नै सम्बोधन गरी यो चुनाव हुन गईरहेको छैन । पछि हेरौला वा संबोधन गरौला अहिलेको लागि समय छैन, समय पुग्दैन वा म्यानडेट छैन भनेर टार्ने काम सुशीला कार्की नेतृत्वको आन्तरिम सरकरले बाहानाबाजी गर्दै आएकोछ । नेपाली जनताको प्रदेश खारेजीगर्ने माग थाती छन । त्यस्तै राष्ट्रपतिय संस्था खारेज गरी त्यसको ठाउँमा संबैधानिक राजतंत्र फर्काउने नेपाली जनताको माग पनि पुरा भएको छैन ।
धर्मनिरपेक्षता खारेज गरी नेपाल राष्ट्रलाई वैदिक सनातनी हिन्दूराष्ट्र बनाउनु पर्छ भन्ने नेपाली जनताको माग पनि संबोधन भएको छैन । यहि चुनावको सन्दर्भमा पनि नेपाली जनताले अन्तरजिल्ला मतदान गर्न पाउनु पर्ने माग राखेका थिए । त्यस्तै वैदेशिक रोजगारीमा गएका नेपाली मतदाताहरुले अनलाईन मतदान गर्न पाउनु पर्छ भन्ने थियो त्यसलाई पनि कानुनी झमेला तयारीको लागि समय अभाव रहेको भन्दै थाती राखिएको छ । यसरी नेपाली जनताले चाहेको जसरी होइन कि पुराना दलहरुले चाहेको जस्तो गरी आगामि चुनाव हुन गईरहेको छ । नेपाल जस्तो गरिब ऋणै ऋणमा डुबेको देशको लागि २० अर्ब चुनाव खर्च भनेको कम पैसा होइन । त्यसकारण यति धेरै लगानी गरी सकेपछि चुनाव उपयोगी हुन जरुरी हुन्छ । पुराना दलहरुको लागि नेपालको संबिधान २०७२ अनुसार बि।स। २०८४ मा चुनाव हुने तोकिएको थियो ।
संबिधानमा तोकिएको समय भन्दा अगावै बि।स। २०८२ मा नै हुन गईरहेको उक्त चुनाव दलहरुको कारणले नभएर जेन जेड आन्दोलनको कारण हुन लागीरहेकोछ । के अब जेन जेडले चाहेको अनुसारको राजनीतिक परिवर्तन यो चुनावबाट नेपालमा ल्याउन सकिन्छ त रु यदि यो चुनावको परिणामबाट कुशासन गर्दै आएका पुरानो दलहरु नै सत्तामा फर्कियो भने नेपालको वर्तमान राजनीतिक अवस्था झन डामाडोल भईजाने कुरा पक्काछ । त्यसकारण यो चुनावको लक्ष वा उद्देश्य भनेको जसरी पनि पुरानो दललाई सत्तामा फेरि फर्किनबाट रोक्नु नै हो । सोकार्य पुरा गर्नको लागि नयाँ राजनीतिक दलहरुको भूमिका अति नै महत्वपूर्ण छ । खासगरी जेन जेडको मुख्यधार संलग्न भएको राष्ट्रिय स्वतंत्र पार्टीले नयाँ दलहरु सबै सित सामन्वय गरी पुरानो दलहरुलाई चुनावी मैदानमा लडाएर भुँईको धुलो चटाउनु नै पर्ने हुन्छ ।
केही पुराना दलहरुले पनि जेन जेडको नीतिहरु र शिद्धान्तलाई आत्मसात गरी आफ्नो पार्टीलाई बुढो नेतृत्वबाट मुक्त पारी वयस्क नेतृत्वलाई अगाडि सारेकाछन भने त्यो दल पनि नयाँ दलहरु समान नै मान्नसकिन्छ । यसको उदाहरणको रुपम नेता गगनले नेतृत्व गरेको नेपाली काँग्रेसलाई पनि लिए हुन्छ । उक्त दलले सबै भ्रष्ट र आर्थिक अपराधमा लिप्त बुढो नेताहरुलाई चुनाव लड्ने टिकट सम्म पनि नदिएको सन्दर्भले उक्त दल भित्र शुद्धिकरण भईसकेको मान्नु पर्छ । पुरानो दलहरु मद्धे सबै भन्दा खुँखार दल एमाले नै हो । एमाले शीर्ष नेता निवर्तमान प्रधानमंत्री ओलीले जेन जेडले ल्याउन खोजेको राजनीतिक बदलावलाई ठाडै अस्वीकार गरेकाछन । उहाँ अझ पनि बिघटन भईसकेको संसदलाई सर्बोच्चको परमादेशबाट जगाउन चाहीरहेकाछन । राष्ट्रिय स्वातंत्र पार्टीको नेता बालेनको लहर चलेको देखी सकेपछि उहाँ झनै सशंकित र त्रसित बन्नु भएको देखिन्छ ।उहाँले यदि रास्वपाले चुनाव जितेमा झनै नेपालको राजनीतिक अवस्थामा डामाडोल बढेर जाने भन्दै नेपाली जनतालाई डर देखाउन थालेकाछन ।
उहाँले जसरी पनि आफैले चुनाव जित्नु पर्ने यदि हार्ने हो भने चुनावको परिणाम मान्न आफु कहिले तयार नहुने भन्दै हिडेकाछन । एमाले शीर्ष नेता निवर्तमान प्रधानमंत्री ओली जस्ता अपराधिक पृष्ठभूमिबाट आएकानेताहरु र दलहरु कै कारण नेपाल राष्ट्रको राजनीतिमा कहिले स्थिरता र सुधार आउन सकेन । भ्रष्टाचार र अपराध बढेर जाँदा नेपाल राष्ट्रको हालत पनि कुशासनले ग्रस्त कुनै अफ्रिकी मुलुक भन्दा कम छैन ।अहिले धेरै अफ्रिकी देशहरुमा पनि सुशासन आईसकेको बेलामा नेपाल राष्ट्रको अवस्था भने धेरै बिग्रेर जानुको पछाडि पुराना दलहरुको गलत नीतिहरु नै मुख्य रुपले जिम्मेवार छन । पुराना दलहरुले नेपाल राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउँछौं भनी नेपालमालागु गरेका नीतिहरु नै गलतछन । नेपाल राष्ट्रको लागि सबै भन्दा ठुलो खतरा पुराना दलहरुको वैदेशिक रोजगार नीतिबाट नै देखिएकोछ ।
यसले गर्दा नेपालमा बालक जन्म दर डरलाग्दो किसिमले घटेकोछ । नेपालको गाउँघर सुन्य बन्दै गएकाछन भने सोही क्रम अब सहरहरुमा पनि सुरु भईसकेकोछ । बिदेशी दलालहरुको प्रभावमा परी बिना कुनै ठोश योजना पुराना दलहरुले स्कुल, कलेज र विश्वविद्यालयहरु खोलेका छन तर त्यसमा पढ्ने बिद्यार्थीहरु भने धेरै धेरै कम हुँदै गएकाछन । साथै उक्त स्कुलहरु, कलेजहरु र विश्वविद्यालयहरुबाट पढाई सकेर निस्केकाकोहरुको लागि स्वदेशमा नै रोजगारी निर्माण गर्न पुराना दलहरुले कुनै चासो पनि देखाएको छैन । पुराना दलहरुबाट सबै भन्दा बढी पीडित भएका जेन जेडहरु नै हुन । जेन जेडहरु नै नेपाल राष्ट्रको आर्थिक उन्नती र समृद्धिको लागि सबै भन्दा सक्रिय जनसंख्याको समूहमापर्दछ । पुराना दलहरुले गर्दा नेपालको व्यक्ती, घरपरिवार र समाज सबै प्रभावित भएकाछन भने राष्ट्र बन्ने क्रममा नै रहेको नेपालको अस्तित्व नै समाप्त हुने गरी बिदेशीको हष्तक्षेप नेपालको राजननीति र बिकासमा पुराना दलहरुले निम्त्याएकाछन ।
त्यसैलाई रोक्न कै लागि जेन जेडले नेपालमा शान्तिपूर्ण आन्दोलन थालेकोमा त्यसै माथि बिदेशीको दलाल बनेर नेपालमा शासन सत्ता चलाई बसेका पुराना दलहरुले गोली नै ठोकेर धेरै परिवारको कोख नै सुन्य बनाईदिएकाछन । त्यस्ता हत्यारा पुरान दलहरुलाई नै फेरि सत्तामा फर्काउनको लागि यो चुनाव हुन लागेको होईन । यो चुनाव पीडित जेन जेडका परिवारलाई निसाफ दिलाएर नेपालमा नायाँ राजनीतिक व्यावस्था ल्याउन र जनमैत्री अवस्था निर्माणगर्न कै लागि हो । यो पुण्य कार्यमा रास्वपा दलमा समाहित जेन जेड समूहका शीर्ष नेता बालेनले सबै भन्दा प्रभावकारी, सक्रिय र आक्रमक नेतृत्वदायी भूमिका सुरु गरेकाछन । प्रारम्भिक चरणमा नै उहाँलाई न्यायप्रेमी नेपाली जनताले भरपुर साथ दिएकाछन ।
यस्तो नेपालको राजनीतिमा बिकसित भएको अवस्थाले नेपाली जनतालाई जेन जेडको बालकहरुले गरेको वलीदानी खेर जाँदैन कि भन्ने लाग्न थालीसकेकोछ । पुराना दलहरुको लागि पनि मासिने कि परिवर्तित नेपालको राजनीतिक सन्दर्भ अनुसार आफनो कार्यनीतिलाई बदलेर रुपान्तरित भई राष्ट्रको अस्तित्व रक्षामा लाग्ने पुण्य अवसर प्राप्त भएकोछ । यसो त केहि पुराना दलहरुले आफ्नो लिंडेढिपीलाई नछाडेर आफैले ३६ बर्ष यता देखि नेपालमा गर्दै आएको कुशासनलाई नै महान कार्य भन्दै फलाक्दै हिंडेकाछन । यो चुनावको महत्व तब सम्म हुँदैन जब सम्म पुराना दलहरुबाट पीडित जेन जेड समूहका नेपाली जनताले निसाफ पाउने छैन । उनीहरुलाई निसाफ दिलाउनको लागि नेपाली जनताले राष्ट्रिय स्वतंत्र पार्टी र त्यसको नेतृत्वमा समाहित भएका पीडित जेन जेड समूहका नेपाली जनतालाई भोट हालेर चुनाव जिताउनु नै पर्ने हुन्छ ।
तसर्थ यो आम चुनाव पुराना दलहरुले नेपालमा गराउँदै आएको पुरानो आम चुनावहरु भन्दा धेरै फरक छ किनकि यो आम चुनावमा धर्म र सत्य को जित सुनिश्चित गरी जाली झेली र पापी पुराना दलहरुलाई परास्त गर्नै पर्ने हुन्छ । पुराना दलहरु पनि हातमा दही जमाएर नबसी आफ्नो कुख्यात पुरानो भ्रष्टाचारी र अपराधिक शासन सत्तालाई पवित्रीकरण गर्ने प्रयासमा छन । पुराना दलहरु सित भ्रष्टाचार गरी जम्मा पारी राखेको अकुत पैसा र आपसमा मिलोलतो गरी चुनावको परिणाम नै बदल्न सक्ने अनुभव पनि भएको हुँदा उनीहरुलाई जेन जेडले कमजोर पक्ष मान्ने गल्ती कहिले पनिगर्नु हुँदैन । पुराना दलहरुलाई बलवान र अनुभवी प्रतिद्वान्दी सम्झेर सोही अनुसारको प्रतिकार गर्ने तयारी गर्नु गराउनु पर्छ । साथै बिदेशी शक्तिकेन्द्रहरुले पनि चुपलागी नबसेर यो चुनावको परिणामालाई आफैले चाहेको अनुसार बदल्न हरसम्भव प्रयास योजनाबद्ध तरिकाले गर्ने गराउने भएकले त्यसको लागि पनि जेन जेड तयारी हालतमा बस्नु पर्दछ ।
जेड आन्दोलनको मर्म र भावनालाई आत्मसात गरी नेकपा माओवादी, समाजवादी र अन्य साना पुराना दलहरुले पनि मिलेर नेपाली कम्युनिष्ट पार्टी नामको नयाँ दल खोलेकाछन । पुराना दलहरुबाट रुपान्तरण के कती कुन स्केलमा भयो थाहा छैन तर पुस्तान्तरण गरिएको भने प्रष्ट छैन । पुराना दलहरुको यो नयाँ दल मिश्रण मात्रै हो की रसायनले नै जोडेका छन भन्ने कुरा पनि अहिले खुलेको छैन । तैपनि माओवादी र समाजवादी दलहरुको यो प्रयासलाई समय अनुसारको परिवर्तन नै हो भन्दा कुनै हानी नुक्सानी छैन । अहिले चुनावको लागि सरकारी तयारी सबै पुरा भईसकेको हुँदा चुनाव हुन सक्दैन भन्ने दलहरुको पनि बोल्ती बन्द भईसकेको छ । सर्बोच्चको फैसला कुरी बसेका दलहरु पनि भित्रभित्रै चुनावको तयारीमा जुटीरहेकाछन ।
त्यसैले यो चुनावबाट आउने परिणामबाट नेपाल राष्ट्र र नेपाली जनताले लामोकाल देखि भोग्दै र खेप्दै आएको अस्थिर र अनिश्चित राजनीतिको समाधान निस्कियोस भन्ने चिताएकाछन । यदि यो चुनावबाट पनि पुरानै दलहरु सत्तामा फर्कियो र कुशासन दोहरियो भने यो चुनाव समाधान नभएर अलमल मत्रै भएको सावित हनेछ जुन कुरा नेपालको स्वास्थ्य राजनीतिको लागि हानीकारक ठहर्छ । जाहेर नै छ नेपालको राजनीतिलाई सन्तुलित र दीगो बनाई राख्नको लागि राजतंत्र र वैदिक सनातनी हिन्दूधर्म बिनासंभव छैन ।

