काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलदेखि स्वतन्त्रहरु निर्वाचनमा होमिदैछन् । निर्वाचनमा होमिएसँगै राजनीतिक दलदेखि स्वतन्त्रहरुले आ–आफ्ना घोषणापत्र जारी गर्ने तरखर गरिरहेका छन् । उनीहरुले जारी गर्ने घोषणापत्रमा के÷कस्ता एजेन्डा जारी गर्छन् त्यो अहिलेसम्म सार्वजनिक भइसकेको छैन । निर्वाचन आयोगले आगामी फागुन ४ गतेबाट उम्मेदवारहरुलाई आ–आफ्नो चुनावी क्षेत्रीमा प्रचार–प्रसार खुला गर्ने भएको छ । एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत मधेशवादी दलहरुले पनि आ–आफ्नो घोषणापत्र जारी गर्ने तयारी गरिराखेका छन् ।
तीनै घोषणापत्रको आधारमा मत विभाजन हुने आँकलन सर्वसाधारण जनताले गर्न थालेका छन् । पुराना राजनीतिक दलहरुले जारी गर्ने घोषणापत्र पुरानै तरिकाबाट सार्वजनिक गर्छ कि नयाँ ढाँचाबाट गर्दछन् त्यो पनि निश्चित छैन । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विभिन्न दलहरुले जारी गर्ने घोषणापत्रमा केही मात्रामा फरक पन ल्याउने आँकलन गरिँदैछ । त्यसले गर्दा पुराना दल र नयाँहरुमा भोट विभाजन हुने संकेत त्यत्तिकै छ भने समानुपातिक भोट पनि विभाजन हुने देखिन्छ । किन कि पहिला थोरै दल थिए भने यसपालि धेरै दलहरु निर्वाचनमा होमिएका छन् । त्यसले गर्दा समानुपातिक मत विभाजन हुने अनुमान गरिएको छ ।
अर्कोतिर निर्वाचनमा खटिने कर्मचारी र सुरक्षा निकायले पनि समानुपातिक मत दिन पाउने अधिकार भएकोले निर्वाचनमा खटिने कर्मचारी र सुरक्षा निकायले कमसलाई मत दिन्छन् त्यसमा भर पर्ने देखिन्छ । अहिलेको परिस्थिति हेर्दा सुरक्षा निकाय र कर्मचारीहरुले समानुपातिक मत बदल्ने आशंका आमसर्वसाधारणदेखि बुद्धिजीवीहरुको ठम्याई रहेको छ । त्यसले गर्दा पनि समानुपातिक मत सुरक्षित राख्नको लागि सबैले आ–आफ्नोतर्फबाट उनीहरुको मत सुरक्षित गर्नको लागि विशेष भूमिका खेल्नेपर्ने सर्वसाधारणको आँकलन छ । किन कि देशको परिस्थिति पनि त्यस्तै देखिन्छ । जुन पार्टीले प्रत्यक्षभन्दा समानुपातिक मत बढी ल्याउँछ उहीँ पार्टी नै आगामी निर्वाचन पहिलो बन्ने अनुमान गरिएको छ । त्यसले गर्दा प्रत्यक्षभन्दा सामानुपातिक मततिर सबैको ध्यान केन्द्रित भएको छ ।
सामानुपातिक मत आफ्नो पक्षमा पार्नको लागि स्वतन्त्रहरु बढी लागिपरेको देखिन्छ । त्यसको लागि स्वतन्त्रहरुले राजनीतिक चेतना भएका नेताभन्दा मोडल, कलाकार, सामाजिक अभियान्त र चर्चो स्वरले गालीगलौज गर्ने व्यक्तिहरुलाई अगाडि सारेका छन् । त्यस्ता उम्मेदवारहरुले जनताको मनोविज्ञान आफूतिर केन्द्रित गर्नको लागि जाति, भाषा, धर्म, भूगोल र क्षेत्र प्रभावित हुनेगरी अभिव्यक्ति दिने गरेका छन् । जहाँ जुन, जाति, धर्म र संस्कृतिको बहुल्यता छ त्यहाँ त्यही खालको अभिव्यक्ति दिएर जनतालाई भ्रमित पार्ने काम भइरहेको छ । यस्तो गतिविधि सञ्चालन गर्ने उम्मदवारहरुलाई निर्वाचन आयोगको आचारसंहिताले छुने कि छुने ?भन्ने गम्भीर चासोको विषय बनेको छ ।

