काठमाडौं । पार्टी त खोलियो तर आशामरु साहुजीको किनारा पसले जस्तो आज नगद भोलि उधारो किम्वदन्तीसँग जोडिँदै डा. बाबुराम भट्टराई प्रतिस्पर्धीको लाजले उम्मेदवारी फिर्ता लिएको एमालेले आरोप लगाएझैं पश्चिमा निर्देशनमा चलेका बालेन शाह र रवि लामिछानेको प्रस्ताव स्वीकारे तापनि सबै गोप्य नै राखिएको छ । मुुलुकमा तत्कालीन माओवादीले परिवर्तनको बन्दुक उठाउँदा उनी दोस्रो वरियतामा थिए । तर, उनले आफ्नो पक्षधरको रक्षा गर्न जरुरी नठान्दा टोपबहादुर, हरिबोल, राम कार्की र देवेन्द्र पौडेल पौडेलजस्ता ५० औं युवा नेताको साथ टुटाएको पाप आज भोग्दै छन् ।
राजनीतिमा चिप्लेपछि मान्छे नेताबाट व्यक्तिमा परिणत हुन्छ । आज बाबुरामको पछाडि श्रीमती, छोरी, ज्वाइ, बहिनी मात्र छन् । गरिवी निवारण कोषमा बसेर भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गर्न सफल भएकी भाइ–बुहारीले समेत साथ छाडेकी छिन् । तर, राजनीतिमा बाबुराम खिइँदै गएका छन् । कुनै जमानामा डा. बाबुराम राजनीतिमा उदीयमान नेताको रुपमा गनिएका थिए । जब २०७२ को संविधान जारी गर्ने बेलामा संविधान सदस्यबाट राजीनामा दिएर बाहिरिए त्यसपछि भट्टराईको राजनीतिक क्रेज घट्दै गएको थियो । जिम्मेवारीबाट पन्छिएपछि भट्टराईलाई राजनीतिक रुपमा अवसरवादी नेता भन्न थालिएको थियो । आज भट्टराईलाई त्यही अवस्थामा हेर्न थालिएको छ ।

