जेनजीका अर्थमन्त्री खनाल राजश्व मार्दै

राजनीति समाचार

व्यापारी र उद्योगीहरु मालामाल
काठमाडौं । जेनजी सरकारमा अर्थमन्त्री बनेका रामेश्वर खनालले अर्थतन्त्र चलायमान बनाएर विकास निर्माणको काममा ध्यान दिनुका साथै प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउने म्यान्डेट पाएका थिए । तर, मन्त्री खनालले त्यो काम नगरी उल्टै उद्योगी, व्यापारीहरुलाई पोस्ने काम गरेर राज्यको ढुकुटी रित्याउने काम गर्दै आएका छन् । जेनजी आन्दोलनमा सरकारी गाडीहरु ध्वस्त भएपछि व्यापारीहरुलाई नयाँ गाडी भित्र्याउन कर छुट दिँदा राज्यलाई घाटा पारेर ब्यापारी पोस्ने काम गरेका थिए । अहिले पनि गाडी व्यापारीहरुलाई कर छुट दिएबापत कमाउ धन्दा चलाइरहेका छन् ।

सरकारले व्यापारीलाई कर छुट दिने निर्णय गरेपछि ८३ करोडभन्दा बढी पुँजिगत लाभ कर छुट दिने निर्णय गरेको थियो । त्यसको लागि मौरिससमा दर्ता भएकबो डोल्मा इम्प्याक्ट फन्डमार्फत नेपालमा गरिएको लगानीलाई छुट दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । तर, त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो । सर्वोच्च त्यस्तो आदेश जारी भएपछि सरकार र डोल्मा इम्प्याक्ट फन्ड नामक कम्पनीको योजना चकनाचुर भएको छ ।

डोल्मा इम्प्याक्ट फन्डसँगको योजना असफल भएपछि राजश्व अनुसन्धान विभागमा आफ्ना फेवरका कर्मचारी फिट गरेर उद्योगी, व्यापारीहरुसँग मिलेमतो गरी कर छलीमा ढाकछोप गरेर कमाउधन्दा सञ्चालन गरिरहेकोे कर्मचारी स्रोतले उल्लेख गरेको छ । डोल्मा इम्प्याक्ट फन्डसँगको लाभ कर छलीको खेलोमेलोमा असफल भएपछि ३० करोड भन्दामाथि राजश्व हिनामिना गरेको पाल्पा सिमेन्ट कम्पनीलाई आईपीओ निश्कासन गर्ने अनुमति दिलाएर सर्वसाधारणको ढाड सेक्ने काम अर्थमन्त्री खनालले गरेको समाचार सार्वजनिक भएको छ । यी त सञ्चारमाध्यममा आएका उदाहरण मात्र हुन् ।

जेनजी आन्दोलनको उपहार पाएका खनालले अर्थमन्त्रालय, राजश्व अनुसन्धा विभाग, आन्तरिक राजश्व विभाग र विभिन्न नाकाका भन्सार कार्यालयहरुबाट राजश्व चुहावट रोक्ने नाममा उठ्ती धन्दा चलाएको स्रोतले उल्लेख गरेको छ । उता, निर्वाचन आचारसंहिता लागु हुनुभन्दा अगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी सरुवा बढुवा गर्नेदेखि विभिन्न संघसंस्थामा आफ्ना मान्छे नियुक्ति गरेर लाभ लिएको आरोप खनाललाई लागिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *