दश पत्रकार चुनावी मैदानमा !

राजनीति समाचार

काठमाडौं । रहरले चुनाव लड्नु र पार्टीका आवश्यकताले लड्नु फरक कुरा हो । राप्रपाका रविन्द्र मिश्र र कांग्रेसका कविर राणा बलिया उम्मेदवार हुन् । तर, जनार्दन शर्माले माओबादीमा विद्रोह गर्दा पछि लागेका जन्मदेव जैशी, डां वावुरामको पछि लागेका केशव अर्याल, प्रचण्डले वेलावखत स्थान दिँदादिँदै ठूलो भाग खोजेका महेश्वर दाहाल, रास्वपाका जगदीश खरेला, राजिव खत्री, नेकपाकाका दिपेन्द्र रोकाय, प्रलोपाका मनऋषि धिताल, कांग्रेसका अजयबाबु सिवाकोटी चुनावी मैदानमा छन् । भक्तपुर, सिन्धुली, ललितपुर, काठमाडौ, हुम्ला, जुम्ला, दोलखा र रौतहट गरी आठ जिल्लामा १० जना पत्रकार चुनावी मैदानमा छन् ।

तर पार्टी संगठन र जनमतका आधारमा सम्भावित उम्मेदवार भक्तपुर २ का कविर राणा र हुम्लाका डा. दीपेन्द्र रोकाय देखिएका छन् । नेकपाका दिपेन्द्र रोकाय, कांग्रेसका कविर राणा र राप्रपाका रविन्द्र मिश्र दलगत रुपमा चर्चामा छन् । चुनावमा जसले विजय हासिल गरे तापनि लोकतन्त्रमा प्रेसलाई सुदृढ गर्ने योजनामा यी अनुहार उदार छैनन् । पत्रकारिताभन्दा दलीयकारितामा रमाएका यी अनुहारमध्ये अधिकांश पर्चाकारिताकै गर्ववाट जन्मिएका हुन् । रविन्द्र मिश्र, जगदीश खरेल राजिव खत्री दलीय पर्चाकारिताभन्दा विद्युतीय पत्रकारितामा बिताएका पात्र भएकाले स्वोरोजगारमुलक पत्रकारितालाई यीनले पनि चिन्दैनन् । दलहरुले पत्रकारहरुलाई दलीय दास बनाउने गर्छन् ।

काठमाडौं । लधुवित्त पीडित र बैंकहरुबाट शोषणमा परेकाहरुलाई उचालेर चर्चामा आएका झापाका मेडिकल व्यवसायी दूर्गा प्रसाईंको सरकारले के शक्ति देख्यो ? जसलाई पटक–पटक पक्राउ गर्ने र अदालती धरौटीमा छाड्ने नियमित प्रक्रिया चलेको छ । पूर्व राजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फकँदा प्रसाईको टोलीले चमत्कार गर्ला र चैत १५ गते राजगद्दीमा ल्याउला भन्ने अपेक्षा राजावादीहरुको थियो । तर, त्यो दिन ज्ञानेन्द्रकै अनुमान फेल खायो ।

कुनै बेला भ्रष्टाचारको आरोप लागेकी डा. आरजु राणमाथि कारबाही नभएकोले देशमा बेथिति बढेको दावी गर्ने उनै प्रसाईंले चुनाव बिथाल्न कांग्रेसकै त्यही समूहलाई प्रयोग गर्ने तहसम्म पुग्लान् भन्ने विस्वास कसैमा थिएन । तर, पार्टी सत्ता खोसिएको रन्कोमा प्रसाईका एजेण्डाले चुनाव भाड्न सघाउ पुग्ने विस्वासमा राणा र पूर्णबहादुर खड्काले कसरी विश्वास गरे ? जबकी प्रसाईं, खड्का र राणा एकै ठाउँमा बसेर छलफल गरेको भिडियो सार्वजनिक भएको बताइन्छ ।

खड्का र डा. राणाको लागि विशेष महाधिवेशनबाट नेतृत्व खोसेको गगन थापा समूहलाई असफल बनाउनु छ । बाहिरी रुपमा तीनका आशेपासेले चुनावको टिकट पाए तापनि भित्रभित्रै उनीहरु कांग्रेसकैविरुद्धमा लागेको कुरा अब होइन भन्ने ठाउँ रहँदैन । कांग्रेसकै बद्नाम गर्ने गरी चलाइएको यो भित्री गठबन्धनसँग ज्ञानेन्द्र शाहको सर्वदलीय सरकारका लागि सहमतिको चक्कर पनि जोडिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *