काठमाडौं । सत्ता र शक्ति जीवजनभर एक्लै प्रयोग गर्न पाए मात्र पार्टीको चिन्ता लिने स्वभाव कांग्रेसको देउवा समूहले प्रदशर्हन गरेको पाइयो । त्यो समूहका चुनावमा भाग लिन पाएका नेताले पनि पुरानो नेतृत्व पार्टी एक ढिक्का भएको सन्देश दिन चुकेको छ । रमेश लेखक चुनाव नलड्नु, बालकृष्ण खाँडले टिकट नपाउनु, रामहरि खतिवडा, कुन्दन काफ्ले जस्ता युवाहरु आफूले टिकट नपाएको झोकमा गृह जिल्लामा केन्द्रित नहुनुजस्ता स्वार्थगत व्यवहारले कांग्रेसलाई चिनाउँदैछ । देउवा समूहले चुनावी सभाहरुमा उपस्थिति देखाएर पार्टी एक छ भन्न सकेत ।
डा. प्रकाश शरण महतको आचार सहिता तोडेर गरिएको भोज होस् वा झापामा कृष्णप्रसाद सिटौला पक्षले एमाले अध्यक्ष ओलीलाई भित्रभित्रै सघाउने अवस्था किन नहोस् कांग्रेसले मैदान छोड्न कसरी सक्यो ? स्वार्थको राजनीतिमा रमाएको कांग्रेसमा भ्रष्टाचार गर्नेमाथि कारबाही हुन्छ भन्ने सभापति गगन थापाको घोषणापछि झन् देउवा पक्षले मैदान छाडेको विश्लेषण गरिँदै छ । कांग्रेसले १०६ जना नयाँ उम्मेदवार बनाएको छ । प्रहरी प्रयोग गरेर संगठन जोगाउन देउवा समूहको पूर्ववत योजना भत्कँदा त्यो समूहका नेताहरु आराम गरेका छन् । यसले कांग्रेस सफल हुँदैन । तर, देउवा पक्ष र डा. शेखर समूहले नयाँ नेतृत्वलाई बधाइसम्म दिन कन्जुस्याईँ ग-यो ।
युवापुस्तालाई साथमा लिएर पार्टी हाक्ने काम सभापति गगन थापाले गरेका छन् । तर, उनीहरुले आफू निर्वाचित हुँदा पूर्व नेतृत्वले बधाई नदिएकोमा ‘इख’ साँधेका छैनन् । विशेष महाधिवेशनले नेतृत्व चुनेको हो । विशेष महाधिवेशनको ५४ प्रतिशतलाई स्वीकार्न नसकेका देउवा पक्षले विधान मिच्ने प्रयास गर्दा नपाएको हो । पद र कुर्सी केन्द्रित पार्टीको कार्यक्रम आयोजना गर्दा राष्ट्र र जनताको सरोकार ओझेलमा पारेकै कारण विद्रोह भएको हो ।
जेनजी विदेहलाई स्वीकार्न नसक्ने एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसका शेरबहशादुर देउवा, डा. आरजु राणा मात्रै होइनन् घरमै पैसा जलेका दीपक खडका पनि लाजले कतै निस्केका छैनन् । झापाका कृष्णप्रसाद सिटौलाले नेकपा एमाले अध्यक्ष ओलीलाई सघाउने योजना बनाइरहेको बताइन्छ । कांग्रेस पार्टीको मत जोगाउने दाउमा अहिलेको नेतृत्व लागेको छ । शेरबहादुर देउवा पार्टीलाई पुरानै अवस्थामा पु¥याएर नेतृत्व सुम्पने पक्षमा थिए । तर, विशेष महाधिवगेशन विधानले तोकेको समयमा गर्नैपर्ने थियो । देउवाको टोलीले चासो दिएन । त्यहीँ कारण जवर्जस्ती विशेष महाधिवेशन आयोजना गरेर नेतृत्व फेरिएको थियो ।

