भोलिको निर्वाचन सुरक्षा निकायको अग्निपरीक्षा, पाँचलाखभन्दा बढी जनशक्ति परिचालन, मतदाता सशंकित

राजनीति समाचार

पाँचलाखभन्दा बढी जनशक्ति परिचालन, मतदाता सशंकित
काठमाडौं । जेनजी सरकारबाट गृहमन्त्री बनेका ओमप्रकाश अर्यालले भोलि हुने निर्वाचनलाई कसरी धाँधलीरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्नेहुन् त्यो प्रतिक्षाको विषय बनेको छ । निर्वाचन सम्पन्न गर्नको लागि गृहमन्त्रालयले सबै निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरिसकेको छ । अझ सशस्त्र प्रहरीले त मतदान स्थलमा कुनै समस्या आइपरेको खण्डमा माथिको आदेश कुर्नुनपर्ने गरी आफ्नो कर्तव्य पुरा गर्नको आदेश दिइसकेको छ । तर, गृहमन्त्रालयले भने नेपालको खुला सीमाना र एयरपोर्ट जस्तो सम्वेदनशील क्षेत्रको सुरक्षा बजबुद बनाउन नसकेको गृहमन्त्रालय स्रोतले बताएको छ । त्योसँगै रक्षामन्त्रालयले यसपालिको निर्वाचन सुरक्षाको सम्पपूर्ण जिम्मेवारी लिन भएको छ ।

विगतका निर्वाचनमा नेपाली सेना चार घेरा बाहिर रहने गरेको थियो भने यसपालि निर्वाचन आउनुभन्दा एक महिना अगाडि नै सरकारले सेना परिचालन गरेर कुनै अर्को मुलुकसँग युद्ध लड्ने तयार गरेजस्तो गरेर जताततै सेना परिचालन गरेर जनतामा त्रास फैलाउने काम गरिरहेको छ ।

सेनाको गतिविधिकै कारण भोलिको निर्वाचनमा दूरदराजका सर्वसाधारणको सहभागिता कम हुने देखिन्छ । एकातिर सुरक्षाको नाममा त्रासदीपूर्ण वातावरण बनाइएको छ भने अर्कोतिर दलका प्रतिनिधिहरु पनि सशंकित बनेका छन् । पहिला–पहिलाको निर्वाचनमा निर्वाचन सम्पन्न भइसकेपछि दलका प्रतिनिधिहरुको रोहबरमा मुचुल्का उठाई लाहा छाप लगाएर जनपथ प्रहरी र सशस्त्र प्रहरीको सुरक्षाको घेरामा प्रतिनिधिसहित जिल्ला निर्वाचन हार्यालयलाई मतपेटिका बुझाउने र त्यसको जिम्मा जिल्ला निर्वाचन कार्यालयलाई दिने चलन थियो । त्यसपछि सुृरक्षकर्मीहरुले गेटबाहिरबाट सुरक्षा दिने गरिन्थ्यो । तर, भोलिको निर्वाचनको मतपेटिका गणनास्थलसम्म पु¥याउने जिम्मा नेपाली सेनाको हुने बताइएको छ । त्यसले गर्दा पनि आम सर्वसाधारणले यसपालिकाको मतगणनामा शंका गरेका छन् । तर, नेपाली जनताले शंका गरे तापनि नेपालीलाई आफ्नो कर्तव्य इमानदारिपूर्वक निर्वाह गर्नुपर्ने दायित्व पनि त्यत्तिकै छ । त्यसले गर्दा पनि भोलिको निर्वाचन गृहमन्त्रालय र रक्षामन्त्रालयको अग्निपरीक्षा हुने देखिन्छ ।

उता, सरकारले भोलि प्रतिनिधि सभाको निर्वाचन गर्दै छ । निर्वाचन आयोगले पनि आफ्नो तयारी पुरा गरिसकेको छ । तर, शान्ति सुरक्षालाई कसुरी मजबुद बनाउँछ त्यो एकिन छैन । उता, नेपाल प्रहरीका ३३ औं महानिरीक्षक दानबहादुर कार्कीले सयदिने कार्यकाल पुरा गरेका छन् । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी कार्कीको काँधमा आइपरेको छ । तर, महानिरीक्षक कार्कीले भोलि हुने निवार्नचनलाई भयरहित वातावरणमा कसरी सम्पन्न गर्छन् त्यो प्रतिक्षाको विषय बनेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार अझै पनि प्रहरीको नियन्त्रणमा आइसकेका छैनन् । उता, सोही आन्दोलनमा फरार रहेका कैदीबन्दीहरुमध्ये ठूलो संख्यामा सम्पर्क बिहीन छन् । तर, महानिरीक्षक कार्कीले आफ्नो कार्यकालको सयदिन पुरा गरेको उपलब्धमा ५ हजार ७ सय ८१ प्रतिवादीहरु पक्राउ गरेको हवाला दिइरहेका छन् ।

तर, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार भएका कैदीबन्दीहरुलाई अझै नियन्त्रण लिन सकेका छैनन् । त्यसले गर्दा भोलि हुने प्रनिधिसभाको निर्वाचनलाई कसरी भयरहित बनाउँछन् त्यो प्रतिक्षाको विषय बनेको छ । प्रतिनिधि सभा निर्वाचनको लागि सशस्त्र प्रहरीले पनि ३५ हजारभन्दा बढी सुरक्षाकर्मी खटाएको छ । त्यसँगै दुई छिमेकी मुलुक चीन र भारतको नाका पनि निर्वाचन अवधिभर सुरक्षाको लागि बन्द गरिएको छ । त्यसैगरी नेपाली सेनाले पनि ८० हजार सेना निर्वाचनमा खटाएर सुरक्षा दिइरहेको छ । यी तीनवटै सुरक्षा निकायले भोलिको निर्वाचन भयरहित ढंगले सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् । तर, प्रतिवद्धता अनुसार निर्वाचन भयरहित हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ । निर्वाचन हुनुभन्दा महिनादिन अगाडिदेखि ठूलो संख्यामा सेना परिचालन गरिएको कारण सर्वसाधारणले निर्वाचन भयरहित नहुने आशंका गरिरहेका छन् । त्यसलाई मध्येनजर गरेर तीनवटै सुरक्षा निकायले मतदान केन्द्रलाई मतदातामैत्री बनाउन जरुरी छ । यता, राजनीतिक दलका प्रतिनिधिहरुले पनि संमित भएर मतदातालाई सहयोग गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *