भिनेश्वरको जनमत, विकासको बहस र किसानको पीडाबीच चुनावी यात्रा

राजनीति लेख

भोला खतिवडा

२०८४ को निर्वाचन अनपेक्षित रूपमा २०८२ मा हुने भयो । धेरै असहमतीका वाबजुद पनि निर्वाचनमा होमिनुको विकल्प छैन र थिएन पनि । तथापी यो निर्वाचनको नतिजाले मुलुकलाइ निकास दिनसक्दैन भन्ने सवैलाइ लागेको छ । २ वर्ष अघि निर्वाचन हुनु मात्रै उपलव्धी हो भन्ने पनि छन् । तर होइन । मेरो अपेक्षा त तिन तहकै निर्वाचन एकै पटक होस भन्ने थियो । त्यसो हुन सक्ने भएन । अहिले निर्वाचनको माहोल तातेको छ ।उम्मेदवार र तिन्का प्रतिनिधिहरू मतदाता नागरिक भेटघाटमा व्यस्त छन् । हामीलाइ नेकपा एमालेका उम्मेदवार पार्वत गुरूङ सहित भीमेश्वर नगर क्षेत्रका वस्तीमा पुग्ने अवसर मिलेको छ । नागरिक मतदातासँग साक्षात्कार हुने अवसर मिल्यो । सो क्रममा गरिएको संवादमा केन्द्रीत रहि लेख्ने जमर्को गरेको छु ।

निर्वाचन अभियान
निर्वाचन नजिकिँदै गर्दा गाउँटोलमा राजनीतिक सरगर्मी तीव्र बनेको छ। यही परिवेशमा हामी नेकपा एमालेको चुनाव प्रचार अभियान अन्तर्गत भिनेश्वरका विभिन्न बस्तीमा पुग्यौँ।नागरिकसँग व्यक्तीगत र सामुहिक भेटघाटभए । सामुहिक भेटघाट नैं दुइ दर्जन भन्दा वढि स्थानमा भए । चुनावी कार्यक्रम भनेपछि धेरैलाई भाषण, नाराबाजी र झण्डाब्यानर सम्झना आउँछ। तर भिनेश्वरको यात्राले फेरि एकपटक सम्झायो—राजनीति मूलतः जनजीवनसँग जोडिएको विषय होस खेत, घर, पसल, चौतारी र आँगनमै यसको वास्तविक अर्थ प्रकट हुन्छ।चुनावी प्रतिस्पर्धा कि वैचारिक बहसरु यसपटकको निर्वाचनमा एउटा रोचक प्रवृत्ति देखिन्छ—“नयाँ”भन्नेशब्दकोव्यापकप्रयोग।नयाँअनुहार, नयाँ शक्ति, नयाँ विकल्प।

तर घरदैलोमा पुग्दा नागरिकको प्रश्न फरक सुनियो—“नयाँभन्दैमाकेग्यारेन्टीछरु नीति नयाँ छ कि केवल व्यक्तिरु” राजनीति केवल अनुहार फेरबदलको खेल होइन। राज्य तहमा नीति, योजना र कार्यान्वयन क्षमता सबैभन्दा महत्वपूर्ण हुन्छ। भिनेश्वरका नागरिकले स्थिरता, अनुभव र जवाफदेहिता खोजिरहेका छन्। विगतका अधुरा योजना, अपूरा बजेट र अपारदर्शी निर्णयप्रति उनीहरूको असन्तुष्टि स्पष्ट सुनियो।एमालेले विगतमा विकासका एजेन्डालाई संस्थागत गर्न खोजेको कुरा धेरै ज्येष्ठ नागरिकले स्मरण गर्नुभयो। सामाजिक सुरक्षा भत्ता विस्तार, स्थानीय पूर्वाधार निर्माण र संघीयताको कार्यान्वयनमा देखिएको सक्रियताले जनतामा विश्वास निर्माण गरेको अनुभूति भयो। तर विश्वास स्थायी हुन निरन्तरता र परिणाम आवश्यक हुन्छ भन्ने चेतावनी पनि जनताले दिए।घरदैलोमा उठेका ठोस मुद्दाभिनेश्वरको चुनावी यात्रा केवल मत माग्ने कार्यक्रम थिएनस यो जनचासोका मुद्दा संकलन गर्ने प्रक्रिया पनि बन्यो।

नागरिकका अपेक्षा
कृषि र बजार व्यवस्थापनकिसानहरू उत्पादन त गर्छन्, तर बजार अस्थिर छ। बिचौलियाको नियन्त्रण, मूल्यको अनिश्चितता र भण्डारणको अभावले कृषक निराश छन्। “हामीउत्पादनबढाउँछौँ, तर नाफा कसले खान्छरु” भन्ने प्रश्न बारम्बार दोहोरियो।
युवा पलायनयुवाहरू वैदेशिक रोजगारीको बाटो समात्न बाध्य छन्। गाउँमा सीप विकास, साना उद्योग, पर्यटन र कृषि–आधारित उद्यम विकास नगरेसम्म युवालाई रोक्न गाह्रो छ।

शिक्षा र स्वास्थ्य सेवाविद्यालयमा शिक्षक अभाव, स्वास्थ्य चौकीमा आवश्यक उपकरण र जनशक्ति कमीयी समस्या पुरानै छन्। नागरिकहरू अब आश्वासन होइन, सुधारको प्रत्यक्ष अनुभूति चाहन्छन्।

बाँदर आतंक
विकास बहसभन्दा परको यथार्थयसपटक सबैभन्दा गम्भीर रूपमा उठेको विषय भने बाँदरको समस्या थियो। भिमेश्वरमा वन क्षेत्र धेरै भएको र वस्ती नजिक पनि भएकाले किसानहरू वर्षौंदेखि बाँदर आतंक भोगिरहेका छन्। मकै, गहुँ, आलु, फलफूलसबै बालीमा क्षति पुगेको गुनासो छ।किसानहरू भन्छन्—“हामीलेऋणलिएरखेतीगर्छौँ, तर बाँदरले केही दिनमै सखाप बनाइदिन्छ।”यो समस्या केवल वन्यजन्तु व्यवस्थापनको प्रश्न होइनस यो ग्रामीण अर्थतन्त्रको चुनौती हो। जब किसानको खेत सुरक्षित हुँदैन, उत्पादन घट्छस उत्पादन घट्दा गाउँको अर्थचक्र कमजोर हुन्छस अन्ततः युवाहरू पलायन हुन्छन्।यसका लागि स्थानीय तह, डिभिजन वन कार्यालय र समुदायबीच समन्वय आवश्यक छ।बाँदर नियन्त्रण तथा स्थानान्तरण कार्यक्रमविद्युतीय बार वा सुरक्षात्मक उपायमा अनुदानक्षतिपूर्ति व्यवस्थाको स्पष्ट मापदण्डवैकल्पिक बाली प्रवर्द्धनराजनीति भनेको यस्तै जटिल समस्यामा व्यवहारिक समाधान खोज्नु हो।विकासको राजनीतिक दर्शनभिनेश्वरमा गरिएको संवादले एउटा गहिरो प्रश्न उठायो—विकासको मोडेल कस्तो हुनुपर्छरु के विकास केवल सडक कालोपत्रे गर्नु होरु के विकास भवन उद्घाटनमा सीमित छरु कि विकास भनेको किसानको खेत जोगिनु, युवाले गाउँमै रोजगारी पाउनु र महिलाले आत्मनिर्भर बन्नु होरुएमालेले सधैं “समृद्धनेपाल, सुखी नेपाली”कोनाराअघिसारेकोछ।तरत्योनारा

समुदायतहमाकसरीअनुवादहुन्छभन्नेकुराव्यवहारमादेखिनुपर्छ। पारदर्शी हुनुपर्छ। बजेट निर्माणमा जनसहभागिता आवश्यक छ। अनुगमन र मूल्यांकन प्रणाली सुदृढ हुनुपर्छ।राजनीतिक स्थिरता र स्थानीय जिम्मेवारीहुन जरूरी छ । संघीय संरचनामा स्थानीय तह सबैभन्दा नजिकको सरकार हो। यहाँको निर्णयले प्रत्यक्ष रूपमा नागरिकको जीवन प्रभावित गर्छ। त्यसैले उम्मेदवारको व्यक्तिगत छवि मात्र होइन, संस्थागत प्रतिबद्धता पनि महत्वपूर्ण हुन्छ।घरदैलोमा धेरैले सोध्नुभयो—“चुनावपछिपनियत्तिकैआउनुहुन्छरु” यो प्रश्न आफैंमा राजनीतिक सन्देश हो।जनता पाँच वर्षमा एकपटक देखिने नेतृत्व होइन, निरन्तर सम्पर्क चाहन्छन्।सामाजिक एकता र चुनावी संस्कारभिनेश्वरको सकारात्मक पक्ष भनेको चुनावी प्रतिस्पर्धाबीच पनि सामाजिक सद्भाव कायम हुनु हो। मतभेद भए पनि सम्बन्ध टुटेको छैन। लोकतन्त्रको सुन्दरता यही होविचार फरक हुन सक्छ, तर लक्ष्य साझा हुन्छ।हामीले पनि स्पष्ट रूपमा भनेका छौँ—चुनाव जित्नु अन्तिम लक्ष्य होइनस सामाजिक विश्वास जोगाउनु ठूलो लक्ष्य हो।

भविष्य निर्माणको क्षणमा भिनेश्वरको चुनावी यात्रा हामीका लागि आत्ममूल्यांकनको अवसर पनि बन्यो। जनताको अपेक्षा उच्च छ, असन्तुष्टि पनि छ, तर आशा अझै बाँकी छ।बाँदर आतंकदेखि बजार व्यवस्थापनसम्म, युवा रोजगारीदेखि पारदर्शी शासनसम्मयी सबै मुद्दा केवल घोषणापत्रमा सीमित नराखी कार्यान्वयनमा उतार्न सकियो भने मात्र राजनीतिक विश्वसनीयता कायम रहन्छ।चुनाव लोकतन्त्रको पर्व हो। तर त्यो पर्वको सार जनजीवनमा सुधार ल्याउनु हो।भिनेश्वरका नागरिकसँगको संवादले स्पष्ट संकेत दिएको छ ।

उनीहरू भावनात्मक नाराभन्दा व्यवहारिक परिणाम चाहन्छन्।हामी प्रतिबद्ध छौँ—विकासलाई कागजबाट व्यवहारमा ल्याउन, किसानको खेत जोगाउन, युवालाई अवसर दिन, र जनताको विश्वासलाई सम्मान गर्न।चुनावको परिणाम जे भए पनि, जनताको सेवामा निरन्तर उपस्थित रहने संकल्पका साथ भिनेश्वरको आँगनबाट फर्किएका छौँ।नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार पार्वत गुरूङले केही नितिगत प्रतिवद्दता जनाउनु भएको छ । विकास निर्माणका सन्दर्भमा स्थानीय नेताहरूसँग समन्वयमा संघिय नीति तथा कार्यक्रम तर्जुमा गर्न र वाँदर नियन्त्रणकालागि संघीय कानून वनाउन भूमिका खेल्ने अठोट व्यक्त गर्नु भएको छ ।

भीमेश्वरका ९ वटै वडाहरूमा पुग्दा गाडीमा पुग्न् पाइयो । विकासको एक सूचक यही हो । सवै वडाका केही नागरिकहरूसँग साक्षात्कार गर्ने अवसर मिल्यो । त्यहाँका जरूरी वा प्राथमिकताका विषयहरू जान्ने अवसर मिल्यो । उहाँहरूका सुझाव हाम्रालागि गहकिलो दस्तावेज हुन्, पछि कार्यक्रम तर्जुमाका निम्ती ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *