भौतिक मन्त्रालयमा दुई चर्चित महिला

राजनीति समाचार

निजामती सेवामा पुरस्कार, पदक र वैदेशिक भ्रमणजस्ता सुविधा कर्मठ र इमान्दार कर्मचारीलाई होइन, मन्त्री–सचिवको वरिपरि घुम्ने ‘भाग्यमानी’ कर्मचारीलाई मात्रै पाउँदै आएको देखिआएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा विडारीले अवकाशमा जानु अघि आफू निकटका एक कर्मचारीलाई अर्बाै बजेट खेलाउन पाइने आयोजनामा खटाउन खोजिएको भेटिएसँगै यो बिषय फेरि सतहमा आएको छ ।

निजामती सेवामा सदैव लाभको पद पाउँदै आएकी इन्जिनियर कल्पना अधिकारीलाई सचिव केशव शर्मा विडारी अवकाशमा जानु अघि महत्वपूर्ण आयोजनामा पठाउन खोजेको भेटिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले काकडभिट्टा–लौकही सडक आयोजनामा डिभिजनल इन्जिनियर (डीई) कल्पना अधिकारीलाई पठाउन लागेको स्रोतको दावी छ । विडारी आगामी चैतमा अनिवार्य अवकाशमा जाँदै छन् । घर जानु अघि उनले सडकका आकर्षक कार्यालय र आयोजनाहरुमा कर्मचारी खटन पटन गर्नेहरु सरुवाको सूची तयार पारिसकेको तर निर्वाचन आचारसंहिताका कारण रोकिएको उक्त सरुवा २१ फागुनको चुनावगत्तै सूची सार्वजनिक गर्ने तयारी छ । मन्त्रालय स्रोतका अनुसार,अधिकारीलाई काकडभिट्टा लौकही आयोजनामा पठाएर त्यहाँ रहेका डीईहरुलाई मन्त्रालय तान्ने तयारी अनुसार सूची बनेको छ ।

विडारीको कार्यकालमा सबैभन्दा बढी अवसर पाउने भाग्यमानी कर्मचारीका रुपमा चिनिन्छिन्,अधिकारी । उसो त अधिकारी यस अघि पनि चार वर्षदेखि एउटै कार्यालय, कालीगण्डकी कोरिडोर सडक आयोजनाको प्रमुख बनेर दायाँबायाँ हुनु परेको थिएन । त्यहाँबाट केही महिना अगाडि विभागमा तानिएकी उनलाई सचिव शर्मा अवकाशमा जानु अघि अर्बाै बजेट खेलाउन पाइने आयोजनामा पठाउने तयारी भएको हो । उनलाई विवादित ठेकेदार विक्रम पाण्डेको जोडबलमा त्यहाँ लैजान लागिएको हो । यस अघि कालिगण्डकी करिडोरमा हुँदा उनै अधिकारीले नमिल्ने च्यानल प्रयोग गरेर मात्रै पनि करिब ५ अर्ब रुपैयाँ बराबरको ठेक्का हात पारेको बताइन्छ । यस्ता ठेक्काबाट वैधानिक ३ प्रतिशत कमिसन मात्र १५ करोड रकम हात लाग्ने हुन्छ ।

यसरी ठूलो बजेट र ठेक्का हुने आयोजनाको जिम्मेवारी अधिकारीलाई वर्षौंदेखि दिइएका अधिकारीलाई केही महिनामात्र सडक विभाग पुलमा राखेर फेरि तिनै ठेकेदारको जोडबलमा अर्बाै बजेट रहेको काकडभिट्टा लौकही आयोजनामा खटाउन लागिएको हो । उसो त अधिकारीको कार्यकालमा अधिकारीले ठूला–ठूला आयोजनाको नेतृत्व दिने, वैदेशिक भ्रमण पठाउने मात्र होइन अब पुरस्कारको सिफारिससम्म उनकै नाम भए पछि कर्मचारीहरु असन्तृष्ट छन् ।

मन्त्रालयबाट पछिल्लो केही वर्षमै वैदेशिक भ्रमणमा सबैभन्दा बढी लाभ उठाउने कर्मचारीको रुपमा चिनिन्छन्,कल्पना । मन्त्रालयका अन्य इमान्दार कर्मचारी भने अझैसम्म कुनै आयोजना प्रमुख बन्ने अवसर नै पाएका छैनन् । तर अधिकारी भने एउटै कार्यालयमा पटक–पटक प्रमुख, वैदेशिक भ्रमण, ठूला ठेक्काको रकम व्यवस्थापन र अब पुरस्कारसम्म पाउने अवस्थामा पुगेकी छिन् । निजामती किताबखानाको विवरण अनुसार,०६८ सालमा निजामती सेवा प्रवेश गरेकी अधिकारी २०७९ फागुनमा उपसचिवमा बढुवा भइन् ।

तर बढुवा भएपछि पनि उनी कालिगण्डकी कोरिडोर सडक आयोजनामै निरन्तर प्रमुखको भूमिकामा छन् । उसो त यसअघि पनि सचिव शर्माले अघिल्लो वर्ष भौतिक मन्त्रालयकै कर्मचारी शोभा गिरीलाई उत्कृष्ट निजामती पुरस्कार दिलाएका थिए । गिरी १६ वर्षदेखि एउटै आयोजना नेतृत्व गर्दै आएकी छन् । उनी पनि १४ वर्षदेखि एडीबी आयोजना छोडेर अन्यत्र सरुवा भएकी छैनन् । सोही आयोजनामा रहेका चुणाराज ढकाललाई अर्काे खेलाडी कर्मचारीको रुपमा चिनिन्छन् । उनी पनि चार बर्षसम्म अर्बाै बजेट हुने एडिबी आयोजनाका हर्ताकर्ता छन् । यसैबीच सडकका इमान्दार कर्मचारी मानिएका र भावी डिजीका दावेदार मानिएका प्रभात झालाई भने पेलेर राष्ट्रिय सतर्कता केन्द्रमा थन्काउने योजना अगाडि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *