मिरा आचार्य खण्डन

समाचार

उपर्युक्त सम्बन्धमा तपाई सम्पादन रहेको “तामाकोशी सन्देश, अनलाइन सञ्चार माध्यमबाट मिति २०८२ ।९।२३ गतेको वैदेशिक रोजगार विभागमा मिरा आचार्यको दबदवाह, २०८२।१०।१४ गतेको वैदेशिक रोजगार विभागमा महानिदेशक र निर्देशकको मुक्कामुक्की र २०६२।१०।१९ गते  मा वैदेशिक रोजगार विभागमा महानिर्देशक र निर्देशकको मुक्कामुकी शीर्षकमा प्रकाशित÷प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा मेरो देहायअनुसार बँुदागत प्रतिक्रिया एवम् खण्डन रहेको छ । उक्त खण्डन एवम् प्रतिक्रियालाई स्थान दिनुहुन अनुरोध गर्दछु

१. प्रकाशित÷प्रसारित सामग्री (मिति २०८२।९।२३ गते प्रकाशितमा) मा “मिरा आचार्यले दिदी नाता पर्ने विन्दा आचार्यलाई इपिएस शाखाबाट प्रशासन शाखामा ल्याएकी छन, खिलराज राई, कृष्ण कुमारी गौली तिवारी, र राजेश्वरी खत्रीलाई सरुवा गरी लगेकी छन्, तत्कालिन सरकारका पालमा रहेका कर्मचारीहरुलाई हटाएर आफन्तहरुको भर्ती केन्द्र बनाएकी छन्, लव राज जोशी र उपेन्द्र पौडेललाई सरुवा गरेकी छन्, महिला कर्मचारीले खुलम खुला उठ्ती धन्दा चलाउने गरेको र महत्वपूर्ण शाखामा आफ्ना कर्मचारी फिट गरेर अरु कर्मचारीलाई जागिर खाने धम्की दिएको भनी उल्लेख भएको रहेछ । उक्त विषय फरक परेको छ ।

यथार्थ “इपिएस पासरहरुसँग मन्त्रालयमा वार्ता तथ छलफल हुँदा इपिएस कोरिया शाखाका शाखा प्रमुख विन्दा आचार्यलाई परिवर्तन गरिदिनै पर्ने माग भए बमोजि मन्त्रालयमा भएको छलफलपछि इपिएस शाखामा टिकाराम ढकाललाई पठाइएको, बाँकी कर्मचारीहरुलाई शाखा तोकिने क्रममा निजामती सेवा कानून बमोजिम अनुभव र सम्बन्धित व्यक्तिको इच्छा समेतका आधारमा तोकिएको, खिलराज राई २०८२ भाद्र महिनामा नै सरुवा भई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आएको अभिलेखमा देखिएको साथै लव राज जोशी, उपेन्द्र पौडेल, कृष्ण कुमारी गौली र राजेश्वरी सापकोटाको सरुवा सम्बन्धि अख्तियारवाला निकायको सचिवले गरेको मन्त्रालयको अख्तियारवाला सचिवले गर्ने सरुवा विभाग महानिर्देशक÷सहसचिवले गर्न नै नसक्ने । यसैगरी कृष्ण कुमारी गौली र राजेश्वरी सापकोटा उपसचिव पदका कर्मचारी रहेको र निजहरुको सरुवा मन्त्रालयको अख्तियारवाला सचिवबाट भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागमा पदस्थापना गरेको हुँदा वैदेशिक रोजगार विभागको महानिर्देशकले शाखा कार्यजिम्मेवारी तोकी दिनु कानून बमोजिमको कर्तव्य हुने हुँदा कानूनको पालना भएको हो ।

वैदेशिक रोज विभागमा स्थायी कर्मचारी रहने र यस्ता स्थायी कर्मचारीको भर्ना प्रक्रिया नेपालको संविधान बमोजिम लोक आयोगबाट गरिने हुँदा नेपाल सरकारको सहसचिव महानिर्देशक म मिरा आचार्यले विभागमा आफ्ना मानिस भर्ती तथा नियुक्त गर्न, स्थायी कर्मचारीलाई महानिर्देशकले जागिरबाट निकाल्न सक्ने कानून तथा कार्यप्रणाली ने नहुने, यस विभागमा करार तथा ज्यालादारीमा म विभागको महानिर्देशक बनेदेखि नयाँ नियुक्तिः भर्ती समेत नगरेको तथ्य विभागमा अभिलेख रहेको छ । विभागमा खटाइएका हामी महिला कर्मचारीहरु वैदेशिक रोजगार ऐन, नियम तथा सो सम्बन्धी कानूनको परिधिभित्र रही कार्यसम्पादनका लागि अख्तियारवालाले खटाई पठाएको र यस क्षेत्रमा देखिएका विकृति न्यूनीकरण गर्नका लागि कानून निर्ममको र आधारशः पालना गरिरहेको र कसैको दबाब, प्रभावमा नपरी पीडितका हकका लागि काम गरिरहेको हुँदा मध्ये, प्रमाण विना ने आरोप लगाइएको’ रहेको छ ।

२) प्रकाशित प्रसारित सामग्री (मिति २०७२।१०।१४ १ २०८२।१०।१९ गति प्रकाशितमा) मा राहत तथा उद्दार शाखामा रहेकी कृष्ण कुमारी गौली र महानिर्देशक मिरा शानार्थबीच माघ ११ गते आइतबार हात हालाहाल भएको यसो हुनका कारण आर्थिक चलखेलमा कुरा नमिलेको, मिरा आचार्यका आफन्त कृष्ण आचार्यलाई कार्यालयको सबै शाखाको रेखदेखमा खटाइएको भनी उल्लेख भएको रहेछ । उक्त विषय फरक परेको छ । यथार्थ “समाचारमा उल्लेख भएको माघ ११ गते ९ः५५ बजे क्ः मिटिङ रहेको हुँदा म विभाग नगई मिटिङ्गका लागि मन्त्रालय गएको, (करिव १२ सम्म मन्त्रालयको छलफलमा उपस्थित रही मन्त्रालयबाट नै १ बजेको मिटिङका लागि सम्पत्ति शुद्धिकरण विभागमा गएको, सम्पत्ति शुद्धिकरण विभागमा करिब ३ः३० मा मिटिङ सकिएको र उक्त मिटिङ सकेर विभागमा आएर हाजिर समेत गरेको छु ।

हाजिर पछि महानिर्देशकले नै निर्णय गरी गरिनु पर्ने कार्यसम्बन्धी टेवलमा राखिएका कारण सम्बन्धी कार्य गर्ने क्रममा उक्त माघको ११ गतेका दिन विभागका उपमहानिर्देशक र महानिर्देशकको सचिवालयले कार्यालय सहयोगीवाहेक अन्य कर्मचारीसँग भेट समेत नभएको (माघको १५ गतेसम्म कार्यालय समय ’४ बजे हुने, उक्त दिन मसँग राहत तथा उद्दार शाखाका निर्देशकको भेट नै भएको थिएन साथै म मिरा आचार्यका आफन्त भनी नाम उल्लेख भएका कृष्ण आचार्य यस विभागमा कार्यरत नै नरहेको, मेरा आफन्तमा कृष्ण आचार्य नाम गरेका व्यक्ति नरहेको साथै मसँग थर मिलेकै आधारमा आफन्त नै हुने भन्ने नहुने साथै उक्त समाचारमा मिति २०८२।१०।१४ गते र मिति २०८२ । १० । ११ गते लेखिए पछि मिति २०६२।१०।२१ गतेका दिन दिउसो उक्त समाचार पढेपछि मात्र राहत तथा उद्दार शाखाका निर्देशक कृष्ण कुमारी गौलीसँग मेरो हात हालाहाल भएको विषय र कृष्ण आचार्य नाम गरेका मानिस मेरा आफन्त रहेछन् भनी थाह पाई आश्चर्यमा परेको, उक्त समाचार पढेपछि विभागमा कुनै कृष्ण आचार्य नाम गरेको कोही कर्मचारी छ कि भनी विभागको कर्मचारीको सूची हेर्दा उक्त नाम गरेको व्यक्तिको नाम नरहेको रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *