अनन्त बहादुर गुरुङ
९२०८२ साल चैत्र४ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सपताहिकमा प्रकाशित०
ऐन, नियम र कानुन अनुसार चल्ने शासन पद्धतिलाई नै सुशासन भनिन्छ । पुराना दलका शीर्ष नेताहरुको तजबिजमा चल्ने शासन सुशासन नभएर कुशासन थियो । ऐन, नियम र कानुन अनुसार चल्न दलका शीर्ष नेताहरुले कहिले पनि रुचाएनन् । त्यसैले उहाँहरुले व्यवस्थापिका संसदलाई नै घाँडो मान्ने गरेका थिए । पुराना दलहरुले नेपालको शासन सत्ता चलाएको ३५ बर्षमा धेरै समय व्यवस्थापिका संसदलाई चल्न र चलाउन नै दिएनन् । पुराना दलका शीर्ष नेताहरुले आफैलाई राजा महाराजा भन्दा कम ठान्ने गरेका थिएनन् । त्यसैले उहाँहरु नेपालको ऐन, नियम र कानुन भन्दा माथिको सम्झी त्यसको पालना गर्न लाज सरम मान्ने गरेका थिए ।
भ्रष्टाचार र अपराधमा लिप्त पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुले न्यायपालिकालाई पनि घाँडो सम्झिने गरेको हुँदा उहाँहरुले नेपालको अड्डा अदालतको दलियकरण गर्ने अभियान नै चलाएका थिए । राजनीतिक नियुक्तीहरु आदि गर्दा खेरी पनि सत्तामा भएका दलहरुले त्यसको भागबण्डा आपसमा गरी सोही अनुसार आफ्नो भागमा परेको पदमा आफ्नै दलका झोलेहरुलाई नियुक्त गर्दै आएका थिए । आफ्ना झोलेहरु कोही नभेटिएको खण्डमा आफ्नो भागमा परेको राजनीतिक पदलाई व्यापारीहरु र व्यवसायीहरुका बिच प्रतिश्प्रधा गराएर लिलाम बढाबढ गर्ने गराउने सम्मका कुशासन चलाएका थिए । यसरी नेपाल राष्ट्रको चरम लुट गरी बसेका पुराना दलहरुलाई भगाउनु थियो र सोभगाउने काम जेन जेडका बालकहरुले गरी दिएकाछन । आज नेपाली जनताले जसरी तसरी पुराना दलहरुको कुशासनको चंगुलबाट मूक्ति पाएकोछ जुन कुरा ७७ जेन जेड बालकहरुको वलीदान बिना कुनै हालतमा पनि संभव थिएन ।
नेपाली जनता त्यसरी ७७ जेन जेडका सहिदहरुको ऋणी भएकाछन । पुराना दलहरु हालै सम्पन्न आम चुनावको परिणाम अनुसार एकै चोटी साना साना दलहरुमा रुपान्तरित भएका छन भने हिजो अस्ति सम्म पुरानो दलहरुले भुसुनो समान मानेको राष्ट्रिय स्वतंत्र दल दुईतिहाई बहुमतको साथ सबै भन्दा ठुलो दल बनेको छ । रबि र बालेनको जोडीले हालै सम्पन्न चुनावमा चमत्कारिक परिणाम निकाल्दा नेपालमा कुशसान चलाएर बसेका पुरानो दलहरु जिल्लाराम परेकाछन । बल्ल तल्ल राष्ट्रिय दल सम्म रहेपनि पहिलेको जस्तो सरकार बनाउने र ढाल्ने चलेखेल गर्नै नसक्ने अवस्थामा पुगेकाछन । पुरानो दलहरु मद्धे एमाले दलका शीर्ष नेता निवर्तमान प्रधानममत्री ओली कुशासनका नुमुना नै हुन । उहाँले आफ्नो कुशासनको सिक्का जमाउनको लागि ऐन, नियम र कानुन बदल्ने सम्मको अभ्यास गर्ने गरेकाथिए ।
आफ्ना आफन्त रहेका व्यापारीहरु र व्यवसायीहरुलाई ठेका पट्टा दिलाउनको लागि उहाँले एकै महिनामा १० पटक सम्म खरिद नियमावलीलाई नै संसोधन गरी दिएका थिए । उहाँले यसरी यती समूह, बतास समूह, ओम्नी समूह, सिभिल समूहलाई ठेका पट्टाहरु दिलाएर राम्रै कमिसन एमाले पार्टी चलाउनको लागि बटुलेका थिए । उहाँले यस्तो हेराफेरि कार्यहरु गर्न गराउनको लागि आफ्नो टोलीमा रिमाल जस्ता वरिष्ठ अनुभवी सिभिल ईन्जिनियर र आईटी सल्लाहकार आईटि ईन्जिनियर अस्गर अलीलाई प्रयोग गर्दै आएका थिए । एमाले शीर्ष नेता निवर्तमान प्रधानमंत्री ओली जति चोटी प्रधानमंत्री हुँदा पनि सोही पुरानै ईन्जिनियरहरुको टोली हुनुको पछाडिको गुड रहस्य पनि कुशासन चलाउनु नै हो । अस्गर अली एमाले शीर्ष नेत निवर्तमान प्रधानमंत्री ओलीको स्थायी आईटी सल्लाहकार नै भएकाले उहाँलाई ई(सेवा डिजिटल वालेट चलाउने लाईसेन्स पनि उहाँले नै दिलाएका हुन ।पुराना दलका नेताहरु वास्तविक रुपमा घरजग्गा र बिदेशीका दलालहरु मात्रै हुन ।
उदाहरण के दिनु काठमाण्डौ मुटुमा नै भएको लालितानिवास सरकारी जग्गा अपचलन पनि पुराना दलका नेताहरु कै निर्देशन र मिलोमतोमा भएकाथिए । नेपाल ट्रस्टका धेरै घरजग्गाहरु कौडीको भाउमा लामो लिजमा दिएर निजीकरण गर्ने महारथी पनि एमाले शीर्ष नेता निवर्तमान प्रधानमंत्री ओली नै हुन । दरवार मार्गको घरजग्गा देखि लिएर गोकर्णको आरक्षित बनजंगल समेत कौडीको भाउमा लामो समयको लागि यती समुहकालाई लिजमा दिएर भ्रष्टाचार गरेकाछन । आफ्नै जिल्ला झापाको दमकमा रहेको गिरीबन्धु टि(स्टेटको जग्गा नगर बाहिरको कमसल जग्गा सित साट्न सक्ने अनुमति दिएर धेरै ठुलो घोटला एमाले शीर्ष नेत निवर्तमान प्रधानमंत्री ओलीले नेपालमा घटाएका छन । यस्ता अनगिनत भ्रष्टाचारजन्य अपराधहरु उहाँले नेपालमा गर्नु गराउनु भएकाछन जसको हिसाब किताप गरी उचित कानुनी कार्यबाही हुन बाँकी नै छ ।
सर्बोच अदालतले पनि उहाँबाट भएको उक्त कार्यबाहीलाई भ्रष्टाचारजन्य अपराधनै मानेर उहाँको नेतृत्वमा भएको नेपाल सरकारको निर्णयलाई गैरकानुनी मानीसकेको छ ।गैरकानुनी भ्रष्टाचारजन्य काम गर्न गराउन पनि नडराउने गतिछाडा पुराना दलका नेताहरुलाई तह लगाउन धेरै ने मुस्किल छ । तर यस्तै मुस्किल काम गर्न रुचाउने नेतामा बालेन पनि पर्ने भएकाले जस्तालाई तस्तै व्यवहार भईजाने कुरामा अब संका मान्नु पर्दैन । पुराना दलहरुले नेपालको राष्ट्रिय ऋण ३ ट्रिलियन नेपाली रुपियाँ बराबरले नघाईसकेका छन । काम गर्ने उमेरका धेरै जनशक्तिलाई पनि वैदेशिक रोजगारीमा पठाईसकेकाछन । तसर्थ अब नेपालको बिकासको लागि काम गर्न नपैसा छ न उचित जनशक्ति नै छ । बिकासको लक्ष समृद्ध नेपाल र सुखी नेपाली जनता राख्ने अनि ऋण गरीगरी त्यसमा कमिसन खाएर नेपाललाई कंगाल बनाउने र जनशक्तिलाई पनि वैदेशिक रोजगारीमा पठाउने पुराना दलहरुले गर्दा नयाँ दलहरुको लागि पनि धेरै ठुलो चुनौती थपिएकोछ । कसरी कुन पैसा लगानी गरी देशको बिकास गर्ने अनि नेपाली जनतालाई सुखी बनाउने भन्ने कुरालाई पुराना दलहरुले नयाँ दलहरुको लागि धेरै कठिन अवस्थामा छाडेकाछन ।
साथै बिकासको काम गर्नको लागि उपयुक्त जनसक्ति पनि नेपाल भित्र नहुँदा पुराना दलहरुले राखेको बिकासको लक्ष नयाँ दलहरुको लागि पनि आकासको फल आँखा तरी मर भन्ने अवस्थामा पुगेको देखिन्छ । नयाँ प्रधानमंत्री बन्नको लागि नेपाली जनताले भोट हाली जिताएका बालेन शाहले भन्ने गरेकाछन कि नेपाल राष्ट्र बनीबनाउ नै भएकाले फेरि बनाईराख्नु पर्दैन नभत्काई दिए पुग्छ । पुराना दलहरुले जस्तो बिकास पूर्वधारलाई बनाउने, भत्काउने र फेरि बनाउने गरी गरी लगानी खेर फाल्नु हुँदैन । काम चली राखेको सडकहरुलाई अपग्रेड गर्ने बाहानाबाजीमा भत्काएर पहिरो चलाउने काम पुरानो दलहरुले गरेको जस्तो मूर्खता नयाँ दलहरुले गर्दैनन् । नेपाली जनताको आवश्यकता र लागानीको प्रतिफललाई हेरी बिकास परियोजनाहरुको प्राथमिकता नयाँ दलहरुले तोक्ने छन । कुनै सनक वा कमिसन खाने चक्करमा परेको पुरानो दल एमालेले जस्तो निर्जन हिमाल पाहाडको टुप्पोमा भ्युटावर बनाएर जोरीपारी हँसाउने काम नयाँ दलहरुले गर्ने छैनन् । एमालेले देश बनाएको हो कि भत्काएको हो भन्ने कुराको फरक देखाउन निकै नै मुस्किल छ ।
एक पैसो प्रतिफल नआउने परियोजनाहरुमा सनकको भरमा लगानी गर्नु वा गराउनु कुनै पनि सद्दे मान्छेको काम हुन सक्दैन । कुनै ईन्जिनियरिङ परिक्षण बिना नै तजनिजको भरमा राजनीतिक निर्णय गरी बनाउन खोज्नु वा बनाउन लगाउनु सुशासन होइन । यसरी राष्ट्रको महत्वपूर्ण लगानी खेर फाल्नु भनेको घोर भ्रष्टाचार र आर्थिक अपराध हो । यो नै कुशासनको ज्वलन्त उदाहरण पनि हो । अब यस्तो कुशासनलाई रोक्नको निमिक्त नयाँ सरकारको राजनीतिक नेतृत्वले प्रयास थाल्नु पर्छ । नेपाल राष्ट्रलाई थप हानी हुन वा हानीबाट बचाउनको निमिक्त रास्वपाको नेतृत्वमा बन्ने बालेन सरकारले पुराना दलहरुको भ्रष्टाचारीहरुलाई त्यसै कार्यबाही नगरी छाड्नु हुँदैन । यसो गरेमा वा भएमा बिकास निर्माणमा पुरानो दलहरुको नेतृत्वमा हुँदै आएको अराजकतालाई रोकेर खतम पार्न सकिन्न किनकि स्थानिय तहमा अझै पुराना दलहरुकै बोलबाला छन भने निजामती कर्मचारीहरु पनि पुराना दलहरुले नियुक्त गरेका मात्रै छन । त्यो सबै अवस्थालाई बदल्न समय लाग्ने हुँदा धर्यता पूर्बक माथि देखि तल सम्मै सफाई गर्न मसिनो तरिकाले लाग्नै पर्ने हुन्छ ।
बलेन प्रधानमंत्री भएमा यसो गर्न सक्दैन भन्ने होइन कि बालेन नै यस्तो कामको लागि उपयुक्त छन भन्ने कुरा दर्शाउनको लागि हो ।जेन जेड अन्दोलन मूख्य मुद्दा भ्रष्टाचार, सामाजिक सञ्जालमा तत्कालिन ओली(देउवा सरकारले लगाएको बन्देज र सुशासन नै थिए । पुराना दलहरुको भ्रष्टाचार र भ्रष्टाचारजन्य आर्थिक अपराधहरुले गर्दा नेपालमा योग्यता र अनुभवको कदर भएन । फलस्वरुप योग्य र अनुभवी व्यवसायिक फर्महरु व्याक्तिहरुले नेपालमा रोजगारी नपाउँदा फर्महरु बन्द हुँदै गए भने योग्य व्यक्तिहरुले कामको खोजीमा बिदेश पलायन हुने सिलसिला बढ्यो । सरकारी कलकारखानाहरु सबै पुरानादलहरुले बन्द गरी निजी उद्यमीहरुलाई उद्योगहरु खोली चलाउन दिए पछि नेपालमा उत्पादन हुन पनि रोकियो र स्वदेशी मास रोजगारी पनि गुम्यो ।आर्थिक रुपले सक्रिय धेरै नेपालीहरु वैदेशिक रोजगारीको खोजीमा विदेश पलायन भए पछि नेपालको परम्परागत घर परिवार र समाजिक संरचना नै ध्वस्त भएर जनसंख्यको संतुलन पनि नेपालमा कायम गराउन पुराना दलहरुले सकेनन् ।
गाउँका गाउँ खाली छन भने अब नगर र सहरबजारमा पनि खाली हुने क्रम बढेकोछ ।पुराना दलहरुले मनोमानी र जथाभावी खोलेका स्कुलहरु, कलेजहरु र विश्वविद्यालयहरुमा पढ्ने विद्यार्थीहरुको समेत अभाव हुन थालेकोछ । सामाजिक सञ्जाल पारदर्शिताको एक माध्यम थियो त्यसलाई पनि रोक लगाउने चाल ओली(देउवा सरकारले चाल्दा त्यसबाट पीडित बनेका जेन जेड युवाहरुले घोर बिरोध जनाउनु जायज नै थियो । शान्तिपूर्ण बिरोध प्रदर्शन गरी बसेका जेन जेड बालकहरुको षडयंत्र पूर्वक घातक हतियारहरुको प्रयोग गरी मार्ने ओली(देउवा सरकारको कार्य भने विलकुलै जायज थिएन । पुराना दलहरुले काम खोज्दै हिडेका जेन जेड युवाहरुलाई फाटफुट मार्ने काम पहिले देखि नै गर्दै आएका थिए । पुरानो दलहरुले राष्ट्रिय प्रजातंत्र पार्टीले तीनकुनेमा आयोजना गरेको सभा जुलुश रैलीमा घातक हतियार सहित षडयंत्रपूर्वक हष्तक्षेप गरी ४ युवाहरुको ज्यान लिएका थिए ।
सो भन्दा पहिले पुरानो दलहरुले नै कोरिया जान कोरियन भाषाको जाँच दिईबसेका दुई युवाहरुलाई दलहरुका एक मंत्रीका अंगरक्षकले गोली ठोकेर दिउँसै मारेका थिए । पुराना दलहरुले मारिएकाहरुलाई सहिद घोषणा गरी दश लाख दिएर टार्ने गर्दै आएकाथिए । बिरोधी दलहरुलको जुलुश रैलीलाई बिथोल्न सत्तामा बसेका पुराना दलका नेताहरुले एकै दिन एकै स्थानमा सोही समयमा काउण्टर जुलुश रैली निकाल्ने सम्मको षडयंत्र गर्नेगरेको थियो । यस्ता पुराना दलहरुले जनभावना र जनचहानालाई पनि लत्याउन बाँकी राखकेको थिएन । नेपाली जनताले चाहेको राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मको वापसीलाई पुराना दलहरुले अहिले सम्म टाङ अड्याई बसेकाछन । नेपाली जनताको परम्परागत धर्म संस्कार र संस्कृति नै मासेर नेपाल राष्ट्रको अस्तित्व माथि नै पुरानो दलहरु घात हुन थाले पछि त्यसबाट नेपाल राष्ट्रलाई बचाउन अनि जनभावना र जन चाहानालाई पुरा गर्न कै लागि रबि र बालेनको नेतृत्वमा राष्ट्रिय स्वतंत्र पार्टी लगभग २र३ बहुमतको साथ उदय भएको हुँदा नेपालको संबिधान २०७२ मा व्यापक संसोधन गरी शासकिय स्वरुप मात्र होइन नेपाली जनताले चाहेको राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मको पुनरस्थापित गर्नेमा नेपाली जनता ढुक्क भएकाछन । नेपाली जनताले मागेको र चाहेको सुशासन यहि नै हो जुन पुराना दलहरुले नेपालमा चलाउँदै आएको कुशासन पतनको कारण बनेकोछ ।

