काठमाडौं । जुन दिन जेनजी आन्दोलन भयो, त्यो दिन घरबाट ननिस्के पनि आदोलनको खाका आफूले बनाएको दावी गर्ने मिरोज ढुङ्गाना यतिबेला सडक न सदन भएर अलपत्र परेका छन् । जेनजÞीको माग संसदको चुनाव होइन, कार्यकारी प्रमुखको हो भन्दै चुनाव सम्भव छैन भन्ने मिरोजको घोषणा थियो । अराजकता मच्चाउने माओवादीका नायक नेत्रविक्रम चन्दसँग चुनाव भाँडने सम्झौता गरेका तीनै मिरोजलाई चन्दले पनि धोका दिए ।
निर्वाचन आयोगमा पार्टी दर्ता गरेर गुलाबको फूल चुनाव चिन्ह लिएर क्रान्तीकारी बनेर चुनाव लडेको चन्द्रको पार्टीलाई जनताले पत्याएनन् । चन्दको पार्टीको जताततै जमानत जफत भएपछि उनको चुरीफुरी समाप्त भयो । एमालेले नेत्रविक्रम चन्द र खड्ग विकको पछाडि ठूलै जनमत छ भन्ने ठानेर नेकपाका संयोजक प्रचण्डलाई चुनाव हराउने उद्देश्यले चन्दसँग दाङ–२ र कालिकोटमा सहकार्य गरेको थियो । उपाध्यक्ष रामबहादूर थापाको क्रान्तीकारी सम्झौतामा कर्णालीका जिल्लामा माओवादीले एमालेलाई सघाउने भनेको थियो ।
थापाले रुकुम पश्चिममा प्रलोपालाई सघाउने सहमति गरे तर जनताले पत्याएनन् । बामपन्थी दलबीचमा विश्वास नहुँदा नेत्रविक्रम चन्दको समूह देशैभर पंगु भएको छ भने माइतीघरमा चन्दसँग एक सूत्रीय संझौता गरेका यी जेनजी अगुवा मिरोज ढुंगाना कांग्रेस सभापति गगन थापाको पछि लागेर सर्लाही पुगेका थिए । जेननीको नाउमा दाउ छोप्न खप्पिस सुदन गुरुङले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि धम्क्याए र सेनापतिसँग पनि बहस गरे ।
तर, त्यो बेला लुकेका मिरोज आज रास्ववाका वरिष्ठ नेता वालेन साहाको खेदो खन्दै छन् । शुभेच्छुकहरूले ‘आफ्नो काम गरि’खा धेरै फूर्ति नलगा कहिले नेत्रविक्रम चन्द त कहिले गगनको पुच्छर वनेर आफ्नो हैसियत देखाएकै छस्’ भनेका छन् ।

