काठमाडौं । ‘चुपचाप घण्टी छाप’ भन्दै देशैभरी घण्टीको लहर बज्दा सदनमा कस्ता कस्ता व्यक्ति छानिएछन् भने केही कालोसूचीमा परेका, केही अरुको सम्पत्ति हड्पनेदेखि चारित्रिक रुपमा प्रश्न उठेकाहरुसम्म अब सदनमा पाइला टेक्ने भएका छन् । १८२ सिटसहित ऐतिहासिक रेकर्ड कायम गरेको रास्वपामा कतिपय विवादित व्यक्तिहरु निर्वाचित भएका छन् । रवि लामिछाने नै सहकारी ठगी, सम्पत्ति शुद्धीकरणजस्ता मुद्धा खेपिरहेका छन् । जेनजी आन्दोलनपछि गठन भएको नागरिक सरकारले रवि लामिछानेको मुद्दा फिर्ता गर्ने लिस्टमा राखेकी छिन् । सहकारीको १६ अर्ब बचत हिनामिना गर्ने जीबी राईमा लिस्टमा परेको छ । राईले सूर्यदर्शन, सुप्रिम सहितका सहकारी संस्थामा सहकारी ऐन विपरीत बचतकर्ताको ६५ करोड डुबाएका थिए । जुन रकम अपचलनमा रास्वपाका सभापति रवि लामिछाने नै मुछिएका थिए ।
उनीमात्र होइन उदयपुरको क्षेत्र नम्बर २ बाट निर्वाचित सूर्यबहादुर तामाङ, सिन्धुलीको क्षेत्र नम्बर १ बाट निर्वाचित धनेन्द्र कार्की र पर्साको क्षेत्र नम्बर १ बाट निर्वाचित बुद्धिप्रसाद पन्तविरुद्ध मंगलबार सर्वोच्चमा रिट दर्ता भइसकेको छ । जस्को पेसी आगामी चैत्र २५ मा तोकिएको छ । रास्वपाबाट निर्वाचित तीनै जना नै कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र निर्वाचन आयोगलाई भ्रममा राखेर उम्मेदवार बनेको दाबी रिटमा उल्लेख गरिएको छ । उदयपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित (रास्वपा) का सांसद सूर्यबहादुर तामाङको हकमा कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार मकालु कान्जिरुवा अटो लिंक प्रालि बारम्बार चेक बाउन्स प्रकरणमा मुछिएको पाइएको छ । केन्द्रको अभिलेखअनुसार उक्त कम्पनीको नाम कालोसूचीको नम्बर १०१, ५१४ मा रहेको तामाङ उक्त अटो लिंक प्रालि सञ्चालकका रहेको उल्लेख गरिएको छ ।
रास्वपा सभापति रवि लामिछाने र जीबी राईले सहकारीबाट किनेको २ अर्बको जग्गामा मुछिएकी नितिमा कार्की पनि सर्लाही–१ बाट निर्वाचित भएकी छन् । कार्की बाजेको सेकुवा चलाउँदै आएका चेतन भण्डारीको पत्नी हुन् । ससुरालाई विल्लीबाठ बनाएर उनले बाजेको सेकुवा नै हत्याएको जानकारहरु बताउँछन् । उसो त चेतन सुन तस्करीमा मुछिएका व्यक्ति हुन् । बाजेको सेकुवाका चेतन भण्डारी २०७५ सालमा भएको साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा समेत मुछिएका थिए । जीबी राईले पोखराको सूर्यदर्शन सहितका ५ वटा सहकारीका बचतकर्ताको करिब २ अर्बमा जग्गा खरिद गरि हिनामिना गरेका थिए । त्योसँगै ललितपुरको प्राइम लोकेसनको सैंबू भैंसेपाटीमा रहेको २३ रोपनी ७ आना जग्गा राईले अति सस्तो दरमा बिक्री गरेका थिए । ७ लाख आनामा राईले चेनी क्यापिटललाई बिक्री गरेको खुलेको थियो । जुन जग्गा आनाकै न्यूनतम ५० लाख पर्ने थियो । उक्त जग्गा सीआईबीको अनुसन्धानपछि रोक्का राखिएको छ ।
उनै भण्डारीकै सहयोगमा सुशील खड्का पनि बाग्लुङ–१ बाट सांसद बनेका छन् । त्यसैगरी सुन काण्डमा मुछिएका अर्का विवादित पत्र हुन् पर्यटन वोर्डका पूर्व सिइओ धनञ्जय रेग्मी । उनी दुई बैंकरहरुलाई हराउँदै स्याङ्जा–१ बाट निर्वाचित भएका छन् । भावी पर्यटनमन्त्रीको रुपमा मिडिया ट्रायल गराइरहेका उनी एयरपोर्टमा रक्सी खाएर कर्मचारीमाथि दुव्र्यवहार गरेर विवादमा आएका कर्मचारी हुन् । उता काभ्रेबाट चुनिएका बदन भण्डारीदेखि सर्लाही–३ बाट निर्वाचित नरेन्द्र साह कलवार क्यासिनो व्यवसायी भएपनि दर्जनौं व्यक्तिको पैसा ठगी गरेको भन्दै केही समय अगाडि सार्वजनिक भएको थियो । मधेश प्रदेशको प्रत्यक्षको टिकट विक्रीमा अमरेश कुमार सिंहको ठूलो भूमिका रहेको तथ्यहरु समेत क्रमश खुल्दैछन् ।
यस्तै सामनुपातिक सांसद बनाउँदा गोल्ड स्टार कम्पनीको मालिक्नी विदुषी राणा समेत विवादमा मुछिएकी छिन् ।
उनले उनले चढ्ने गाडीको नम्बर प्लेट निलो (कूटनीतिक) थियो –३८५ एचसीसी १ थियो । तर उनेले सो गाडीलाई रातो नम्बर प्लेट बागमती प्रदेश–०१ ०२७ च १११ बनाएर चलाएको पाइएको छ । यातायात व्यवस्था ऐन, २०४९ मा सवारी साधन जुन प्रयोजनका लागि दर्ता भएको हो, सोही प्रयोजनका लागि मात्र प्रयोग गर्नु नियम भएपनि राणाले सो गाडीको दुरुपयोग गर्दै आएकी छिन् । उनले कानुनी राज्यमा कानुनको धज्जी उडाएको प्रश्न उठ्न थालेको छ । उसो त प्रभु बैंक डुबाउने पात्रमध्येका एक व्यक्तिकै मंहगो तारे होटलमा रास्वपाले राखेको अभिमुखीकरण र सोही बैंकले रवि लामिछानेका लागि अधिकांश अदालतबाट धरौटी रकम राखिदिएबाट समेत अहिले रवि लामिछाने र प्रभु बैंकको समेत कनेक्सस खोज्न थालिएको छ ।
०००

