काठमाडौं । नेपालमा विगत लामो समयदेखि नीतिगत भ्रष्टाचार मौलाउँदै आएको छ । नीतिगत भ्रष्टाचारकै कारण देशमा सुशासन र विकासका काम हुन सकेका छैनन् । कर्मचारी र विचौलियाहरुको सेटिङ हुँदै देशमा पहिलादेखि नीतिगत भ्रष्टाचारमा हुँदै आएको थियो । ठूलो मात्रामा नीतिगत भ्रष्टाचार हुने मन्त्रालयहरुमा गृह, अर्थ, भौतिक, शहरी, पर्यटन, स्वास्थ्य, शिक्षा, सिंचाई, जलस्रोत पर्दछन् । त्योसँगै भूमि, संघीय मामिला, खेलकुद, वनलगायतका मन्त्रालयहरुमा पनि नीतिगत भ्रष्टाचारबाट अछुतो छैनन् । त्यसले गर्दा रास्वपा सरकारले यस्ता नीतिगत भ्रष्टाचार रोक्नलाई कस्तो पहल गर्छ त्यो हेर्न बाँकी छ ।
नवनियुक्त गृहमन्त्री सुदन गुरुङले नियुक्ति पाएको केही घण्टामै तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर आफ्नो कौशल देखाएका छन् । तर, आफूले निर्वाचन अगाडि भने सबै सरकारी कार्यालयहरुमा गएर सचिवहरुलाई तर्साएर असुली धन्दा सञ्चालन गर्दै आएको बिर्सिएका छन् । आज उनै गुरुङ गृहमन्त्री बनेर राजनीतिक प्रतिशोध साध्ने काम गरेका छन् । पहिलाका गृहमन्त्री र गृहसचिवहरुले मालदार जिल्ला प्रशासन कार्यालयहरुमा सिडियो सरुवा गर्दा पैसा असुल्ने गर्दथे ।
त्योसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभागमा आफ्ना आसेपासेलाई फिट गरेर आर्थिक लाभ लिने गर्दै आएका थिए । नवनियुक्त गृहमन्त्री गुङले त्यस्ता भ्रष्टाचार र विकृति हटाउन कस्तो योजना ल्याउँछन् त्यो एकिन भएको छैन । पुरानालाई अन्यत्र सरुवा गरेर नयाँ कर्मचारी ल्याउँछन् कि पुरानालाई नै यथावत राख्छन् पनि निश्चित छैन । यसअघि सरकार परिवर्तन भएसँगै कर्मचारी सरुवाको खेली चल्ने गर्दथ्यो । रास्वपाको नयाँ सरकारले कर्मचारी सरुवाको खेती बन्द गर्छ कि यथावत राख्छ । तत्कालीन सरकारका गृहमन्त्रीहरुले दूर्गमका सिडियोलाई सुगममा ल्याउने र सुगमकालाई दूर्गममा पठाएर पैसा असुल्ने काम गर्दथे । गृहमन्त्री गुरुङले पनि त्यस्ता कामलाई निरन्तरता दिन्छन् कि सच्याउछन् ।
त्योसँगै जिल्ला प्रशासन कार्यालयमा चोरी, तस्करी, लाघुऔष ओसारपसार, बलात्कार, कुटपिट, अपहरण, हत्या जस्ता घटनाका मुद्दाहरु पर्ने गर्दछन् । त्यस्ता मुद्दा मिलाउने नाममा जिल्ला प्रशासनका कर्मचारी र विचौलियाहरुले असुली धन्दा चलाउँदै आएका थिए । यस्ता विषयमा मन्त्री गुरुङले कस्तो भूमिका निर्वाह गर्दछन् त्यो पनि प्रतिक्षाको विषय बनेको छ । अकोतर्फ सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाउँदा सीमाको सुरक्षा गर्नेपर्नेमा त्यो नगरी व्यापारीहरुले चोरी, तस्करी गरी ल्याएको सामान छुटाउने र राजश्व छली गर्ने काममा सहयोग गरी कमाउधन्दा चलाउँदै आएका थिए ।
त्यस्ता प्रहरीहरुलाई कसरी चलायमान बनाएर सीमा सुरक्षा र राजश्व संकलनमा लगाउँछ त्यो हेर्न बाँकी छ । त्यसैगरी नेपाल प्रहरीभित्र हुने गरेका विकृति विसंगतीसँगै भष्टाचारका फाइलहरु खोल्छन् कि उनै प्रहरीहरुसँग मिलेमतो गरेर सरुवा, बढुवा, हातहतियार खरिद, रासन गरिद, लत्तकपाड खरिद, जुत्ता खरिद र भौतिक संरचना निर्माणमा हुने अनियमिततालाई प्राथमिकता दिएर कमाउधन्दा चलाउँछन् त्यो हेर्न बाँकी छ । त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुले सूचना संकलन गरी राज्यलाई सहयोग गर्नुपर्नेमा त्यो नगरी जुवातास ेखेलाउने, व्यापार, व्यवसाय गर्ने, घरजग्गा खरिद, विक्री गर्ने जस्ता काम गरेर कमाउधन्दा चलाउने गरेका छन् । त्यस्ता सरकारी काम ठग कर्मचारीलाई कारबाही गर्न सक्छन् कि सक्दैनन् त्यो पनि चुनौतीको विषय बनेको छ ।

