सरकारको निलो गाडी प्रचारमै सीमित

राजनीति समाचार

काठमाडांंै । चितवनमा फेल भएको योजना महिलाको लागि निलो बस सञ्चालन शुरुगर्ने सरकारको तयारीको चर्को आलोचना हुदैछ । बालेन सरकारको १०० दिने यात्रामा गरिएका राजनीतिक नियुयिक्तमा पनि महिलाहरु परेनन् । किन कि रास्वपा सरकारको विश्वास महिलाप्रति भएन । त्रिवि सेवा आयोग, उपकूलपति, मेडिकल शिंक्षा आयोग र गोरखापत्र जस्ता ठाउँमा सञ्चालन गर्न योग्य महिला भएनन् । तर रास्वपाले दिल्लीको आमआदमी पार्टीले गरिब मासिक एक सिलिन्डर ग्यॉस निशुल्क र खाद्यन्न राशन कार्ड दिलाएर चर्चामा आएको संझना कति ग¥यो । शिक्षा, स्वास्थ्य र विद्युत्मा कर लगाएर जनतालाई मुर्ख बनाएपछि चुनावमा घण्टी भन्नेहरु अहिले आएर हारे हात लगाउँदैछन् । सरकार जनपक्षीय छ कि छैन त्यो जाँच्ने कडी उसले तयार पारेको नीति तथा कार्यक्रम र वजेट हो ।

रास्वपा कुनै सिद्धान्त नीति भएको र व्यवस्थाप्रति जवाफदेही पार्टी होइन भन्ने कुरा प्रधानमन्त्रीका गैरसंवैधानिक हर्कतले पुष्टी गरेको छ । सरकारकै कारण भ्रष्टाचार भएपछि कांग्रेसले थान्को लगाएको साझा यातायातलाई काठमाडौं महानगरपालिकाको सीमित अनुदानमा रात्रीकालीलित सेवा सञ्चालन गर्ने योजना कार्यान्वयन भएको छैन । तर, साझा बसलाई निलो कलर पोतेर रास्वपाको प्रचार गर्ने माध्यम बनाउन लागिएको छ । त्यो पनि महिलाको लागि मात्रै भनिएको छ । त्यो रास्वपाको योजना पनि चितवनको पहिला महाधिवेशनमा असफल भएको थियो । तर, अहिले त्यसको रटान दिन थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *