काठमाडौं । रास्वपाको सरकार बनेको सय दिन नाघिसकेको छ । अर्थतन्त्र चलायमान हुन सकेको छैन । अर्थतन्त्र कमजोर भएकै कारण व्यापार व्यवसायदेखि उद्योगधन्दा समेत चल्न सकेका छैनन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक जस्ता बैंकहरुले आफ्नो ऋण उठाउन सकेका छैनन् । व्यापार व्यवसाय चलायमान नहुँदा ऋणीहरुले बैंकहरुलाई सावा र व्याज समयमा भुक्तानी गर्न सकेका छैनन् । असार मसान्तभित्रमा अधिकांश बैंकहरुलाई ऋणीहरुले व्याज बुझाइसक्नुपर्नेमा नत साव बुझाउन सकेका छन् नत व्याज नै । त्यसले गर्दा सरकारी बैंकहरुमा पैसा थुप्रिएको छ । बैंकहरुमा पैसा थुप्रिएकै कारण सरकारी स्वामित्वमा रहेका बैंकहरुले व्याज घटाइरहेका छन् ।
अर्काेतर्फ निजि क्षेत्रका बैंकहरुको हालत त्यस्तै भइरहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, कुमारी बैक, नबिल बैंक, प्रभु बैंक र एनआइसी एसिया बैंकहरु धरासायी बन्दै गएका छन् । प्राइभेट बैंकहरुले ऋण लगाउन नसकेर बैंकमा पैसा थुप्रिएको छ भने बैंकहरुले लगाएको कर्जा पनि उठाउन नसकेर तारन्तार ताकेता गर्ने र सार्वजनिक सूचना जारी गर्ने होडबाजी चलेको छ । कतिपय बैंकहरुले आफ्ना कालाकर्तुत लुकाउनलाई अधिकांश सरकारी तथा ग्रहसरकारी बैकहरुले सञ्चारमाध्यममा विज्ञापनमा बैंकको लोगो प्रयोग गरेर आफ्नो बैंकको प्रचार गरिरहेका छन् । त्यसमा धेरै प्रचार गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पर्दछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो कालाकर्तुत लुकाउनको लागि अनलाइन पोर्टलदेखि दैनिक पत्रिका र बजारमा नजाने म्यागेजिनमा विज्ञापन दिएर मासिक रुपमा करौंडोैको भुक्तानी गरिरहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट एउटै व्यक्तिले विचौलियाको रुपमा एक दर्जनभन्दा बढि पत्रपत्रिकामा बैंकको विज्ञापन छपाएर लाखौं कमिशन खानेगरेको बैंकभित्रकै एक कर्मचारीले नाम नबताउने शर्तमा उल्लेख गरेका छन् ।
त्यसैगरी एनआइसी एसिया बैंकको पनि कालाकर्तुतहरु लुकाउनको लागि नाम चलेका सञ्चारमाध्यमलाई विज्ञापन दिनेभन्दा बजारमै नदिखिने सञ्चारमाध्यमलाई करौंडौको विज्ञापन दिएर बैंकभित्रको विकृति र विसंगतिलाई ढाँकछोप गर्ने काम गरिररहेको छ । अर्काेतर्फ कुमारी बैंकको हालत पनि दिनप्रतिदित नाजुक बन्दैै गएको छ । कुमारी बैंकले नत आफ्नो सावा ब्याज उठाउन सकेको नत लगानी नै गर्न सकेको छ । कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, एनआइसी एसिया बैंकहरुले लगानी जोखिममा रहेको छ । बैंकहरुकोे लगानी जोखिममा परेको छ । वालेन सरकारको काम सय दिन पुरा भइसक्दा पनि बैंकहरुले लगानी गर्न सकेका छैनन् ।
उद्योगी र व्यापारीहरुले पनि सरकारको गतिविधिलाई नियाल्दै कतिखेर के हुने हो भन्दै लगानी गर्न हिच्कीचाइरहेका छन् । वालेन सरकारले दिपक भट्टदेखि उद्योगी शेखर गोल्छा र बैंक सञ्चालकलाई पक्राउ गरी केहि समय हिरासतमा राखेर छाडिएको थियो । बैंक सञ्चालकमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका सिइओ ज्योती प्रकाश पाण्डे र प्रभु बैंकका कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि बैंक सञ्चालकहरुले विरोध गरेपछि उनीहरुलाई छाडिएको थियो । त्यस्तै अर्काेतर्फ खराब कर्जा वितरण गरेको कारण प्रभु बैंकका सिइओ अशोक शेरचन, डिसिओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ पक्राउ परेका थिए । उनीहरुले धरौटी बुझाएर छुटिएका थिए । त्यसैकारणले गर्दा अधिकांश बैंकहरु धरासयी बन्दै गएका छन् । बैंकले ऋण प्रवाह गर्न सकेका छैनन् भने राष्ट्र बैंकले त्यस विषयमा ध्यान दिएको छैन ।

