काठमाडौं । विकास निर्माणमा व्यापक भ्रष्टाचारको समाचार सार्वजनिक भइरहँदा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विकासे अड्डालगायत विभिन्न कार्यालयबाट घुस लिएको आरोपसँगै पक्राउ गरेको समाचार नआएको होइनन् । समाचार आए तापनि कतिपय घुसका मुद्दाहरु सर्वोच्चमा सेटिङ मिलाउने र अख्तियारका कर्मचारीलाई मिलाएर चोखिने काम गर्दै आएका छन् । तर, हालका प्रधानमन्त्री बालेन साह आफै इन्जिनियर भए तापनि प्राविधिकहरुले गर्ने भ्रष्टाचारको कुनै भेउ पाउ सकेका छैनन् । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि प्राधिविक नै हुन् । उनले पनि प्राविधिक, प्राविधिक क्षेत्रका कर्मचारीहरुले गरेको भ्रष्टाचारको नियन्त्रण गर्न सकेका छैनन् । ठेकेदार र उपभोक्ता समिति मिलेर ठुला–ठूला राष्ट्रिय गौरवका निर्माणदेखि विभिन्न निर्माणको काममा इन्जिनियर, ठेकेदार, उपभोक्ता समिति र आयोजना प्रमुखहरुको सेटिङ हुने भ्रष्टाचार निर्मूल पार्न सकेका छैनन् । तर यस्ता विषयमा न त प्रधानमन्त्री साहले ध्यान दिएका छन् न त पूर्वाधार विकास मन्त्रीले नै ध्यान दिएका छन् ।
खासगरी स्थानीय तहको विकास निर्माणमा ठेकेदार, जनप्रतिनिधि, कार्यकारी प्रमुख, उपभोक्ता समिति, लेखा प्रमुखलगायतको मिलेमतोमा अर्बौंको भ्रष्टाचार हुँदा पनि न त त्यहाँका स्थानीयले पत्तो पाउँछन् न त सम्बन्धित निकायले नै थाहा पाउँछ । प्राविधिककै कारण नेपालमा विगत लामो समयदेखि भ्रष्टाचार मौलाउँदै आएको थियो । राष्ट्रिय गौरवका आयोजनाहरुमा पनि लागत स्टमेट गर्ने काम प्राविधिकहरुले नै गर्दछन् । यतिबेला स्थायनीय तहमा व्यापक भ्रष्टाचार हुने गरेका समाचारहरु बाहिरिएका छन् । स्थानीय तहको कार्यकारी प्रमुख भएर जानको लागि संघीय मन्त्रालयमा घुसको बार्गेनिङ हुने गर्दै आएको छ ।
महानगरपालिका, उप–महानगरपालिका र नगरपालिकामा जानको लागि घुसको रेट नै छुट्टाछुट्टै हुने गरेको छ । महानगरपालिकामा इन्जिनियर र कार्यकारी प्रमुख भएर जानको लागि १५ देखि २५ लाखसम्म घुसको चलखेल हुने गरेको छ । त्यसैगरी उप–महानगरपालिकामा १५ देखि २० लाखसम्म र नगरपालिकामा जानको लागि १० देखि १५ लाखसम्म घुस खुवाउने गरिन्छ । त्यस्तै गाउँपालिकामा कार्यकारी प्रमुख भएर जानको लागि ५ देखि ७ लाखसम्मको खेलोफड्को हुने गर्दछ । घुसको ठूलो चलखेल गर्नको लागि पुराना कार्यकारी प्रमुखहरुलाई मन्त्रालय र अन्यत्र पठाएर संघीय मन्त्रालयले नयाँ कार्यकारी प्रमुख पठाउँमा अर्बौंको चलखेल हुने गरेको छ । स्थानीय तहमा कार्यकारी प्रमुख फेरबदल गर्दा घुसको ठूलो चलखेल हुने देखेपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पुरानालाई हटाएर नयाँ पठाउँदा राम्रो लाभ लिएको स्रोतले उल्लेख गरेको छ ।
त्यसैगरी पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका ठूला –ठूला आयोजनामा महानिर्देशक, निर्देशक, उपनिर्देशक, इन्जिनियर र लेखा अधिकृतहरुको सरुवा, बढुवा र नियुक्तिमा पनि करोडौंको चलखेल हुने गरेको छ । त्यो चलखेलमा पनि रावलले कमाउधन्दा चलाउने राम्रो मौका पाएकी छिन् । रावल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेपछि सहकारी ठगीको पैसा भुक्तानी गर्ने हल्ला गरेर ५ हजारदेखि १० हजारसम्स केही पीडितलाई दिएर सर्वासाधारणको आँखामा छारो हाल्ने काम गरेछिन् भने करोडौं ठगी गरेर भाग्नेहरुको अत्तोपत्तो छैन । त्यसले गर्दा गरिव र निमुखा जनताको लागि जुनसुकै सरकार आए तापनि कुनै उपब्धी हासिल हुन सकेको छैन । उता, सहकारीको रकम करोडौं हिनामिना गर्ने रास्वपा सभापति रवि लामिछाने खुलमखुला हिँडिरहेका छन् भने जीवी राईजस्ता व्यक्ति फरार हरेका छन् । सानो रकम भएका केही व्यक्तिलाई दिएर ठूलो रकम ठगी गर्नेहरुलाई जोगाउने काम बालेन सरकारले गर्दै आएको छ । पहिलाका प्रधानमन्त्री, मन्त्री र नेताहरुले आफ्ना कार्यकर्ता जोगाएको आरोप लगाएर आफू प्रधानमन्त्री बन्न पुगेका बालेन शाहले पनि आफ्ना समर्थकले जस्तोसुकै गल्ती गरेपनि ढाकछोप गर्दै आएका छन् ।

