काठमाडौं । नेपाली कांग्रेसभित्र २०४८ साल यता गिरिजाप्रसाद कोइरालापछि शेरबहादुर देउवा शक्तिशाली नेताको रुपमा स्थापित भएका थिए । गिरिजाप्रसादसँग पटक–पटक सभापतिमा प्रतिस्पर्धा गर्दा पराजय भोग्दै आएका देउवा शुशील कोइरालासँग पनि एकपटक पराजय भोग्न वाध्य भएका थिए । शुशिल कोइरालापछि कांग्रेस सभापति हात पारेका देउवाले दुई कार्यकालसम्म एकछत्र राज गर्दै आएका थिए । पाँच पटकसम्म देशको प्रधानमन्त्री बन्न सफल भएका देउवा दुईपटक कांग्रेसको निर्वाचित सभापति हुन सफल भएका थिए । एकताका देउवाको अगाडि संस्थापन पक्षका अन्य नेता र इतरपक्षका नेताहरु खुलेर बोल्ने आँट पनि गर्दैन थिए । कांग्रेसभित्र त्यागी, इमानदार र हक्की स्वभावका नेताहरुको रुपमा देउवालाई मानिन्थ्यो । जब नेपाली कांग्रेसभित्र देउवा पत्नी डा. आरजु राणाको प्रवेश भयो त्यसपछि पार्टीभित्र संस्थापन पक्ष र इतर पक्षबीच पानी बाराबारको स्थिति सिर्जना हुन थाल्यो ।
पार्टीभित्र सभापति देउवाभन्दा पत्नी डा आरजु बढी सक्रिय हुन थालिन् । पार्टीको आन्तरिक निर्वाचनदेखि संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा समेत डा. आरजुको हालीमुहाली चल्न थालेपछि पार्टीभित्र झन् विवाद सिर्जना भयो । देउवा पक्षका बालकृष्ण खाँड, रमेश लेखक, डा. प्रकाश शरण महत, एनपी सावद, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह जस्ता सिनियर नेताहरु डा. आरजुको चाकडीमा लाग्न थाले । उता, इतर पक्षका निनियर नेताहरुले पार्टीभित्र सभापति देउवाको भन्दा डा. आरजुको हालीमुहाली भएको पचाउन सकेका थिएनन् । डा. आरजुले भाइ भुषण राणालाई कर्मचारी सरुवा, बढुवादेखि ठेक्का पट्टाको काममा अगाडि सारेर उठ्ती धन्दा चलाउन थालिन् ।
अन्य क्षेत्रमा उठ्ती धन्दा चलाएसँगै नेपालीलाई नक्कली भुटानी शराणार्थीृ बनाएर अमेरिका पठाउनेसम्मको धन्दा डा. आरजुका भाइ भुषण राणामार्फत् चलाइयो । नक्कली भुटानी शरणार्थीसँगै आफू परराष्ट्रमन्त्री भएको बेला दशैं बिदाको मौका पारेर १५० जनाभन्दा बढी नयाँ दरबन्दी सिर्जना गरेर ठूलो रकमको चलखेल गरी कर्मचारी भर्ना गरिएको थियो । पार्टीको शक्ति र पदको दुरुपयोग गरेर आर्जन गरेको पैसाले कैलालीको टिकापुरमा जग्गा खरिद गरेको समाचार पनि आएका थिए । जग्गा दरिद प्रकरणले डा. आरजु विवादमा तानिएकी थिइन् । त्योसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रयोग गरेर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने धन्दा पनि डा. आरजुको आडमा उनका भुषण राणामार्फत् भएको थियो । त्यसको आरोप गृहमन्त्री रमेश लेखकलाई लागेको थियो । यी र यस्तै कारणले गर्दा कांग्रेसका तत्कालीन सभापति देउवाको राजनीतिसँगै कांग्रेसको अस्तित्व संकटमा पार्ने काम भुषण राणाले नै गरेका हुन् ।
कांग्रेस नेतृ तथा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजुको चलखेलको असर संयुक्त सरकार भएकाले एमालेलाई समेत परेको थियो । भुटानी शरणार्थी काण्ड तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि जानकागरी थियो । तर, राजनीतिक नाताले गर्दा प्रचण्डले त्यस विषयमा खासै चासो दिएका थिएनन् । राजनीतिक दलभित्र परिवारवाद हावी हुँदा पार्टी नै सखाप हुने स्थिति आएको छ । हिसिला यमीले गर्दा डा.बाबुराम भट्टराईको राजनीति चकनाचुर भएको थियो भने माओवादीमा प्रचण्ड पुत्री गंगा दाहाल हावी हुँदा माओवादी पार्टी नै सिद्धिन पुगेको थियो । उता, एमालेमा सचिवालय हावी हुँदा अध्यक्ष केपी ओलीसहित पार्टी पनि सति गएको छ । उता कांग्रेसमा डा.आरजु राणा हावी हुँदा आज शेरबहादुर देउवाको उठिवास लागेको छ ।

