ananta gurung

पुरानो दलहरुलाई अस्तित्व जोगाउन मुस्किल

राजनीति समाचार

अनन्त गुरुङ

९२०८३ साल बैशाख२३ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित०
प्रधानमंत्री बालेनले नेपाली जनतालाई परिवर्तन भएको महसुस गराउने गरी एकपछि अर्को परिवर्तनकारी एक्सनहरु सुरु गरीरहेकाछन । बिगतमा आफ्नै हातमा सत्ता भएको बेला मनमोजी शासन सत्ता चलाएर बसेका पुरानो दलहरु यति बेला किमकर्तव्यविमुड भएकाछन । पुरानो दलका शीर्ष नेताहरु सित आफ्नो प्रतिरक्षा गर्ने हिम्मत साहास केही छैन ।

आफु सत्तामा हुँदा गरेको अपराधको भारीले उहाँहरु किचिएकाछन । हामीले यो चाही काम राम्रो गरेका थियौं भनी नेपाली जनतालाई देखाउने ठोश उदाहरण उहाँहरु सित कुनै छैन । उहाँहरुले दोहर्याई तेहर्याई एउटै कुरा भन्ने गरेकाछन त्यो के हो भने हामीले लोकतंत्र, संघियता र गणतंत्र ल्याएका हौं । नेपाली जनतालाई अहिले त्यहि संघियता र गणतंत्र भारी भईरहेकोछ र त्यसलाई बदलेर पुरानै आर्थिक रुपले हलुका राजनीतिक व्यवस्था तिर फर्किन खोजी रहेकाछन । पुरानो दलका शीर्ष नेताहरु र अन्य नेताहरु यतिबेला घरजग्गाको दलाल सावित भएकाछन । बालेन सरकारले खोतल्दै जाँदा अझ अरु के के निस्किने हो कसैलाई अत्तोपत्तो छैन । पुरानो दलहरुले बर्षौ देखि दुहुनो गाई बनाएर राखेको सुकुम्बासी समस्यालाई बालेन सरकारले एकै झट्कामा व्यावस्थापन गर्न सुरु गरेकाछन ।

त्यो अभियानबाट अझ पुरानो दलहरु बदनाम हुने गरी बिभिन्न काण्डहरुको उजागार भईरहेकाछन । पुरानो दलहरुले नेपाली जनताको जीउधन र सरकारी सम्पत्तीको रक्षा गर्ने भन्दा पनि त्यसलाई लुटेर आफ्नै र आफ्नो आफन्तहरुको परिवारिक उन्नती र भरनपोषणको लागि प्रयोग गर्ने तिर केन्द्रित भएर लाटो किराले झै लागेका लागेकै छन ।यसरी त अब नेपाल राष्ट्रको अस्तित्व नै मेटिन्छ भन्ने लागेर देशभक्त युवाहरुको जमातले राष्ट्रिय स्वतंत्र पार्टीको नेतृत्वमा एकढिक्का भएर धाबा बोल्दा पुरानो दलहरुको लुटको धन्दा सदाकालको लागि नै बन्द भएकाछन । सुकुम्बासीको नाममा सार्वजनिक सरकारी जग्गा हडपेर निजी बनाउने काम गर्दै आएका पुरानो दलहरुले अझ पनि सुकुम्बासीको नाममा हुकुम्बासीहरुलाई उक्साएर आन्दोलन गरी भित्रभित्रै प्रतिरोध अभियान चलाउन छाडेका छैनन् ।

यतिबेला सिकारी खुद सिकार भएकाछन त्यसैले घाईते बाघले झै गर्जन लगाउँदैछन । फेरि जनयुद्ध चलाउनको लागि जंगल पस्ने जस्तै कुराहरुलाई उहाँहरु कै मेडियाले खुबै उछाल्न थालेकाछन । ३५ बर्ष सत्तामा बस्दा नेपाली जनताको उत्थानको लागि सिन्को नभाँचेका पुरानो दलहरु यो गर्छौ र त्यो गर्छौ भन्दा बहुला झै कराउँदै हिड्नुको तुक अब केही छैन । नेपाली जनताले पुराना दलहरुलाई अब फेरि बिश्वास गर्न सक्दैन किनकि उहाँहरुबाट नेपाली जनतालाई अहिले सम्म धोका बाहेक अरु केही प्राप्त भएको छैन ।पुरानो दलहरुले नेपालको हरेक क्षेत्रमा फोहरको डंगुर थुपारेकाछन ।

त्यसलाई सफागरी तह लगाउन बालेन सरकारको लागि पनि हम्मे हम्मे नै परीरहेकोछ । सबै भन्दा ठुलो चुनौती पुरानो दलहरुबाट ३५ बर्ष सम्म लगातार हुँदै र गर्दै आएको भ्रष्टाचारको नै छ । पुरानो दलहरुले गर्दैआएको भ्रष्टाचारलाई जरै देखि उखलेर नफाले सम्म नेपालमा सुशासनको निव राख्न सकिदैन । यहि यथार्थलाई मनन् गर्दै बालेन सरकारले भ्रष्टाचारको डंगुर माथि डोजर चलाईरहेका छन । हामीले झट्ट हेर्दा नदी किनारमा बसेका सुकुम्बासी वस्तीहरु जस्तो देखिएपनि वास्तवमा त्यो वस्तीहरुलाई हुकुम्बासीहरुले भ्रष्टाचारको कारखानाको रुपमा प्रयोग गरीरहेको पाईएकोछ । वास्तविक सुकुम्बासीहरु हुकुम्बासीहरुले बनाएका घरटहराहरुलाई भाडामा लिएर त्यसमा बसोबास गरी आफ्नो गुजारा चलाईरहेको पाईएकाछन ।

को सुकुम्बासी र को हुकुमबासी भनी छुट्याउने क्रममा गैरकानुनी हतियारहरु र अपराधीहरुको वन्दोवस्तीका सामग्रीहरु पनि बरामद भएकाछन । यसै क्रममा केही हुकुम्बासीहरु अपराधकर्मी भएको संकामा पक्राउ परेकाछन । सुकुम्बासी वस्तीहरु भित्र धर्म परिवार्तन गर्ने गराउने गिरोह पनि सक्रिय रहेको भेटिएकाछन । बिदेशी गैरसरकारी संस्थाहरु सित आर्थिक लगानी लिएरकेहीअपराध कर्मीहरुले चर्चहरु बनाएको र त्यस मार्फत लोभमा पारी धर्म परिवर्तन गराएको भेटिएकाछन । सकुम्बासी वस्ती भित्र धर्म परिवर्तन गराउन सक्रिय गिरोहले चर्चहरुको साथ साथ स्कुलहरु पनि खोलेर असली सुकुम्बासीको परिवारलाई प्रभावमा पारी आफ्नो धर्म परिवर्तन गराउने कुण्ठित अभिष्टलाई पुरा गर्दै आएका रहेछन । पुरानो दलहरुले सुकुम्बासी वस्तीहरु निर्माण गरी हुकुम्बासीहरुलाई सञ्चालन गर्न दिएर त्यसबाट प्रशस्त आर्थिक लाभ उठाएको कुरा अहिले खुलेकोछ ।

गरिबको नाममा राजनीति गर्ने कम्युनिष्टहरुले गरिबलाई नै अन्याय अत्याचार अनि शोषण गरेर कमाउनको लागि सुकुम्बासी वस्तीहरुको स्थापना गरेका भेद खुलेकोछ । गाँस, बास र कपासको ग्यारेण्टी दिन्छौं भन्दै गरिबलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने गोटी बनाउने कम्युनिष्ट दलहरुको शीर्ष नेताहरु, नेताहरु र राजनीतिक कार्यकर्ताहरु नै हुकुम्बासी बनेर भाले पल्टी बसेकोमा अहिले प्रधानमंत्री बालेनले कार्यबाही थालेपछि भागारेभाग भएकाछन । उहाँहरुले नै असली सुकुम्बासीहरुलाई आफ्नो राजनीतिक गोटी बनाउँदै बिरोध जुलुश, सभा र रैलीमा लाने गरेको रहस्यको पनि यतिबेला पर्दाफास भएकोछ । ठोश योजना र कानुन सम्मत तरिकाले मात्रै चल्ने प्रधानमंत्रीबालेन प्रति कम्युनिष्ट दलका शीर्ष नेताहरुले यतिबेला आगो वकल्दैछन ।

भष्म पार्ने, बालेनको सत्ता ढालेर नै छाड्ने र सशक्त जनअन्दोलन गरी बालेनलाई सडकमा घिसार्ने जस्ता अभिवक्ती पुराना कम्युनिष्ट दलका शीर्ष नेताहरुले दिईरहेकाछन । प्रधानमंत्री बालेन भने कसैलाई पनि गालीगलोच नगरी लगातार रातदिन खटेर काम गर्दै कम्युनिष्ट दलहरुबाट प्रायोजित अपराधकर्मीहरुको डेनलाई एकपछि अर्को भत्काएर अगाडि बढी नै रहेकाछन । प्रधानमंत्री बालेन धेरै नबोले पनि आफ्ना बिरोधीहरुलाई सम्मान पूर्वक तिब्रगतिमा काम गरी जबाफ दिने गर्दै आएकाछन । जेन जेडको मुख्य एजेण्डा सुशसन कायम गर्नु नै भएकाले त्यसलाई पुरा गर्नको निमिक्त सबै तयारी प्रधानमंत्री बालेनले पुरा गरी सकेकाछन । पुराना दलहरुका भ्रष्टाचारीहरु र अपराधीहरुलाई तह लगाउनको लागि शक्तिशाली जाँचबुझ आयोग बनेर त्यसले आफ्नो काम सुरु गरीसकेको छ । बालेन सरकारले केही लछारपटार लाउन सक्दैन भन्नेहरु पनि अहिले त्रसित भएकाछन ।

दलका शीर्ष नेताहरु र अन्य नेताहरुले जस्तो सुकै भ्रष्टाचार र अपराध गरेपनि कानुनले छुनै नसक्ने भन्ने पुरानो सोच कायम रहेकोमा अब बालेन राजमा त्यसो नहुने र कानुन सबैकोलागि समान रुपमा लागु भएर सानो ठुलो सबैले आफुले गरेका भ्रष्टाचार र अपराधको मात्रा अनुसार जबाफदेही बन्नै पर्ने परिस्थिति निर्माण भएकोछ । अब पुरानो दलहरुले जस्तो आफ्नो तजबिजमा चल्ने श्रीमानहरु दलिय भागबण्डा अनुसार नियुक्त गरी नेपालको कानुनी राजलाई पंगु बनाउन सक्ने छैन । नेपालमा स्वतंत्र कानुनी राज निर्माण गर्नको लागि बालेन सरकारले न्यायपालिकालाई स्वतंत्र बनाएर नै छाड्ने कसम खाएर अगाडि बढेकाछन । पुरानो दलहरुका शीर्ष नेताहरुले अब उहाँहरुले जे गरेपनि चल्छ र जे बोलेपनि सोकानुन बराबर नै हो भन्ने सोच संधैको लागि त्यागेर आम नेपाली जनता जसरी नबसे स्वतस् सकिन्छन ।

पुराना दलहरुले नेपालमा नवउदारवादी स्वतंत्र बजार अर्थतंत्र ३५ बर्ष पहिले देखि चलाउँदै आएको भएतापनि पुराना दलका शीर्ष नेताहरुले नेपालको न्यायापालिकालाई स्वतंत्र बनाउन नसक्दा नेपालको अर्थतंत्र पुरै असफल हुँदै आएको थियो । यहि कुरालाई मनन गरी बालेन सरकारले नेपालको न्यायापालिकालाई स्वतंत्र बनाएर नै छाड्ने अठोट लिएर अगाडि बढेकाछन । बालेन सरकारले न्यायपालिकालाई स्वतंत्र बनाउन श्रीमानहरुको नियुक्ती पनि स्वचालित र प्रतियोगिताबाट हुने गर्ने निर्णय लिएकाछन । त्यसको लागि चाहिने आवश्यक कानुनहरु बनाउने र पुरानो कानुनहरुलाई संसोधन गरी समयसापेक्षिक बनाउने कामहरु बालेन सरकारले थालीसकेकोछ ।

यसको लागि अध्यादेश मार्फत काम अगाडि बढाएको भएपनि राष्ट्रपतिले अनुमोदन गर्न आनाकानी गरेकाले त्यसलाई दोहर्याएर पेश भएकोछ । बालेन सरकार सित तल्लो सदनमा २र३ बहुमत पुगे पनि माथिल्लो सदन अर्थात राष्ट्रिय सभामा पुरानो दलहरुले कुण्डली मारी बसेको हुँदा उक्त बाँधाबाट सजिलै पार पाउन कै निमिक्त बालेन सरकारले अध्यादेशको साहारा लिन पर्दैछ । तिब्रगतिमा काम गर्नु पर्ने भएकाले बालेन सरकारलाई समयको अभाव धेरै रहेकोछ । प्रतिपक्षी सित भिड्दै बिताउने फाल्तु समयमा बालेन सरकार सित छैन त्यसैले सके सम्म प्रतिपक्षीदलहरु सित सिधै भिडन्त गर्नुको साटो ज्ञानको बाटो अपनाउने गरेकाछन । प्रधानमंत्री बालेन कै भनाईलाई दोहर्याउने हो भने उहाँको काम क देखि सुरु नभएर एकै चोटी ज्ञ देखि सुरु हुन्छ अर्थात ज्ञानबाट सुरु हुन्छ ।

प्रधानमंत्री बालेन्द्र शाह स्वर्थरहित भएर सोचेर मात्रै काम गर्ने नेतामा पर्दछन । बिरोधीको राम्रो कामलाई सम्मान गर्न जानेकाछन भने नबुझेकालाई एकै बचनले संझाउन सक्छन । यस्ता तिलस्मी प्रधानमंत्री नेपाली जनताले पाउनु शौभाग्यको कुरा हो नत्र नेपाली जनताले कहिले पनि पुराना दलका ठग नेताहरुको शोषणबाट मुक्त हुन संभव हुने थिएन । शिद्धान्त अनुसार कम्युनिष्ट मानिएका नेताहरु कर्मले सबै पुँजीवादी निस्किएपछि नेपाली जनताले पुरानो दलहरुबाट ठगिएको महसुस गरी रहेकोमा अब बालेनबाट भरोषा पाए पछि उत्साहित भएकाछन । पुरानो दलहरु हो बालेनलाई सघाउ र आफ्नो अस्तित्व जोगाउ नत्र चाँडै इतिहास बन्ने छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *