प्रचण्डको दैलोमा रुनेहरु घटे

राजनीति समाचार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डको दरबारमा अब योग्यता बिनाका जागिरेहरुको रुवाबासी हुने छैन । राज्यको एउटा न एउटा निकायमा प्रवेश गर्ने दुई कार्यकाल आनन्दले खाने प्रचण्डका होनाहार कार्यकर्ताको रुवाई र आँसु अब देख्नुपरेन । बालेन सरकारले त्यस्ता महाजनहरुको जागिर एकै झड्कामा खाई दिएको छ ।

नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, न्यूनतम पारिश्रमिक निर्धारण समितिजस्ता ठाउँ उनीहरुको जागिर खाने थलो भएको थियो । तर, प्रचण्डले नियुक्ति दिलाएका ओम शर्माले बाहेक अरु खाइदेउले काम गरेनन् । उनीहरुका लागि प्रस काउन्सिल ऐन नै बदलिन्थे । संवैधानिक अंगका अप्ठ्यारो ठाउँ च्यातिन्थे । पशुपतिको भट्ट फर्ने आन्दोलनमा ब्रामणको टुप्पी काट्ने जनै चुडाल्ने क्रान्तिले माओवादी भन्नेको दलित जनजाति, मुस्लिम वर्गमा थेचारिनै पर्ने पार्टी भएछ । किन कि यो पार्टी हिजो धम्क्याएर ठूलो भयो । आज कार्यकर्ताले नै चिन्दैनन् ।

गाई काट्नेलाई जतिसुकै मुक्तिका कुरा गरेपनि जनताले मत दिँदैनन् । रुकुम, रोल्पामा सधंै ढोगी शिक्षाले प्रभाव पार्दैन । जनार्दन शर्माको रुकुममा गैर दलित युवतीसँग प्रेम गर्दा चार जना युवाको ज्यान गएको धेरै भएको छैन । योग्यलाई होइन गुटलाई त्यो पनि प्रचण्डका विस्वासी गोविन्द आचार्य र हिजोका महेश्वर दालहरुले भनेपछि योग्यता र कानुनको महत्व नदिई भर्ती भएका त्यस्ता वीरवीरंगनालाई राजनीतिक नियुक्तिमा जीवन धान्ने बाटो भएको थियो ।

पत्रकारको नाममा लुट्ने गाडी चढ्ने काम बाहेक त्यसको स्थापना कार्यकर्तालाई जागिर दिनु थियो । बैठकमा न्यूनतम पारिश्रमिकको थिएन । बील बनायो सहभागी संख्या जनायो हस्ताक्षर देखायो पैसा हजाम ग¥यो गर्दै आएका थिए । त्यो क्रान्तिकारीपन महासंघको महिला सचिव हुँदा पनि सफल पार्ने प्रचण्डका अनुसासित कार्यकर्ता अब बालेनको घण्टीमा जालान् कि पार्टीमा टिक्लान् ? प्रेस काउन्सिलमा २ कार्यकाल र न्यूनतम पारिश्रमिकमा २ कार्यकाल खानेले रासस, विज्ञापन बोर्ड, गोरखापत्र, सार्वजनिक प्रशारण सेवाजस्ता ठाउँमा जानै बाँकी थियो ।

तीनले प्रचण्डको दैलोमा रोइदिई पुग्थ्यो योग्यता चाहिँ खासै चाहिँदैन थियो । तर, त्यो केही व्यक्तिले ढलीमली गर्ने सत्ता उलटपुलट भयो । रास्वपाको अघोरी समूहले जागिर खोसेकाहरुको लागि रोईकराई गरेर काम लाग्ने अवस्था भएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *