काठमाडौं । शेरबहादुर देउवाबाट पद सरेर पनि पूर्णता नपाएको नेपाली कांग्रेसमा विभाजनको रेखा कोरिएको छ । अनुहार देख्दा पुराना तर बारम्बार सत्तामा पुग्दा विवादमा परेर अनुहारहरु बोकेर देउवाको विवादित नेतृत्वको स्वामित्व खोज्दा आफैं निस्लकलंक भए तापनि समूहको विश्वासी बन्न खोज्दा पूर्ण बहादुर खड्का एक्लिने स्थिति बन्दैछ । जब कि भीष्मराज आङदम्बेले खड्कालाई पहिला नै छोडे । रामहरि र उद्धव थापाले पनि देउवा गुट छाडेका छन् ।
यो समूहले विशेष महाधिवेशनको विरोध गर्दा आफैले बनाएको विधानको ख्याल गरेन । विधानमा २५ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्न सक्ने प्रावधान राख्ने कार्यन्वयन नगर्ने अहंकारले ग्रस्त चरित्र त्यहाँ छन् जो आज महाधिवेशनका लागि सदस्यता अध्यावधिक गर्न मान्दैनन् । खड्कासँग भएका डा. प्रकाश शरण महत, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला विजय गच्छदार, डा. शशांक कोइराला मात्र होइनन् सुजाता कोइराला, एनपी साउद, जीवन बहादुर शाही, बलबहादुर केसी आफै असफल र अक्षम पात्र हुन् । यीमध्ये डा. शशांक मात्र सत्ताको स्वाद नपाएका नेता हुन् । अरु सबै नेता सत्तामा पुगेर स्वार्थमा रमाएकाहरु छन् ।
इन्द्र बानिया पहिले गगनतिर लाग्दा राजु खनालले गुट फेरे । राजनीतिक परिवेश विग्रेको छ । हिजोको जस्तो नेताको भक्त बन्ने आज छैनन् । त्यहाँ भक्त नबन्नेहरुले पार्टी चल्दैन भन्नेहरुले विद्रोह गरे । विशेष महाधिवेशनको जमघटले जसलाई छान्यो त्यो स्वीकार नगर्ने टोली अब कांग्रेसको युवा पुस्ताबाट परिचालित छ । यहींँ पुस्ताले नयाँ युवापक्ति परिचालन गरेको छ । विशेष महाधिवेशनबाट आएको टोलीले असोज २१ बाट २३ सम्म १५ औं महाधिवेशनको तयारी गर्दै छ । देउवा पक्ष प्रदेश मेलामा रमाउँदै क्रियाशील सदस्यता अध्यावधिक नगर्ने भन्दै छ ।
कांग्रेसमा पार्टी विभाजन विचारको होइन पदको हो । आज त्यहाँ भ्रातृ संगठनको भेलामा समेत सहभागी नहुने पुरानो टोलीले ओरालो बाटो लिएको छ । विवादित र भ्रष्टको जमघटले बार्टी बन्दैन । तर जनतामा भ्रम छर्ने दौडघुप चलाउनु कांग्रेसकै लागि घाटा छ । किन कि अबको कांग्रेस दाजु, भाउजु नाता लगाएर नेतृत्वमा पुग्ने र मन्त्री हुने अवस्थामा छैन । पूर्ण बहादुर खड्काको टिमबाट नयाँ पुस्ताले आश पनि गरेको छैन । किन कि तीनको शासनको पहिचान पहिले गरेको छ ।

