काठमाडौं । गरेको केही छैन, चुनावमा हामी पहिलो पार्टी बन्छौ भन्दै २०८२ मंसिर १० गते नेकपा माओवादी र एकीकृत समाजावादीबीचमा भएको पार्टी एकताले विभिन्न व्यक्ति, समूहको झुण्ड एकैमोर्चामा भएपनि माओवादीबाहकको शक्ति देखिएन । केन्द्रमा जम्बो टोली छ । जिल्लामा माओवादी र समाजवादी मात्रै देखियो । समाजवादीको अस्तित्व नेतृत्वमा रहेका मधाव नेपाल, विरोध खतिवडा, राजेन्द्र पाण्डे गृहजिल्लामा देखिए पनि सशक्त भएनन् । एमालेमा ओली समूहको पेलाइमा परेका कार्यकर्ता र नेता समाजवादीमा लागेका थिए ।
मंसिरमै एकता महाधिवेशन गर्नुपूर्व भातृ संगठनहरु प्रदेश र जिल्लाको अधिवेशन गर्नुपथ्र्यो । तर, महिला समूहबाहेक कसैको पनि नेतृत्व छान्ने एकता गर्ने काम भएको थिएन । त्यहाँ पनि ५५५ जनाको केन्द्रीय कमिटी बनेको छ । संगठनको रुपरेखा छैन । एकतामा आएका छन् । त त विद्यार्थी र युवाको मोर्चा बलियो छ, न त मजदूर र महिला सशक्त छन् । भाग खोज्ने र पदाधिकारीको दावी गर्ने प्रवृत्तिका कारण पनि पार्टीको एकीकृत रुप देख्न नसकिएको हो ।
पार्टी संयोजक पुष्प कमल दाहाल, सहसंयोजक माधव नेपाल, सम्मानित नेता झलना खनाल छन् । वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल, राजेन्द्र पाण्डे, देव गुरुङ र सोमनाथ पाण्डेजस्ता नेताहरु समान हैसियतमा छन् । पार्टिको विचार , सिद्धान्त र लक्ष मिलेको कारण समाजवगाद उन्मुख कार्यदिशा सफल बनाउने र एमालेमा ओली गुटबाट पेलिएकाहरुलाई पनि समेट्ने दावी गर्दै डा. भीम रावलदेखि वामदेव र राजेन्द्र श्रेष्ठहरुसमेत एकतामा सामेल भएका थिए । तर, फागुन २१ को चुनावले सबैको हैसियत देखाइदियो । आज एकताको चिन्ता र चासो प्रचण्ड र माधवको काँधमा अड्किएको छ ।
जेनजी आन्दोले युवा पुस्ताको नेतृत्व खोज्यो । तर, पुरानो पुस्ताका केपी ओलीदेखि प्रचण्ड, माधव, वामदेवसम्मलाई पदकै चिन्ता छ । नेतृत्व परिवर्तन आजको आवश्यकता बन्दै गएको छ । एमालेबाहकका छरिएर रहेका शक्ति र समूह विचार, सिद्धान्तका आधारमा एकजुट हुने भनेकाहरुको जात्रैजात्रा छ । यहीँ बेला प्रचण्ड, माधव र केपी ओली बृहत कम्युनिस्ट एकताको प्रसंग उठाउँदै नजिक हुन खोजेका छन् । ओलीलाई यतिबेला साहरा पनि चाहिएको छ । उनैले विस्वास गरेर गठन भएको ११ औं महाधिवेशनका पदाधिकारी टीमको बहुमतले अध्यक्ष पद त्याग्न दबाब दिएको अवस्था छ ।

