आठ लाख ८२ हजार ८१६ जनाबाट ८३ हजार २०९ जनाले क्रियाशील सदस्यता नविकरण गरेर पुरातनवादी सोचको धज्जी उडाउँदा समेत पूर्णबहादुर खड्काहरुलाई पुगेन । वडा तहसम्मका लागि असार ५ सम्म अनुमोदन गर्न दिएको केन्द्रको निर्देशन तीनैको लागि हो जो छुट्टै १५ औं महाधिवेशनको धम्की दिइरहेका छन् ।
यहाँ छुटेका सदस्यहरुलाई केन्द्रले व्यवस्था गर्ने ठाउँ पनि राखेको छ । विदेशका लागि असार १० गतेसम्म अध्यावधिकको समय र असार २० गतेसम्म नयाँ सदस्यका लागि छुट्याएको छ । तर, विगत जस्तो फर्म भर्ने, शुल्क नतिर्नेको हकमा भने यस पटक कडिकडाउ गरिएको छ ।

