काठमाडौं । आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पूर्वाधार विकासका कामहरु अलपत्र परिराखेको बेलामा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल अनुगमन र निरीक्षको नाममा देशदौडाहा गरिराखेका छन् । आर्थिक अभाव र महंगीकै कारण निर्माण व्यवसायीले काम गर्न सकेका छैनन् । निर्माण व्यवसायी समयमा काम सम्पन्न गर्न नसकेपछि व्यवसायी र सरकारबीच टसल परिरहेको छ ।
, मन्त्री र महानिर्देशक अनुगमन गरेर दिन बिताइरहेका छन् । मन्त्री लम्साल र महानिर्देशक जैसी भने अनुगमनको लागि ताप्लेजुङ पुगेर गत सोमवार काठमाडौं पर्किएका छन् । सडक विभागका महानिर्देशक विजय जैसीलाई अन्य कर्मचारीहरुले पनि काम गर्न सहयोग गरेको पाइँदैन । महानिर्देशक जैसीले विभिन्न आयोजना प्रमुख, योजना प्रमुख र डिभिजन प्रमुखहरुलाई छिटोछरितो र गुणस्तरयुक्त काम गर्न आदेश दिए उनको निर्देशन अन्य कर्मचारीहरुले पालना गरेका छैनन् । उल्टै महानिर्देशक जैसीलाई गुमराहमा पारेर भ्रष्टाचार गर्नेहरुको हालीमुहाली चलिरहेको छ । तर, मन्त्री र महानिर्देशक अनुगमनको नाममा खान्तेपिन्तेमा दिन बिताइरहेका छन् ।
उता, लामो समयदेखि सडक विभागमा बसेर हालीमुहाली चलाउँदै आएका पर्वत कुमार झाले गत जेठ १३ गते पदबाट राजीनामा दिएका छन् । झालाई बालेन सरकारले कुनै सार्वजनिक संघ, संस्थामा नियुक्ति गर्ने चर्चा चल्न थालेको छ । उनको २० वर्षे जागिरे अवधिमा कुनै पनि राजनीतिक दलको झोला नबोकी जीहजुरी गरेकै भरमा शक्तिशालाी आयोजनादेखि विभिन्न सडक डिभिजनमा बसेर आर्थिक लाभ लिएर सानेपामा भव्य महल खडा गरेसँगै विभिन्न ठाउँमा घरघडेरी खरिद गरेको चर्चा सडक विभागभित्र चल्न थालेको छ । बालेन सरकारले २०४६ सालदेखि यताका पूर्व कर्मचारी, बहालवाला कर्मचारी, मन्त्री र सांसदहरुको सम्पत्ति छानविन समिति गठन गरेपछि झाले आफूपनि परिने डरले पदबाट राजीनामा दिएका हुन् ।
त्यसैगरी भक्तपुर सडक डिभिजनमा करिव तीन कार्यकाल बस्न सफल भएका सडक डिभिजन प्रमुख सुमन योगेशले अर्बौंको ठेक्का लगाउँदै कमिसनको जालो बुन्दै आएका छन् । भक्तपुर सडक डिभिजन कार्यालयमा एक वर्षको बजेट ९ अर्ब हाराहारी छुटयाइएको हुन्छ । तीन वर्षको २७ अर्ब बजेट भए तापनि भक्तपुर डिभिजन सडक कार्यालयले गुणस्तरयुक्त सडक बनाउन सकेको छैन । २७ अर्ब बजेटले गुणस्तरी सकड बनाउनुपर्नेमा त्यो नगरी गुणस्तरहीन काममा खर्च भएको सडक डिभिजन कार्यालय भक्तपुरका एक कर्मचारीले नाम नबताउने शर्तमा तामाकोशी संवाददातसँग बताएका छन् । त्यस्तै सुमन योगेशको आदेशमा चल्ने र काम नगर्ने कर्मचारी पारशमणि हामालले सडकलाई गुणस्तरयुक्त बनाउनुपर्नेमा त्यो नगरी आफूखुुसी ठेक्का लगाउने र कमिसन बटुल्नमा व्यस्त देखिएका छन् ।
हमाल हाल सिन्धुलीको खाल्टे सम्पर्क सडक डिभिजन कार्यालयमा रहेका छन् । जापानको हाज्मा कम्पनीले खाल्टे आसपासको ३ किलोमिटर सडक मर्मत गर्दैछ । त्यसको रेखदेखका लागि खाल्टे पुगेका हमालले सडक मर्मतको लागत कति हो भनेर ९८५७८२१७०० मा सम्पर्क गरी बुझ्न खोज्दा फोन उठाएनन् । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर भक्तपुर सडक डिभिजन अस्तव्यस्त हुन पुगेको छ । तीन कार्यकारीभन्दा बढी भक्तपुर सडक डिभिजनमा बसेर अकुत सम्पत्ति आर्जन गर्न सफल भएका योगेशले गुणस्तरयुक्त सडक बनाउन नसकेको आरोप खेपिरहेका छन् । सरकारले सम्पत्ति छानविन गर्ने डरले योगेश पनि पदबाट जानीनामा मुडमा पुगेका छन् । सरकारले तीस वर्षे सेवा अवधि लागु गर्ने भएपछि सडक विभागमा तीस वर्षभन्दा बढी जागिर खाएर अकुत सम्पत्ति आर्जन गरेका कर्मचारीहरुले पनि भटाभट राजीनामा दिने मनस्थिति बनाएको बताइन्छ ।

