काठमाडौं । जलवायु परिवर्तनले विश्वभर नै असर पु¥याएरहेको छ । त्यसको असर नेपाललाई पनि परिरहेको छ । विभिन्न देशले जलवायु परिवर्तनको विषयमा सम्मेलन गदैै आएका छन् । सम्मेलनमा गरेतापनि त्यसको समाधानका बारेमा ठोस निष्कर्ष आउन सकेको छैन । दिनप्रतिदिन जलवायु परिवर्तनकै कारण विश्वभर असर परिरहेको छ । जलवायु परिवर्तनको बारेमा नेपाल लगायत विभिन्न देशले कार्यक्रम गरेर जलवायु परिवर्तनसम्बन्धि गोष्ठी, सम्मेलन गर्दै आएका छन् । विश्वसँगै नेपाल पनि जलवायु परिवर्तनको चपेटाबाट अछुतो रहन सकेको छैन । त्यसलाई मध्येनजर गरेर नेपालले पनि जलवायु परिवर्तन न्यूनिकरण गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । जलवायु परिवर्तनको कारण प्राकृति प्रकोपसँगै विद्यार्थीहरु पनि चपेटामा परेका छन् ।
गत शनिवार ‘युवा सिर्जनशील नेपाल’ले काठमाडौं महानगरपालिका वडा १० को सहयोगमा जलवायु परिवर्तनले विद्यार्थीमा परेको असरबारे सचेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रम रत्नराज्य माध्यमिक विद्यालय बानेश्वरमा सम्पन्न गरिएको थियो । संस्थाकी अध्यक्ष शारदा लामा अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नंं १० की वडा सदस्य रोहिणी श्रेष्ठ, विद्यालयका पधानाध्यापक दुर्गा सापकोटाको उपस्थिति रहेको थियो । कार्यक्रममा बलदेव तामाङले जलवायु परिवर्तन हुनुको कारण र त्यसबाट पार्ने असर बारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा ५० भन्दा बढी विद्यार्थी, सहभागी रहेका थिए । प्रशिक्षणमा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
प्रशिक्षणमा विद्यार्थीहरुलाई नेपालमा जलवायु परिवर्तनकै कारण बेमौसमी झरी, खडेरी, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपहरु बढेको जसले गर्दा मानिसदेखि जनावारसमेत प्रभावित भएको बताइएको छ । त्योसँगै जलवायु परिवर्तनले विद्यार्थीहरुमा पनि ठूलो असर परेको र त्यसबाट बच्चनको हरितको संख्या बढाउन वृक्षारोपणलाई जोड दिनुपर्ने प्रशिक्षक तामाङले बताएका छन् ।
जलवायु परिवर्तनले हिमालदेखि तराईसम्म असर पार्दै आइरहेको छ । जलवायु परिवर्तन आज विश्वकै चुनौतीको विषय बनेको छ । जलवायु परिवर्तनले असर पार्ने कारण औद्योगिकीकरण, वन विनाश, इन्धनको अत्यधिक प्रयोग तथा अनियन्त्रित सहरीकरणका कारण पृथ्वीको तापक्रम बढिरहनु जस्ता समस्याले गर्दा जलवायु परिवर्तनमा समस्या देखिन्छ । यसको प्रत्यक्ष प्रभाव नेपालजस्ता भुपरिवेष्ठित पर्वतीय तथा विकासशील राष्ट्रहरू यसबाट असमान रूपमा बढी चिन्तित भएका छन् । विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून रहेको छ । जलवायु परिवर्तनकै कारण नेपालले भारी मूल्य चुकाइरहेको छ । नेपालको भौगोलिक बनावट हिमाल, पहाड र तराई गरी तीन फरक प्राकृतिक क्षेत्रले बनेको छ । यही भू–बनोटका कारण यहाँको जलवायु प्रणाली निकै महत्वपूर्ण रहेको छ । पछिल्ला वर्षहरूमा नेपालमा तापक्रम वृद्धि, वर्षाको अनियमितता, हिमनदी पग्लिने गति तीव्र हुनु, प्राकृतिक विपद् बढ्नु, कृषि उत्पादनमा गिरावट आउनु, पानीका स्रोत सुक्दै जानु र जैविक विविधतामा समस्या आउनुजस्ता समस्याले जलवायु परिवर्तनमा असर देखिएको छ ।
त्यस्तै, नेपालमा वार्षिक औसत तापक्रम निरन्तर बढिरहेको विभिन्न अध्ययनहरूले देखाएको छ । खासगरी हिमाली क्षेत्रमा तापक्रम विश्वको औसतभन्दा छिटो बढिरहेको छ । हिमालका हिउँ र हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन् । यसले हिमतालहरूको आकारमा परिवर्तन ल्याएको छ । हिमालका हिउँहरु विस्तारै पग्लन थालेपछि हिमताल फुट्ने जोखिम त्यत्तिकै बढेको छ ।
नेपालका धेरै हिमनदीहरू सुक्ने खतरामा रहेका छन् । त्यसले कोशी, गण्डकी, कर्णालीजस्ता नदीहरूको दीर्घकालीन रुपमा असर पर्ने देखिन्छ । जलवायु परिवर्तनका कारण नेपालमा मनसुनको स्वरूप केहि वर्षदेखि परिवर्तन हुदैँ गएको छ । जलवायु परिवर्तनका कारण बाढी, पहिरो र डुबान र नदीकटान बढेका छन् । पहिरोको जोखिम तीव्र भएको छ । खडेरीको अवधि लम्बिएको छ । नदी कटान बढेको छ । कृषि योग्य जमिनमा क्षति पुगेको छ । जलवायु परिवर्तनका कारण मध्यपहाडीदेखि हिमाली जिल्लामा वर्षायाममा पहिरो र बाढी जाने कारणले नागरिकले ज्यान गुमाउने गरेका छन् । कृषि मुख्यतः वर्षामा आधारित भएकाले जलवायु परिवर्तनको असर सबैभन्दा बढी त्यही क्षेत्रमा परेको छ । समयमा धान रोपाइँ हुन सकेको छैन । लामो खडेरीले मकै, गहुँ तथा दलहन उत्पादन घटेको छ । नयाँ रोग र कीराको प्रकोप बढ्दै गएको छ । किसानको आम्दानी घट्दै गएको छ । पानीको अभावले खेतीयोग्य जमिन बाँझो रहने अवस्था त्यत्तिकै छ ।
पछिल्ला समय पहाडी र हिमाली क्षेत्रमा रहेका मुहानहरूद सुक्दै गएका छन्। त्यसले गर्दा अधिकांश सर्वसाधारणमा मारमा परिरहेका छन् । एकातिर खानेपानीको अभाव अर्काेतिर खेती किसानीहरुले खेती गर्न नपाएर भौतारिरहेका छन् । त्योसँगै बालबालिकाहरु पनि पढाइ र लेखाइमा असर परिरहेको छ । जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर पु¥याइरहेको छ । गर्मीका कारण वृद्ध, बालबालिका तथा दीर्घरोगीहरू बढ्दै गएका छन् । वायु प्रदूषणकै कारण श्वासप्रश्वास तथा मुटुसम्बन्धी रोगसमेत बढ्दै गएको छ ।

