काठमाडौं । सञ्चार मन्त्रालय हाँकेका अधिकाशंश मन्त्रीहरु सरकारको कब्जामा आउनै लागेको स्मार्ट टेलिकमलाई एनसेलमा सुम्पँदा कुम्ल्याएको पैसाको परिबन्दमा परेका छन् । एनसेलकै भित्रिया भूपेन्द्र भण्डारीलाई दुरसञ्चार प्राधिकरणको कार्यकारी प्रमुख बनाउन तत्कालीन मन्त्री रेखा शर्मालाई उनकै श्रीमान कृष्णध्वज खड्काको दबाब थियो । त्यो प्रकरणमा अर्थमन्त्री र सञ्चार मन्त्रीकै हात थियो । स्मार्टले राज्यलाई कर र रोयल्टी गरी ६ अर्ब १९ करोड तिर्नुपथ्र्यो । त्यो रकम तिराएर स्वामित्वतर्फ ध्यान दिनुपथ्र्यो ।
तर, सबै शतिशलालको दक्षिणामा जेलिएका छन् । गोकुल बाँस्कोटा, ज्ञानेन्द्र बहादुर कार्की, पार्वत गुरुङ, पृथ्वी सुब्बा गुरुङ, रेखा शर्मा, जगदीश खरेल जस्ता अनुहारहरु स्मार्टमा जोडिएका छन् । हिजोको अख्तियार र भोलिको अख्तियार एक छैन । हिजो कांग्रेस नेतृ डा.आरजु राणा देउवाले जयबहादुर चन्द र एमाले अध्यक्ष ओलीले प्रेम राईमार्फत काम गराउँथे । प्राधिकरणले चालेको कदमलाई मन्त्रालयले बेवास्ता गर्दा राज्यको नाउमा स्मार्ट फोन आउने अवस्था भएन । आज छानविनको दायरामा सबै तानिँदै छन् । सरकारले भ्रष्टाचार विरुद्धको अभियान चलाएको छ । तर, रास्वपाके सांसद तथा पूर्व स ञ्चारमन्त्री जगदिश खरेल छानविनमा पर्ने छाँट देखिँदैन । किन कि उनले स्मार्टको कमिसन सांसद भएर आएपछि कम्बोडियामा बुझेको चर्चा थियो ।

