काठमाडौं । भोटेकोशीको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा भौतिक संरचनादेखि जनधनको ठूलो क्षति भएको छ । बाढी गएको तीन बितिसक्दा पनि सरकार भएको नभएको अनुभूति पीडितहरुले गर्न सकेको गुनासो आइरहेको छ । अहिलेसम्म कति मानिस हताहत भए भन्ने एकिन विवरण पनि आउन सकेको छैन । दुई तिहाई मत प्राप्त गरेको रास्वपाका कार्यकर्ता पनि राहत र उद्दारमा सहभागी भएको पाइँदैन । सरकारले पनि एकद्वार प्रणालीबाट उद्यार र व्यवस्थापन गर्न सकेको छैन । सुरक्षा निकायहरु पनि आआफ्नै तालमा देखिन्छन् ।

नेपाली सेना एकातिर दौडिएको छ, सशस्त्र प्रहरी अर्कोतिर छ भने जनपथ प्रहरीहरु आआफ्नै तालमा उद्दार गर्न दोडिएको देखिन्छ । सुरक्षा निकायलाई सरकारले एकद्वार प्रणालीबाट परिचालन गर्न नसकेर हो कि अथवा साधन स्रोतको कमीले गर्दा हो सरकारको उपस्थितिको अनुभूति नभएको पीडितहरुको गुनासो छ । राजधानीबाट नजिकै भएर पनि तीनदिन बितिसक्दा पनि सरकारले राहत, उद्दार र व्यवस्थापनमा जति सक्रियता देखाउनुपर्ने थियो त्यो गर्न सकेको पाइँदैन ।
सरकारको आफ्नै ताल छ भने पब्लिकले पनि सरकार र सुरक्षा निकायलाई राहत, उद्दार र व्यवस्थापसनमा सहयोग गरेको देखिँदैन । सुरक्षा निकायलाई सहयोग गर्नुको सट्टा कोही भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्ने र भिउज कमाउन व्यस्त छन् भने कोही मृतकको शरीरबाट गरगहना, पैसा लुच्ने, कोही धनसम्पी, ग्याँसका सिलिन्डर काठ, दाउरा बटुल्ने काममा व्यस्त देखिन्छन् । बगिरहेका जनवार र मान्छेको उद्दार गर्न छोडेर सम्पत्ति बटुल्ने र भिडियो खिच्नेको भीड लागेको देखिन्छ ।

भदौ १० गएको रसुवाको बाढीले पु¥याएको क्षति र त्यसको उपयोग गरेर फाइदा लिन खोज्नेहरुको स्थिति हेर्दा पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले गर्दा नेपालीहरुमा मानवता हराएको भान हुन्छ । २०७२ भूकम्पमा होस् वा २०७६ कोरोना कालमा होस् तत्कालीन समयमा नेपालीहरुमा एकले अर्कालाई सहयोग गर्ने, दुःखमा साथ दिने र राहत वितरणमा भाग लिने गरेका थिए । तर, यसपालि भोटेकोशीको बाढीले पु¥याएको क्षतिमा पब्लिकले सहयोग गरेको पाइँदैन । यो घटनालाई हेर्दा नेपलीहरुमा मानवता हराएको भान हुन्छ ।
ो

