काठमाडौं । युवा श्रम तथा रोजगार मन्त्रालयमा राजनीतिक परिवर्तनसँगै मन्त्रीहरु फेरबदल हुने गर्दछन् । मन्त्रीहरु फेरबदल भएतापनि वैदेशिक रोजगार क्षेत्रको सिन्डीकेट तोड्न सकेका थिएनन् । रास्वपाको दुइतिहाइ हाराहारीको सरकारमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सम्हालेका छन् । यादवले मन्त्रालय सम्हालेको करिब पाँच महिना नाघिसक्दा पनि मेनपावर क्षेत्रको सिन्डीकेट तोड्न सकेका छैनन् । मलेसियाको लागि सरकारले सिन्डीकेट लागू गरेर मेनपावर व्यवसायबीच फाटो ल्याउने काम गरेको छ । मेनपावर व्यवसायीहरुले विभिन्न माग राखेर गत साउन २२ गतेदेखि आन्दोलनमा होमिएका थिए । मेनपावर व्यवसायीको माग मन्त्रालयले भदौ १ गते सम्बोधन गरेको थियो । त्यसको मसि सुक्न नपाउँदै मेनपावर व्यवसायीहरुले मलेसियाको लागि सिन्डीकेट लागू गरेको छ । त्यसमा २५ जना मेनपावर कम्पनीहरु रहेका छन् ।
त्यहि सिन्डीकेटको विषयलाई लिएर वैदेशिक रोजगार व्यवसाय अन्र्तगतका विभिन्न व्यवसायीहरुले त्यसको विरोध गरेका छन् । सरकारले मलेिसयाको लागि सिन्डीकेट लागू गरेपछि स–साना मेनपावर व्यवसायीहरुले मलेसिया कामदार पठाउन नपाउने भएका छन् । वैदेशिक रोजगार व्यवसायी संघको एन २०६५ सालमा जारी भएको थियो । सो ऐन २०८३ सम्म मेनपावर व्यवसायी ऐन २०६५ सालकै कायम छ । सो ऐन अहिलेसम्म संसोधन भएको छैन । त्यसले गर्दा वैदेशिक रोजगार क्षेत्र भद्रगोल अवस्थामा पुगेको थियो । मन्त्रालयमा केहि मेनपावर सञ्चालक र कर्मचारीहरुको सेटिङ भएर मलेसियाको सिन्डीकेट लगाइएको बताइन्छ । श्रम मन्त्री रामजी यादवले मेनपावर क्षेत्रको विकृति र विसंगतिलाई हटाउनको सट्टा उल्टै मलेसियाको लागि सिन्डीकेट लगाएर सर्वसाधारण नेपालीहरुलाई मलेसिया जान प्रतिबन्ध लगाएको छ ।
युवा श्रम तथा रोजगार मन्त्रालयमा सहसचिव द्वयको हालिमुहालि रहेको छ । पितम्बर घिमिरे र गुरुदत्त सुवेदीको सेटिङ मेनपावर सञ्चालकसँग भएको बताइन्छ । मन्त्रीको सेटिङ एकातिर कर्मचारीको सेटिङ अर्काेतिर । सचिव दिपक काफ्ले रमिते बनेका छन् । काफ्ले युवा श्रम तथा रोजगार मन्त्रालयबाट अन्यत्र सरुवा हुन खोजेतापनि उनको सरुवा भएको छैन । सरकारले मलेसियाको लागि सिन्डीकेट लागू गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रने सम्भावना बढेर गएको छ । वैदेशिक रोजगार व्यवसाय अन्तर्गतका विभिन्न दलनिकट व्यवसायीहरुले सिन्डीकेटधारी मेनपावर कम्पनीहरुलाई सिन्डीकेट नगर्न आग्रह गरेका छन् ।
यस्ता सिन्डीकेटधारी मेनपावरहरु यस प्रकार रहेका छन् । जसमा इण्डो अरब म्यानपावर प्रालि, संयोग ओभरसिज प्रालि, ट्यालेन्ट ओभरसिज सर्भिसेज प्रालि, वाइड स्पेस इन्टरनेसनल, खोजी रिक्रुटमेन्ट सर्भिसेज प्रालि., ए.एन.एस. एसोसिएट्स प्रालि, अल–हयात म्यानेजमेन्ट सिस्टम प्रालि, अल स्किल्स इन्टरनेसनल, ह्युमन रिसोर्सेस –बिलिभेबल ओभरसिज प्रालि, डी स्क्वायर्ड ग्रुप, डी.डी. ह्युमन रिसोर्सेस ग्रुप प्रालि, प्यारामाउन्ट एम्प्लोयमेन्ट कन्सल्टेन्सी प्रालि त्यसैगरी फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि, लाल धनुष इन्टरनेसनल सर्भिस, नेपाल प्लेसमेन्ट एजेन्सी प्रालि, द रिभर ओभरसिज प्रालि, एसिया लिंक सर्भिसेज प्रालि, मोन्टेज ओभरसिज प्रालि, नेपाल एचआर सोलुसन प्रालि, स्काइ पावर इन्टरनेसनल सर्भिसेज, ट्रस्ट नेपाल ओभरसिज प्रालि, एक्सेस पार्टनर्स प्रालि, हवाइट हर्स इन्टरनेसनल प्रालि, ट्रान्स एसिया इन्टिग्रेट सर्भिसेज प्रालि र बीएम ओभरसिज प्रालिपर्दछन्् । त्यसले गर्दा २५ वटा सिन्डीकेट मेनपावर कम्पनी र अन्य मेनपावर कम्पनी व्यवसायीहरुबीचको युद्ध चर्किएको छ ।

