काठमाडौं । घमण्डले नेतालाई नराम्रोसँग बिगार्छ भने पार्टी पनि सखाप हुन्छ । त्यस्ता नेतालाई कार्यकर्ताले पनि छाड्छन्, आफ्नैले पनि गन्दैनन् । यो स्थितिको शिकार भएको माओवादी । कहाँ थियो कहाँ पुग्यो । नेकपा एमालेको दशौं महाधिवेशनसम्मको शान कस्तो थियो ? आज कस्तो अवस्थामा पुगेको छ । त्यसको उदाहरण देशको पुरानो पार्टी नेपाली कांग्रेसकै ताजा नमूना देख्न सकिन्छ । जहाँ७७ जिल्ला सभापतिबाट १० जनाले इतरपक्षलाई साथ दिएका छन्, १६५ क्षेत्रीय सभापतिमध्ये १७ जनाले मात्र देउवा समूहको भेलामा सहभागीता दर्शाएका छन् । पुराना राजनीतिक दल र तीनका राजा सरहका अध्यक्ष, संयोजक, पूर्वसभापति र विशेष महाधिवेशनले सभापति पद गुमाएकाहरुको हालत रास्वपाको नेतृत्व र प्रधानमन्त्री बालेन्द्र साहले देखेका छन् ।
तर, प्रधानमन्त्रीले संसदीय गरिमाको ख्याल गरेनन् । जनताको समस्यालाई सम्वोधन गर्ने आँट देखाएनन् । त्यही कारण प्रधानमन्त्री आज चौतर्फी घेराबन्दीमा परेका छन् । उनले दुई तिहाईको घमन्डका कारण केपी ओलीले २ पटक संसद भंग गरेको, आफ्ना कामको विरुद्ध सडक र सदनमा मात्र होइन पार्टीभित्रै मोर्चाबन्दी हुँदा सामाजिक सञ्जाल बन्दा गर्दाको प्रतिफल भोगेको देखेनन् । प्रधानमन्त्रीको सचिवालय कानुनले चिनेर बनेको छैन । त्यो टीमले प्रहरी, कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकार, डाक्टर, उद्योगी र व्यापारीमाथि जाइ लागेको प्रतिफल बेहोर्दैछ । पछिल्लो समयमा देशमा उत्पादित विद्युत् खेर फालेर घरायसी उपभागको विद्युतमा भ्याट लगाएर चमत्कार देखाएको कुरामा रास्वपाको भित्री तह आक्रोशित छ ।
पहिले कसैलाई नगन्ने प्रधानमन्त्री आफ्नै घमण्डले कमजोर बन्दै जाँदा आज भदौ १० गते संसदमा उपस्थिति भएर जनताका प्रतिनिधिले सोधेका प्रश्नको उत्तर दिने भएका छन् । दुई तिहाइको नाममा देखाइएको घमण्डको पतिकार पार्टीभित्रबाट गर्दा जसरी हिजोका घमण्डी सरकारहरु जनताबाट पनि पन्छिए । प्रधानमन्त्री बालेन्द्रको चाहना त्यहीँ थियो भने पद त्याग गरे हुन्छ । अब लिने ठाउँ छैन । किन कि यो सरकारले नछोएको र भत्काउन बाँकी ठाउँ कतै छैन । रास्वपाले पार्टीको इज्जतका लागि पनि समयको ख्याल गर्न जरुरी छ ।

