सस्तो लोकप्रियताको लागि राज्यका जिम्मेवार व्यक्तिद्वारा सपथ मर्यादाको उल्लंघन

देश/विदेश राजनीति समाचार

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले राज्यका उच्चतम तहमा पुगेर पदीय जिम्मेवार वहन गरेका व्यक्तिहरुले सपथ मर्यादाको उल्लंघन गरिरहेको बताएका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा सांसद जितजंग बस्नेतले सपथको व्यहोरा अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो कर्तव्य पालनको शिलशिलामा आफूलाई जानकारी आएका विषय पदमा बहाल रहँदा वा नरहँदा समेत प्रकट गर्न नहुने भएकोले पूर्वप्रधानन्यायाधीशदेखि पूर्वप्रधानसेनपतिसम्मले सस्तो लोकप्रियताको लागि आफ्नो मर्यादा भुलेको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा चर्चित हुने भोकले पदीय मर्यादा र दायित्व कम निर्वाह भइरहेकोले जिम्मेवारी कम कलाकारिता र चर्तीकलाको भूत बढी सवार भएकोले यो प्रवृत्ति गलत भएकोले यस्तो प्रवृति गलत रहेको र सपथमार्फत गरेको प्रतिवद्वता र मर्यादाको उल्लंघन रहेकोले सबैले गोप्य सूचना बाहिर ल्याउन गरिए के होला भनि उनले प्रश्न समेत गरेका छन् ।

सांसद बस्नेतले ती को हुन भनि नखुलाएरै कतिपय सम्माननीय पूर्वपदाधिकारी तथा पूर्वन्यायाधीश, पूर्वप्रधानन्यायाधीशहरू मिडिया र सामाजिक सञ्जालमार्फत न्यायि प्रक्रिया वा अदालतमा विचाराधीन मुद्दामा समेत अनेक विवादास्पद अभिव्यक्ति दिनमा तल्लिन रहेको त्यस्तो व्यक्तिबाट विगतमा न्याय सम्पादनमा कति निष्पक्ष रह्यो भन्ने उनले आरोप लगाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *