काठमाडौंको टेकुमा कवाड व्यवसायी र नगर प्रहरीबीच झडपहुँदा पाँच जना घाइते

देश/विदेश वाग्मती प्रदेश समाचार

काठमाडौं । काठमाडौंको टेकुमा कवाड व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ ।

आइतबार कवाडी गोदाम हटाउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बललाई कवाड व्यवसायीहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो । झडपको क्रममा दुवै पक्ष गरी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा तीन जना कवाड व्यवसायी छन् भने दुई जना नगर प्रहरी रहेका छन् ।

नगर प्रहरीको टोली डोजर लिएर कवाडी संकलन केन्द्र भत्काउन पुगेको थियो । तर, कवाड मजदुरहरूले प्रतिवाद गर्न खोजेपछि झडप भएको महानगरले जनाएको छ । काठमाडौं महानगरको नगर प्रहरी बलले अवैध संरचना हटाउने क्रममा टेकुमा डोजर लिएर कवाडी संकलन केन्द्र भत्काउन खोज्दा कवाडी व्यवसायीले बोत्तल प्रहार गरेको र आत्म सुरक्षा गर्ने क्रममा दोहोरो झडपको स्थिति आएको महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *