४३ लाख ३४ हजार बराबरको राजश्व छलीको सामानसहित एक ट्रक प्रहरीको नियन्त्रणमा,बिल–बिजकभन्दा बढी मात्रामा माल फेला

विविध समाचार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले सिमरा–बीरगञ्ज सडकखण्डमा चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार बराबरको राजश्व छलीको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित प्रहरी चेकप्वाइन्टमा बिहीबार साँझ मधेश प्रदेश ०३–००२ ख १४४० नम्बरको कन्टेनर ट्रकलाई रोकी जाँच गरेको थियो। बीरगञ्जबाट सिमरा तर्फ गइरहेको सो ट्रकमा बिल–बिजकभन्दा बढी मात्रामा माल फेला परेको प्रहरीले जनाएको हो।
सामान तथा ट्रक दुबैलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको छ । प्रहरीका अनुसार ट्रकमा फाईल, साबेल, पितलका भाँडा, बदामका दाना लगायत विभिन्न किसिमका खुद्रा सामान लोड गरिएको थियो। प्रारम्भिक मुल्यांकन अनुसार जफत गरिएको सामानको अनुमानित बजार मूल्य ४३ लाख ३४ हजार ८ सय १० रुपैयाँ रहेको बारा प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *