कांग्रेसको मधेशमा दुई दिने प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु, यसपछि कर्णालीमा प्रशिक्षण कार्यक्रमको तयारी

मधेस प्रदेश राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिरहेको छ ।

पर्साको वीरगञ्जस्थित टाउन हलमा आजदेखि शुरु भएको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम मधेश प्रदेशका आठ जिल्लाका सबै प्रदेश सभा निर्वाचन क्षेत्रहरूबाट तीन जनामध्ये एकजना महिलाको समेत अनिवार्य सहभागिता जनाइएको हो ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसको तहगत संरचना, सांगठनिक अवस्था र नेतृत्व विकास’बारे डा.कृष्णप्रसाद पौडेल र लोकतान्त्रिक समाजवादःनेपाली कांग्रेसको आर्थित नीति, उपलब्धि र भावी कार्यदिशा’ बारे डा.जगदिशचन्द्र पोखरेलले सहभागीहरूलाई प्रशिक्षण दिने कार्यतालिका रहेको छ । प्रतिष्ठानले अब यसपछि कर्णाली प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *