काठमाडौं । सेयर बजार अघिल्लो दिनको तुलनामा आइतबार ११ अंकले घटेको छ । यो सँगै नेप्से दुई हजार ६ सय ८८ अंकमा कायम भएको छ ।
विगत चार दिनदेखि कारोबार बजार लगातार घट्दा रकम पनि खुम्चिएको छ । बिहीबारको दिन ९ अर्ब २४ करोडको कारोबार भएकोमा आज आठ अर्ब ३९ करोडमा खुम्चिएको छ । सेयर बजार घटेको यस दिन एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको सेयर भने सबैभन्दा धेरै किनबेच भएको छ । सो कम्पनीको ३१ करोड १७ लाख ८३ हजार बराबरको सेयर किनबेच भएको हो । यस्तै दुई वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा फाइनान्स, म्यानुफ्याक्चरिङ र माइक्रोफाइनान्स उपसूचकबाहेक बाहेक अरू सबै उपसूचक घटेको छ ।
सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । गार्डियनको आजदेखि कारोबार सुरु भएको हो । जसको मूल्य प्रतिकित्ता तीन सय ३१ रुपैयाँ १० पैँँसा रहेको छ । त्यस्तै उपकार लघुवित्तको ६, इनिफिनिटी लघुवित्तको ६ तथा अपरलोहोरेखोलाको पाँच दशमलव दुई प्रतिशत मूल्य बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ६दशमलव पाँच, सिन्धु विकास बैंकको पाँच दशमलव ६ तथा भूगोल इनर्जीको चार दशमलव ६ प्रतिशतले घट्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीएचडीसी, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।