सरकारमा जान आफुले कुनै बार्गेनिङ नगरेको यादवको जिकिर

देश/विदेश राजनीति समाचार

काठमाडौं। जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले आफूहरू अहिले सरकारमा जाने अवस्थामा नरहेकोले कुनै बार्गेनिङ नगरेको बताएका छन् ।

आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा अध्यक्ष यादवले आध्यादेशबारे पार्टीले धारणा बनाइसकेको र संसद्को कार्यसूचीमा चढ्नेबित्तिकै निर्णय सुनाउने बताएका हुन् । सरकारले हिउँदे अधिवेशनभन्दा अगाडि ल्याएका ६ वटा अध्यादेश संसद्को कार्यसूचीमा चढ्न सकेको छैन । यसअघि अध्यादेश पारित गर्नेगरी दुवै सदनमा प्रस्तुत गर्ने तयारी गरेपनि स्थगित भएको थियो ।

उपेन्द्र नेतृत्वको जसपा नेपाल राष्ट्रियसभा निर्णायक भएकोले विज्ञहरूसँग अध्यादेशबारे छलफल गरेर धारणा तय भएको यद्यपि संसद्को कार्यसूचीमा नचढेसम्म आफूहरुले निर्णय नलिने अध्यक्ष यादवले बताएका छन् । देश र जनताको पक्षमा के–ठीक, के बेठीक हुन्छ सोही अनुरुप धेरैजना विज्ञसँग छलफल गरेर निर्णय लिने बताएका छन् । साथै आफूहरूको कारण नभइ सरकार नै बाधक बन्दा अध्यादेश कार्यसूचीमा चढ्न नसकेको उनले बताएका छन् ।

यादवले आफ्नो निर्णयका कारणले नभएर सरकारको कारणले नै अध्यादेश अड्किएको बताउँदै आफ्नो कार्यदलले रिपोर्ट दिनेबित्तिकै निणर्य लिने भन्दा उता कार्यसूचीबाट हटाइएको जनाएका छन् । अधिवेशन सुरु भएको पहिलो दिन पेस गर्नुपर्ने र दुवै सदनबाट अध्यादेश स्वीकृत गराएर ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर ऐनमा रुपान्तरण गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । अन्यथा, सबै अध्यादेश निष्क्रिय हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *